बिएल संवाददाता
एमाले नेता ऐन महर एक लाख धरौटीमा छुटेका छन्।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश उमानाथ गौतमको इजलासले विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसुरमा महरलाई एक लाख धरौटीमा छोड्न आदेश दिएको हो।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले महर एक लाख धरौटी बुझाएर अदालतबाट रिहा भएको जानकारी दिए।
आज बयानका लागि उपस्थित भएका महर बयान र थुनछेक बहसपछि आजै एक लाख धरौटीमा रिहा भएको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले बताए।
सोही कसुरमा उनी श्रीमती अनुजा श्रेष्ठलाई भने साइबर ब्यूरोले पक्राउ गरेको छ।
विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसुरमा परिवर्तित नाम ‘साइबर ब्यूरो १४ (२०८२/२०८३)’ले महर दम्पतीविरुद्ध उजुरी दिएकी थिइन्।
उजुरीपछि पक्राउपूर्जी जारी भएपछि फरार रहेका महर दम्पती सोमबार बयानका लागि अदालत उपस्थित भएका थिए। महरको थुनछेक बहस सकिएर धरौटीमा छुटे पनि श्रीमतीको नसकिएकोले ब्यूरोले नियन्त्रणमा लिएको हो।
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया