थाइल्याण्डमा एक जोडी प्रेम व्यक्त गर्न भन्दै सडकमा ‘नग्न’ भएर निस्केपछि…
थाइल्याण्डको कोह फाङ्गानमा सार्वजनिक स्थलमा नग्न अवस्थामा अंकमाल गर्दै भेटिएका पोल्याण्डका एक जोडी पक्राउ परेका छन्। स्थानीय बासिन्दाहरूले सोमबार साँझ ४:३० बजे पर्यटकीय टापुको बान ताई रोडमा नाङ्गो अँगालोमा बाँधिएको जोडीलाई देखेपछि प्रहरीलाई सम्पर्क गरेको कोह फाङ्गान प्रहरी प्रमुख पोल कर्नल एपिचर्ट चान्समरेटले बताएका छन्। प्रहरीले घटनास्थल पुगेर प्रमाणको तस्बिर खिचेपछि उनीहरूलाई लुगा लगाउन भनेको थियो। र त्यसपछि २७ वर्षीय पुरुष र २४ वर्षीया महिलालाई पक्राउ गरेको थियो। उनीहरूले प्रहरीलाई आफूहरू केवल प्रेम व्यक्त गर्नका लागि नग्न अवस्थामा निस्किएको बयान दिएका छन्।
बिएल संवाददाता - बैंकक, थाइल्यान्ड