बिएल संवाददाता
महाधिवेशन कहिले गर्ने भन्ने बहसलाई पेचिलो बन्दै गएपछि पटक पटक सर्दै आएको नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै छ। आजको बैठकमा कार्यबाहक सभापतिले नै महाधिवेशनको लागि मिति प्रस्ताव गर्नेछन्।
सिङ्गापुरबाट फर्किएका पार्टी सभापति शेरबहादुर देउवाले चुनावअघि नै महाधिवेशन गर्नका लागि दबाव दिएपछि संस्थापन पक्ष पनि पुसको अन्तिममा महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउन तयार भएको हो। त्यसका लागि यही पुस २६ देखि महाधिवेशन सुरु गर्ने प्रस्ताव ल्याउने तयारी कार्यबाहक सभापति खड्काले गरेका छन्।
गत असोज २८ गते सुरु भएको नेपाली काँग्रेसको बैठक अझै सकिएको छैन। एकातिर आधाभन्दा धेरै महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरिरहेका छन् भने अर्कोतिर डा. शेखर कोइराला पक्षधरहरू मंसिरमै महधिवेशन हुनुपर्ने अडानमा थिए। तर संस्थापन पक्षले भने चुनावपछि महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए। मझधारमा उभिएर महामन्त्री गगन थापाले पुस १६ गते १५औं महाधिवेशनको कार्यतालिका बैठकमा प्रस्ताव गरेपनि त्यसमा सहमति हुन सकेन। त्यसपछि फेरि विशेष महाधिवेशन माग गर्ने प्रतिनिधिहरू हाबी हुन थालेका थिए।
यो बीचमा कार्यबाहक सभापति तथा महामन्त्रीहरूलाई समेत बोलाएर देउवाले पटक पटक छलफल गरेका छन्। गत असोज २८ मा देउवाले खड्कालाई कार्यबाहक जिम्मेवारी दिँदै विधानले भनेबमोजिम मंसिरमै महाधिवेशन मिति तोक्न भनेका थिए। त्यसपछि देउवा सिङ्गापुर गए। तर एक महिनापछि देउवा फर्किँदासमेत काँग्रेस बैठक सकिएको छैन। योबीचमा देउवाकै दबावमा पुसभित्रै महाधिवेशन मिति प्रस्ताव गर्न खड्का पक्ष तयार भएको हो।
संस्थापनले पुसमै नियमित महाधिवेशनको प्रस्ताव ल्याउँदा विशेष महाधिवेशन माग गर्ने करिब २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधहरूको हस्ताक्षर के गर्ने भन्नेबारे यो पक्ष मौन छ। नेताहरूका अनुसार संस्थापन पक्षले पुस अन्तिमकै मितिमा महाधिवेशन प्रस्ताव ल्याएमा विशेष महाधिवेशनको माग स्वत: निश्क्रिय हुनेछ। यो भनेको त्यसपछि नेपाली काँग्रेस नियमित महाधिवेशनमै जानेछ।
बैठक हुनु अघि कार्यबाहक सभापतिले महामन्त्रीहरू, विशेष महाधिवेशन माग गर्नेहरू र डा. शेखर समूहका नेताहरूसँग पनि छलफल गरिरहेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया