शनिबार, ०४ अप्रिल २०२६

'भ्यागुताको विष'बाट नाभाल्नीकाे मृत्यु भएकाे युरोपेली देशहरूको दाबी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना आलोचक एलेक्सी नभाल्नीलाई विष प्रयोग गरी मारेको युरोपेली देशले दाबी गरेका छन्।

दक्षिण अमेरिकी 'पोइजन डार्ट फ्रग' (विषाक्त भ्यागुता) मा पाइने घातक विषका कारण नभाल्नीकाे मृत्यु भएकाे बेलायत, फ्रान्स, जर्मनी, स्वीडेन र नेदरल्याण्ड्सका विदेश मन्त्रीहरूले संयुक्त रूपमा विज्ञप्ती जारी गरी दाबी गरेका हुन्। 

विज्ञप्तिमा यो विषाक्त पदार्थ रूसमा प्राकृतिक रूपमा नपाइने उल्लेख गरिएको छ।

 रुसी अधिकारीहरूले भने नभाल्नीको मृत्युमा आफ्नो कुनै जिम्मेवारी नरहेको बताएका छन्।

रुसी समाचार एजेन्सी टासका अनुसार, विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले भ्यागुताको विष प्रयोग गरिएको भन्ने दाबीलाई प्रचारबाजी भन्दै  खारेज गरेकी छिन्।

नभाल्नी रूसका प्रमुख विपक्षी नेता थिए। उनी रूसी राष्ट्रपति पुटिनको कट्टर आलोचक थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!