शनिबार, २४ जनवरी २०२६

ठूला दरका भारतीय नोटमाथि प्रतिबन्ध हटाउने सरकारको निर्णय

News Image
• • •

सरकारले ठूला दरका भारतीय नोट नेपालमा ओसारप्रसार गर्न दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय रुपैयाँ २०० र ५०० दरका नोट २५ हजारसम्म ओसारपसार गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले बताए।

सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!