बिएल संवाददाता
भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चाैलागाईंले पदभार ग्रहण गरेलगत्तै मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण तीन निर्णय सदर गरेका छन्।
पहिलो निर्णयअनुसार कर्णाली राजमार्गको सडक सुरक्षा तथा स्तरोन्नतिका लागि उक्त आयोजनालाई आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैंकलाई अनुरोध गर्ने निर्णय गरिएको छ।
त्यस्तै, जुम्ला र कालिकोट जिल्लाको सिमाना नाग्मस्थित हिमा नदीमा पक्की पुल निर्माण सम्पन्न भइसकेको अवस्थामा सोही स्थानमा रहेको बेलिब्रिजलाई जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–५ स्थित तिला नदीमा स्थानान्तरण गरी तातोपानी गाउँपालिका–४ हाँकुसँग जोड्ने निर्णय गरिएको छ।
तेस्रो निर्णयमा निर्माण व्यवसायी नियमावली, २०५६ को अनुसूची–१३ मा व्यवस्था गरिएको ‘घ’ वर्गका निर्माण व्यवसायीको योग्यता सम्बन्धी मापदण्ड परिमार्जन गर्न आवश्यक सुझाव पेश गर्ने उद्देश्यले मन्त्रालयका सहसचिव सुसिलबाबु ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।
पदभार ग्रहणपछि मन्त्रीले वन तथा भौतिक पूर्वाधारका काम एकअर्कासँग जोडिँदा अवरोध हुन्छ भन्ने स्थापित भाष्य तोड्न आवश्यक रहेको बताए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई इतिहास बनाउने मन्त्रालयको रूपमा स्थापित गर्नुपर्ने बताउँदै उनले भने, 'सडक पुग्नुअघि र पछाडि दुईवटा समय हुन्छन्। सडकले कर्णालीलाई देशसँग जोडिरहेको छ।'
मन्त्रीले कर्णालीको भूगोल देशको करिब २० प्रतिशत भए पनि विगतमा बजेट विनियोजन न्यून रहेको उल्लेख गरे।
'गत वर्ष कर्णालीमा ०.९९ प्रतिशत मात्रै बजेट विनियोजन भयो, अघिल्ला वर्षहरूमा पनि अवस्था उस्तै थियो', उनले भने।
पूर्वाधार विकास प्रत्यक्ष रूपमा भूगोल र कनेक्टिभिटीसँग जोडिएको उल्लेख गर्दै मन्त्रीले मन्त्रालयले तय गरेको समयतालिका इमानदारीपूर्वक कार्यान्वयन गर्न कर्मचारीहरूलाई आग्रह गरे।
'हामी यस मन्त्रालयमा कर्णाली र सुदूरपश्चिमका लागि काम गर्न आएका हौँ', उनकाे भनाइ छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया