शुक्रबार, १३ मार्च २०२६

नेपाली भीरपाखा र करेसाबारीदेखि विश्व बजारसम्मको यात्रामा ‘अर्ग्यानिक हब’

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली भीरपाखामा असंख्य उत्पादन छन्। कति प्राकृतिक छन्, कति नेपाली आफैंले खेती गरिरहेका छन्। 

त्यतिमात्रै होइन करेसाबारीदेखि व्यावसायिक उत्पादनसम्मै अहिले नेपालका रैथाने खाद्य सामग्रीहरूले न उचित बजार पाउन सकेका छन्, न यी स्वस्थकर खानाबारे आम नेपालीलाई नै जानकारी छ। 

भीरपाखामा खेर गइरहेको हाम्रा रैथाने अनि व्यावसायिक उत्पादनलाई समेत राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने दीर्घकालीन सोंचका साथ स्थापना भएको ‘अर्ग्यानिक हब’ले त्यसलाई ‘नेपाली ब्रान्डिङ’ गर्न थालेको छ। 

नेपालमै बसेर केही नयाँ गर्ने सोच बोकेका युवाहरूको समूहले नेपालमै रहेका यस्ता रैथाने उत्पादनलाई विश्व बजारमा पुर्‍याउनका लागि अर्ग्यानिक हब स्थापना गरेका हुन्। 

काठमाडौंमा मुख्य कार्यालय रहेको यो हबका अहिले भारतको नयाँ दिल्ली तथा यूएईमा समेत शाखाहरू विस्तार भइसकेका छन्। 

नेपालीमात्रै नभएर विश्वभरका नागरिकलाई नेपाली उत्पादनको स्वाद चखाउन अनि ‘स्वस्थ खानपान’युक्त जीवनशैली स्थापित गर्नका लागि अर्ग्यानिक हबले अहिले विभिन्न नेपाली उत्पादनहरूलाई ब्राण्डिङ र बजारीकरण गरिरहेको छ। अर्ग्यानिक हब मात्रै एउटा पसल होइन। 

नेपालका रैथाने उत्पादनहरूलाई प्रमाणिकरण गरेर विश्व ब्राण्डिङ गरिरहेको यो एउटा ‘ई-कमर्श’ प्लेटफर्म पनि हो। 

जहाँ विश्वको जुनसुकै कुनामा बसेर पनि विशुद्ध अर्ग्यानिक उत्पादनहरू किन्न र बेच्न पनि सकिन्छ। 

अहिलेको समयमा मान्छेहरू पैसा त कमाइरहेका छन् तर त्यसलाई आफ्नो स्वास्थ्यमा लगानी गर्न सकिरहेका छैनन्। 

मान्छेको स्वास्थ्य भनेको स्वस्थ खानपान पनि एक हो। जो यस्तै नेपाली हावापानी, नेपाली माटो र नेपाली भीरपाखाका उत्पादन हुन्। 

‘यति सानो तर निकै गहिरो सोंचबाट अर्ग्यानिक हबको जन्म भएको हो’ अर्ग्यानिक हबका कार्यकारी प्रमुख बिक्रम डङ्गोल भन्छन् ‘मानिसहरू जीवनभर पैसा कमाउँछन्, तर रासायनिक खाना खाएर बिरामी भएपछि त्यो पैसा उपचारमा खर्च हुन्छ। हाम्रो विश्वास छ-साँचो सम्पत्ति भनेको स्वास्थ्य हो, र स्वास्थ्यको सुरुवात खानाबाट हुन्छ। त्यसैलाई स्थापित गर्ने र नेपाली किसानको उत्पादनलाई विश्वबजारसम्म पुर्‍याउने हाम्रो मूल लक्ष्य हो।’

अर्गानिक हबले नेपालका विभिन्न क्षेत्रका किसानहरूसँग प्रत्यक्ष सहकार्य गर्दै आएको छ। अहिले यो अर्ग्यानिक ई कमर्श प्लेटफर्ममा नेपालकै अर्गानिक चिया (विभिन्न प्राकृतिक फ्लेभरहरूमा), जंगली चट्टानी मह, मार्सी चामल, अर्गानिक मसला, राइस कफी तथा महजन्य उत्पादनहरू बजारीकरण गरिरहेको छ। 

‘हामीले बिचौलियालाई हटाएर किसानसँग सिधै काम गर्दा किसानले उचित मूल्य पाउँछन् र उत्पादनको शुद्धताको ग्यारेन्टी हुन्छ। सबै उत्पादनहरू स्वस्थ, सफा, प्राकृतिक रूपमा प्रशोधन र गुणस्तर परीक्षणपछि मात्र उपभोक्तासम्म पुर्‍याउँदै आएका छौं’ उनी भन्छन् ‘हाम्रो लक्ष्य महङ्गो सामान बेच्नु होइन, हाम्रो लक्ष्य आफ्नै परिवारलाई निर्धक्कसँग खुवाउन सकिने खाना उपलब्ध गराउनु पनि हो।’

उनका अनुसार अर्ग्यानिक हबले अरु पनि नेपाली रैथाने उत्पादनहरूको परीक्षण गरिरहेको छ। 

नेपाली भान्सा अनि विश्वबजारमा मानिसले के खोजिरहेका छन् भन्ने गहिरो अध्ययन र अनुसन्धानपछि अर्ग्यानिक हबले नेपाली किसानहरूसँग उक्त उत्पादनलाई विस्तार गर्नेबारे परामर्श गर्छ।

किसानको सहजता अनि सफलतासँग पनि हातेमालो गर्दै आएको अर्ग्यानिक हब मात्रै एक व्यापार नभएर औषधिमा होइन अब स्वास्थ्य र स्वस्थ खानपानमा लगानी गरौं भन्ने गहिरो सोचका रुपमा पनि स्थापित हुँदैछ।

अर्ग्यानिक हबसँग जोडिनका लागि कम्पनीको वेभसाइट www.organichub.company, मोबाइल एप्सहरू तथा सामाजिक सञ्जाललाई पछ्याउन सकिन्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!