बिएल संवाददाता
देशको भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावजित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले निर्वाचन आयोगमा प्रस्तुत गरेका उम्मेद्वार विवरणमा दुईवटा कैफियत भेटिएका छन् । पहिलो कैफियतमा बालेनले आफ्नो श्रीमतीको नाम नै खाली छोडेका छन् । जगजाहेर छ, उनकी श्रीमती सविना काफ्ले हुन् र गत वर्ष श्रीमती सुत्केरी हुँदा प्रहरीले महानगरको सरकारी गाडी बाटामा रोकेको आक्रोशमा सिंहदरवार नै जलाउने स्टाटस लेखेका थिए । त्यही स्टाटसको प्रभावले हुन सक्छ, जेनजी आन्दोलनको दोस्रो दिन सिंहदरवारमा साँच्चै नै आगो लगाइएको थियो ।
बालेनको व्यक्तिगत विवरणको कैफियत नम्बर दुई हो, उनको शैक्षिक योग्यता । उनले भारतको बेंगलरुस्थित भिसभेसभराया टेक्नोलोजिकल युनिभर्सिटीबाट स्नातकोत्तर सकाएर काठमाडौं विश्वविद्यालयमा पीएचडीका लागि फेलोसिप पाएको विवरण उनले नै सार्वजनिक गरेका थिए । तर, उनले आफ्नो शैक्षिक योग्यतामा ह्वाइट हाउस इन्जिनियरिङ कलेजबाट स्नातक गरेको मात्र उल्लेख गरेका छन् ।
अब प्रश्न छ, देशको प्रधानमन्त्रीकै उम्मेद्वार भनिएका बालेनले आफ्नो श्रीमती र शैक्षिक योग्यता नै किन लुकाए ?
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ मा झुठ्ठो विवरण पेश गरेर उम्मेदवारी दिनेलाई २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने र उम्मेदवारी बदरसमेत हुनेसक्ने उल्लेख छ । निर्वाचन आयोगले पनि यसमा ध्यानाकृष्ट भएको भनेको छ । अब हेरौ के कस्तो कारबाही हुने हो ? ठूलालाई चैन, सानालाई ऐन त नहोला नै । रास्वपाको डंका बजिरहेको बेला उनीहरू दुबै ठूला व्यक्तित्व हुन् ।
सूचनाको हकलाई नैसर्गिक मानव अधिकार मानिन्छ । नेपालको संविधानले पनि यो अधिकार सुनिश्चित गरेको छ । वालेन र सोविताजस्ता सार्वजनिक व्यक्तित्वको बारेमा जानकारी पाउँने हरेक नेपालीको अधिकार हो । त्यसैले उहाँहरूले सही सूचना दिनु कानूनी मात्र हैन, नैतिक दायित्व पनि हो ।
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया