बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘शान्ति पुरस्कार’ पाएका छन्। विश्व फुटवलको उच्च निकाय फिफाले उनलाई ‘फिफा शान्ति पुरस्कार’ दिएको हो। फिफाले सुरु गरेको यो पहिलो पुरस्कार हो। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले ‘फुटवलको वर्ल्ड कप २०२६ को ‘ड्र’ मार्फत उक्त पुरस्कारको घोषणा गरेका हुन्।
फिफाको यो घोषणासँगै अध्यक्ष जियानीको आलोचना हुन थालेको छ। विश्व नेताहरूले राजनीतिक रुपमा तटस्थ रहेको फिफालाई विवादमा तानेको भन्दै उनको आलोचना गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले फिफाका अध्यक्ष जियानी र ट्रम्पबीच नजिकको सम्बन्ध रहेको र ट्रम्पलाई प्रभावमा ल्याउन उक्त पुरस्कार दिइएको टिप्पणी गरेका छन्।
ट्रम्प आफैले पनि पटक पटक नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताउँदै आएका छन्। जियानीले पनि ट्रम्पको उक्त दाबीलाई समर्थन गर्दै आएका थिए। विश्वका कैयौं युद्धहरू रोकेको भन्दै ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि कैयौ राष्ट्रहरूले पनि मनोनयन गरिसकेका छन्। तर नोबेल पुरस्कार पाउने ट्रम्पको रहर पुरा भएको छैन।
ट्रम्पको आदेशमा अमेरिकी सैनिकले क्यारेबियन सागरमा घातक आक्रमण गरेको केही घण्टाभित्रै फिफाले उक्त पुरस्कारको घोषणा गरेको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया