बिएल संवाददाता
भक्तपुर भन्नेबित्तिकै सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाले भरिएको सहरको छवि सबैको आँखा अगाडि आउँछ । मन्दिर, मठ, देवालय र तिर्थस्थलहरूले सजिएको भक्तपुरलाई नेपाली मौलिक कलाशैली, काठ तथा ढुंगामा कुँदिएका अनुपम कलाकृति र गहिरो धार्मिक आस्थाको केन्द्रका रूपमा लिइन्छ।
यीनै सम्पदामध्ये सबैको ध्यान केन्द्रीत गर्ने र भक्तपुरको पहिचानका रूपमा रहेको मन्दिर टौमडी टोलमा अवस्थित न्यातपोल मन्दिर हो। पाँचतले मन्दिरका रूपमा परिचित यो मन्दिर भक्तपुरकै सबैभन्दा अग्लो र भव्य मन्दिरमध्ये एक मानिन्छ। न्यातपोल मन्दिरको सांस्कृतिक नाम ‘ङातापोल्हँ’ रहेको छ।
यो मन्दिर १८औँ शताब्दीमा मल्लकालीन राजा भूपतिन्द्र मल्लद्वारा निर्माण गराइएको हो। विक्रम संवत् १७०१ देखि १७०२ को अवधिमा जम्मा सात महिनाभित्र निर्माण सम्पन्न गरिएको मानिन्छ। निर्माण कार्यमा छालिङ, जितपुर, वागेश्वरी, सक्व, झौख्य, चाँगु, गोकर्ण, पन्ती लगायत विभिन्न स्थानका बासिन्दाहरूको सक्रिय सहयोग रहेको उल्लेख पाइन्छ।
न्यातपोल मन्दिर पाँच तले संरचनामा निर्माण गरिएको सिद्धिलक्ष्मी भगवतीको मन्दिर हो। देवी सिद्धिलक्ष्मीलाई शक्तिशाली तान्त्रिक देवीका रूपमा मानिन्छ। मन्दिरभित्र एउटै विशाल ढुंगाबाट निर्मित, मानिसजत्तिकै अग्लो बेतालमाथि आसन गरेका भैरवको मूर्तिमाथि देवी सिद्धिलक्ष्मी भगवती स्थापना गरिएको छ। देवीको दायाँ–बायाँ मसान भैरव र महाकाल भैरवको मूर्ति पनि स्थापित छन्।
तान्त्रिक स्वरूपकी देवी भएकाले यस मन्दिरमा तोकिएका पूजारी र सम्बन्धित व्यक्तिबाहेक सर्वसाधारणको प्रवेश निषेध गरिएको छ। मन्दिर अन्य मन्दिरझैँ सर्वसाधारणका लागि खुला रहने परम्परा छैन। यही कारण भैरवनाथको मन्दिर हाल तीनतल्ले मात्रै रहेको छ भने सिद्धिलक्ष्मी भगवतीको न्यातपोल मन्दिर पाँचतल्ले स्वरूपमै रहेको छ।
न्यातपोल मन्दिरको निर्माण, संरचना र धार्मिक महत्त्वसँग सम्बन्धित अनेक रोचक किंवदन्ती तथा कथनहरू आज पनि स्थानीय जनमानसमा प्रचलित रहेको पाइन्छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया