बिएल संवाददाता
रौतहटमा आज बिहान मोटरसाइकल दुर्घटना श्रीमान–श्रीमतीकाे मृत्यु भएकाे छ।
दुर्गाभगवती गाउँपालिका- ४ स्थित गौर–गंगापिपरा सडकखण्डमा भारतीय बीआर ३० यु १३७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा श्रीमान–श्रीमतीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र उनकी २१ वर्षीया श्रीमती रहेकी छन्।
तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया