शुक्रबार, २३ जनवरी २०२६

बाल सुधारगृहमा झडप र आगजनी, प्रहरीमाथि ढुङ्गा प्रहार

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

भक्तपुरकाे मध्यपुरथिमि–२ स्थित बाल सुधार गृहमा दुई पक्षबीच झडप आगजनी भएको छ।

गएराति बाल सुधार गृहमा दुई समूहबीच झडप, आगजनी र तोडफोड भएको थियो। 

आपसमा झडप भएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोलीले सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो। 

तर झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेको थियो। स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जनाको टोली परिचालन गरिएको थियो ।

मध्यरातमा भक्तपुर र काठमाडौँका वारुणयन्त्रले आगो निभाएका थिए । सुधारगृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ। 

उक्त गृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन्। अहिले स्थिति नियन्त्रणमा आएको भए पनि प्रहरीहरूको तैनाथी बढाइएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!