सोमबार, १९ जनवरी २०२६

लायन्स क्लब अफ भक्तपुरद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

News Image
• • •

लायन्स क्लब अफ भक्तपुरले निःशुल्क मोतियाबिन्दु अपरेशन तथा आँखा परीक्षण शिविर सफलतापूर्वक सम्पन्न गरेको छ।

उक्त मानवीय सेवामूलक कार्यक्रममा २२० जना भन्दा बढी सेवाग्राहीहरूलाई आँखा परीक्षण सेवा प्रदान गर्न तथा २० जना भन्दा बढीलाई मोतियाबिन्दुको निःशुल्क अपरेशन गराउन सफल भएको क्लबका प्रेसिडेन्ट दिपककुमार चौधरीले बताए। 

यस शिविरलाई सफल बनाउन लायन्स क्लब,(लायन्स क्लब अफ भक्तपुर,लायन्स क्लब अफ अर्निकोट,लायन्स क्लब अफ ठिमी शंखधर, शंकर पतञ्जलि योग शिविर)प्राविधिक सहयोगी संस्था भिजन केयर, चिकित्सक टोली, स्वयंसेवकहरू, सहयोगी हातहरू, शंकर नेशनल स्कूलको साथप्रति आयोजकले आभार व्यक्त गरेको छ।

यस्ता मानवीय कार्यहरू निरन्तर गर्दै जाने प्रेसिडेन्ट चौधरीले प्रतिबद्धता व्यक्त गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!