शनिबार, २४ जनवरी २०२६

कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्धा दायर

News Image
• • •

कांग्रेस नेता एवं निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा चलिसेविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो।

चालिसेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ४६१ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय मागसहित विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा चालिसे काठमाडौं-३ बाट निर्वाचित भएका थिए। २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयरमा विजयी भएका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!