शुक्रबार, ०७ नोभेम्बर २०२५

एनआरएनएको महाधिवेशन शनिबारदेखि

संघको ११ औँ महाधिवेशनबाट निर्वाचित भएको दावी गर्दै आएका बद्री केसीले एकता महाधिवेशन रोक्न  माग गर्दै  सर्वोच्चमा रिट निवेदन दिएका थिए। यसअघि परराष्ट्र मन्त्रालयको सिफारिसको आधारमा महान्यायाधिवक्ताको कार्यालयले समेत एकताको महाधिवेशन पर सार्न सर्वोच्चमा निवेदन दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केआईआईटीले भन्यो, ‘पढाईको दबावका कारण प्रिसाले आत्महत्या गरिन्’

प्रिसा बिहीबार साँझ उक्त कलेजको आफ्नै छात्राबासमा मृत फेला परेकी थिइन्। कलेज कर्मचारीहरूले उनलाई झुन्डिएको अवस्थामा देखेको र तत्काल प्रहरीलाई खबर गरेर अस्पताल पुर्‍याइएको केआईआईटीले जनाएको छ।  उनी बि-टेक पहिलो वर्षको दोस्रो सेमेस्टरको परीक्षाको तयारीमा थिइन्। केआईआईटीले प्रहरीसँगको समन्वयमा अस्पताल पुर्‍याउँदा मृत घोषणा गरिएको पनि जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थेवेको जिल्लामा युवा संघको अधिवेशन, एकलौटी गर्न खोज्दा हलमै हात हालाहाल

संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको अधिवेशनको बन्द सत्रमा प्रतिनिधिहरूबीच नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि वादविवाद हुँदै झडपमा रूपान्तरण भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ

कस्ता छन्, सरकारका नीति तथा कार्यक्रमहरू (पूर्णपाठसहित)

सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेकाे छ। सत्ता गठबन्धन बनाउँदा नेकपा एमाले र काँग्रेसबीच भएका सहमतिहरूलाई प्राथमिकतामा राख्दै सरकारले धेरैजसाे नियमित कार्यक्रमहरू नै ल्याएकाे छ।  शुक्रबार संघीय संसदकाे दुबै सदनकाे संयुक्त बैठकलाई सम्बाेधन गर्दै राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारका नीति तथा कार्यक्रमहरु पढेर सुनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र र मनोरञ्जन पार्क बनाइने

सरकारले काठमाडौंको केन्द्रमा रहेको भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन प्रदर्शनी केन्द्र विकास गर्ने भएको छ।  शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौंको केन्द्रमा रहेको भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन प्रदर्शनी केन्द्र मनोरञ्जन पार्कको रुपमा विकास गरिने जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पेट्रोलियम गाडीमा यूरो–६ लागू

उनले भने, ‘आगामी आर्थिक वर्ष २०८२-८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिनेछ । युरो ६ अनुरुपको पेट्रोलियम पदार्थ प्रयोग गरेपछि गाडी युरो ६ अनुसार हुनेछ ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन नीति तथा कानुन संशोधन गरिनेछ– राष्ट्रपति

उनले भने, ‘देशभित्रै उद्यमशीलता प्रवद्र्धन गरी युवा रोजगारी सृजना गर्ने तयारीमा सरकार छ। देशभित्रै रोजगारीको वातावरण बनाइ युवाशक्ति पलायन हुनबाट बचाउने सरकारको नीति छ। आगामी दशकलाई आन्तरिक रोजगारीका रुपमा मनाउने छौं। रोजगारी तथा ज्याला रोजगारीको माध्यमबाट आन्तरिक रोजगारीको सृजना गर्ने सरकारको नीति छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पेट्रोलियम गाडीमा यूरो–६ लागू हुने, डिजिटल बैंक स्थापना गरिने

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब पेट्रोलियम गाडीमा यूरो–६ लागू गरिने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अब लाेडसेडिङ हुँदैन– हितेन्द्रदेव शाक्य

'हामी अहिले पाँच/सात मिनेट बत्ती जाँदैमा सोसल मिडियामा व्यापक रुपमा लेख्छौं ।अब लोडसेडिङ गराउन लाग्यो भनेर। यो तथ्याङ्कलाई मनन गर्नुपर्छ। यो अवरोध लाई क्रमश कम गर्दै लैजाने छ। अहिले जसरी बत्ती जान लाग्यो बत्ती गयो भनेर यो एउटा संवेदनशीलता हाे', उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाली दूतावासले केआईआईटीका प्रतिनिधिलाई बाेलाएर गर्‍यो छलफल

विज्ञप्तिमा भनिएको छ– ‘नेपाली दूतावासले सो शैक्षिक संस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकारीहरू, विदेश मन्त्रालयका अधिकृतलगायत अन्य सरोकारवालाहरूसँग तत्काल सम्पर्क तथा छलफल गरी घटनाको बारेमा जानकारी लिई सो घटनाको स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन तथा शैक्षिक संस्थामा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति हुन जोड दिएको थियो ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

केआईआईटी प्रकरणबारे भारतीय विदेश मन्त्रालयले के भन्यो?

‘यो दुःखद् घटनाको जानकारी पाएको क्षणदेखि नै भारतको परराष्ट्र मन्त्रालय ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा छ’, विज्ञप्तिमा भनिएको छ, ‘ओडिसा राज्य सरकारले दिवंगत विद्यार्थीको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र हाल प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने मन्त्री पौडेलको चेतावनी

आयोगका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २०८१ साल माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकले विभिन्न विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिएसरह (स्वास्थ्य सेवाको आठौँ तह) निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

केआईईटीमा प्रिसा साह मृत्यु: नेपालले कुटनीतिक पहल थाल्यो, तत्काल छानबिन गर्न ओडिसा सरकारको आदेश

बिहीबार साँझपख उनलाई विश्वविद्यालयका कर्मचारीहरूले छात्राबासको आफ्नै कोठामा मृत फेला पारेका थिए। खबरको पुष्टीपछि नेपालको परराष्ट्र मन्त्रालयले पनि त्यसबारे कुटनीतिक पहल अघि बढाएको छ।  परराष्ट्रमन्त्री आरजु राणा देउवाले उक्त घटनापछि दूतावासमार्फत घटनाको सत्य,तथ्य छानबिन गर्न र कुटनीतिक पहल थालेको बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कटारीमा स्कारपियो दुर्घटनाः दमक नगरपालिकाका अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ घाइते

दमकका जनप्रतिनिधि र कर्मचारी सवार गाडी दुर्घटनामा अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते उदयपुरको कटारी नगरपालिका-६ सोमबारेमा सवारी दुर्घटना हुँदा झापाको दमक नगरपालिकाका एक अधिकृतको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। बिहीबार दिउँसो करिब ४ बजे चितवनबाट झापा जाँदै गरेको मे१च ३०४० नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा दमक नगरपालिका-३ का ५५ वर्षिय माधव बस्नेतको मृत्यु भएको हो। बस्नेतको कटारी प्रादेशिक अस्पत्तालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक कमल बजगाईले बताए। अर्का घाईते दमक नगरपालिका-१० का ४९ वर्षिय राजेन्द्रप्रसाद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

सरकार र शिक्षकको सहमतिमा असन्तृष्ट विद्यालय कर्मचारी, छुट्टै आन्दोलन गर्ने तयारी

विद्यालय कर्मचारीहरूले छुट्टै आन्दोलनको घोषणा गर्ने बताएका छन्। नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सहमति आफूहरूलाई मान्य नहुने बताउँदै छुट्टै आन्दोलनको घोषणा गर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘श्रम गरी गुजारा चलाउनेलाई नै थाहा छैन श्रमिक दिवस’

ढल्किँदो उमेरसँगै यो चर्को गर्मीमा भारीका बोरा बोकेर निधारभरी पसिना बगाउँदै  मजदुरी काम गरी रहेकी रामकलीलाई श्रमिक दिवसका बारेमा केही थाहा छैन। उमेर तीन दशक नाघेकी उनलाई आफ्नो जिविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता मात्र छ। दिवसका बारेमा केही नबुझेकी उनले आफूले गरेको कामको ज्याला समयमा नै पाए हुन्थ्यो भन्ने छ। यति मात्र नभएर ज्यालाको रकम पनि बढि दिए घर खर्च टार्न सहज हुने उनको भनाइ छ। दुई सन्तानकी आमासमेत रहेकी रामकलीलाई यो महंगीमा कसरी जिविकोपार्जन गर्ने ठुलो चिन्ता छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

प्रधानमन्त्रीले भने, ‘जय श्रमिक, जय देश!’

शुभकामना सन्देशमा उनले श्रमिकै पसिनाले देश र समाज बाँचिरहेको र अघि बढिरहेको बताएका छन्। त्यस्तै उनले यसअघि श्रमिकको हितका लागि सामाजिक सुरक्षा योजना अघि सार्दा आफ्नो सरकार ब्यङ्ग्य र ट्रोलको सिकार भएको पनि गुनासो गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज १३६ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस मनाइदैं

सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ। सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारसँग वार्ता गर्न सिंहदरबार पुगे शिक्षकहरू

सरकारसँग वार्ता गर्न शिक्षकहरू सिंहदरबारमा पुगेका छन्। मंगलबार रातिको वार्ता सकारात्मक भएकाले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सहमति हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण पेस गर्न महानगरभित्रका विद्यालयलाई अनुरोध गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं