बिएल संवाददाता
देशको भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावजित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले निर्वाचन आयोगमा प्रस्तुत गरेका उम्मेद्वार विवरणमा दुईवटा कैफियत भेटिएका छन् । पहिलो कैफियतमा बालेनले आफ्नो श्रीमतीको नाम नै खाली छोडेका छन् । जगजाहेर छ, उनकी श्रीमती सविना काफ्ले हुन् र गत वर्ष श्रीमती सुत्केरी हुँदा प्रहरीले महानगरको सरकारी गाडी बाटामा रोकेको आक्रोशमा सिंहदरवार नै जलाउने स्टाटस लेखेका थिए । त्यही स्टाटसको प्रभावले हुन सक्छ, जेनजी आन्दोलनको दोस्रो दिन सिंहदरवारमा साँच्चै नै आगो लगाइएको थियो ।
बालेनको व्यक्तिगत विवरणको कैफियत नम्बर दुई हो, उनको शैक्षिक योग्यता । उनले भारतको बेंगलरुस्थित भिसभेसभराया टेक्नोलोजिकल युनिभर्सिटीबाट स्नातकोत्तर सकाएर काठमाडौं विश्वविद्यालयमा पीएचडीका लागि फेलोसिप पाएको विवरण उनले नै सार्वजनिक गरेका थिए । तर, उनले आफ्नो शैक्षिक योग्यतामा ह्वाइट हाउस इन्जिनियरिङ कलेजबाट स्नातक गरेको मात्र उल्लेख गरेका छन् ।
अब प्रश्न छ, देशको प्रधानमन्त्रीकै उम्मेद्वार भनिएका बालेनले आफ्नो श्रीमती र शैक्षिक योग्यता नै किन लुकाए ?
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ मा झुठ्ठो विवरण पेश गरेर उम्मेदवारी दिनेलाई २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने र उम्मेदवारी बदरसमेत हुनेसक्ने उल्लेख छ । निर्वाचन आयोगले पनि यसमा ध्यानाकृष्ट भएको भनेको छ । अब हेरौ के कस्तो कारबाही हुने हो ? ठूलालाई चैन, सानालाई ऐन त नहोला नै । रास्वपाको डंका बजिरहेको बेला उनीहरू दुबै ठूला व्यक्तित्व हुन् ।
सूचनाको हकलाई नैसर्गिक मानव अधिकार मानिन्छ । नेपालको संविधानले पनि यो अधिकार सुनिश्चित गरेको छ । वालेन र सोविताजस्ता सार्वजनिक व्यक्तित्वको बारेमा जानकारी पाउँने हरेक नेपालीको अधिकार हो । त्यसैले उहाँहरूले सही सूचना दिनु कानूनी मात्र हैन, नैतिक दायित्व पनि हो ।
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया