शनिबार, ०४ अप्रिल २०२६

शिवरात्रिको दिन ४२० किलो गाँजा बोकेको स्कार्पियो गाडी दुर्घटना

News Image
• • •

शिवरात्रिको दिन एकाबिहानै विराटनगर महानगरपालिका–५ पुलचोकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ।

सुरक्षाकर्मीलाई छल्न भित्री सडकखण्ड हुँदै तीव्र गतिमा गुडिरहेको बा८च ६५०८ नम्बरको स्कार्पियो आइतबार बिहान दुर्घटनामा परेको थियो।

तीव्र गतिमा गुडिरहेको स्कार्पियो अचानक अनियन्त्रित हुँदा सडक छेउको खाल्डोमा खसेको थियो।

मोरङ प्रहरीका अनुसार स्कोरपिओको सिट र डिक्कीको भागमा प्लास्टिकले बेरेर प्याक गरेर राखेको अवस्थामा ४२० किलो गाँजा बरामद भएको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!