शनिबार, २४ जनवरी २०२६

पाँच दिनदेखि गुमानसिंह बेपत्ता, खोजी गरिदिन परिवारकाे अनुराेध

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

गत बुधबार साँझ साढे पाँचतिर घरबाट निस्किएका ६० वर्षीय गुमानसिंह तामाङ ‘मङ्गले’ बेपत्ता छन्।

रामेछाप दोरम्बा गाउँपालिका– १ डडुवा,ओख्रेनी स्थायी घर भई हाल काठमाडौंको गोठाटार कागेश्वरी मनोहरा नगरपालिका– ८ मा बस्दै आएका उनी पाँच दिनदेखि बेपत्ता छन्। 

अहिलेसम्म बुबाको कुनै अत्तोपत्तो नभएको छोरा बिमल तामाङ बताउँछन्। 

उनका अनुसार गुमानसिंहको टाउकोको अप्रेशन भएको थियो। सोहीकारण मानसिकता त्यति सन्तुलन छैन। 

गुमानसिंहलाई कतै देख्ने वा भेट्नेहरूले नजिकैको प्रहरी चौकी वा आफूलाई सम्पर्क गर्न बिमलले अनुरोध गरेका छन्। 

सम्पर्क नम्बर– ९८६०२५६२९८

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!