सोमबार, १९ जनवरी २०२६

डेढ वर्षअघि त्रिशूली नदीमा हराएकाे बस भेटियाे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले सोहोरेर त्रिशूलीमा खसेर हराएको बस भेटिएको छ। 

सिमलतालबाट केही तल त्रिशूली नदीको तनहुँतर्फको किनारमा बस भेटिएकाे हाे। 

तनहुँको आँबुखैरेनी गाउँपालिका-५ स्थित बालुवाले पुरिएको अवस्थामा हराएको दुई वटा बसमध्ये एउटा भेटिएको हो। 

२०८१ असार २८ गते सिमलतालबाट पहिरोले बगाएर त्रिशूलीमा दुईवटा बस खसेको थियो। 

भरतपुर महानगरपालिका(२९ सिमलतालबाट ६५ जना यात्रु बोकेका दुईवटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो। 

दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने तीनजना घाइते भएका थिए। ५१ जना बेपत्ता थिए

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!