मङ्गलबार, १९ नोभेम्बर २०२४

देउवालाई प्रधानमन्त्रीकाे आग्रह- सदनको काम कारबाहीलाई सहज बनाइदिनुस्

प्रधानमन्त्री दाहालले आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर सदनको काम कारबाहीलाई सहज बनाइदिन आग्रह गरेका हुन्। प्रधानमन्त्री दाहालले सभापति देउवासँग एक्ला एक्लै र अन्य नेताहरूसँग सामूहिक छलफल गरी सदनको अवरोध हटाइदिन आग्रह गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवालाई फकाउन बूढानिलकण्ठ पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन्। आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड सभापति देउवा निवास पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहकारी ठगीविरुद्ध काँग्रेसले विरोध प्रदर्शन गर्दै

काँग्रेसले पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। आज काँग्रेसले उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाइमा काठमाडौँमा विरोध प्रदर्शन गर्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कार्यादेश टुङ्ग्याउन शीर्ष नेताहरु बालुवाटारमा जुट्दै

सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन शीर्ष नेताहरुसहितको बैठक आज बस्दैछ। बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी

आजकाे बैठकबाट जेठ १ गते राष्ट्रपति रामचन्द्र पाैडेलले प्रस्तुत गरेकाे सरकारकाे आर्थिक वर्ष २०८१/८२काे नीति तथा कार्यक्रम पारित गर्न तयारी रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शीर्ष नेताहरुले पनि टुङ्ग्याउन सकेनन् कार्यादेश, भाेलि फेरि बैठक बस्ने

सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आइतबार बैठक बस्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

छानबिन समितिकाे कार्यादेश शीर्ष नेताहरुले टुङ्याउने

बैठक सिंहदरवारस्थित कानून मन्त्रालयमा शनिबार सम्पन्न बैठक सहमति नजिक पुगे पनि निष्कर्षमा भने नपुगेको कार्यदलका संयोजक कानुनमन्त्री पदम गिरीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालको ऋण २४ खर्ब

मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। साथै चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋण थपिएको छ। यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कोरोनाको नयाँ भेरियन्ट केपी कति घातक?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्सिङ’ गर्दा ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ पुष्टि भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

साता तस्बिर: इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा मृत्युदेखि गर्मीले पारेको असरसम्म

यस साता विश्वमा राजनीतिदेखि मौसमी बितण्डाका समाचारले प्राथमिकता पाए। अमेरिकामा आएको आँधीहुरी होस् वा भारतमा पानी संकटको समाचार होस् प्राथामिकताका साथ छापिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सहकारी ठगी प्रकरण : छानबिन समितिकाे कार्यादेश बनाउने प्रयास आज पनि जारी रहने

सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज (शनिबार) पनि बस्दैछ। बैठक सिंहदरवारस्थित कानून मन्त्रालयमा अपराहन्न ३ बजे बस्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजस्थानमाथि ३७ रनकाे जित निकाल्दै हैदरवाद फाइनलमा

सनराइजर्स हैदरवाद इन्डियन प्रिमियर लिग (आइपिएल)काे फाइनलमा पुगेकाे छ। शुक्रबार राति दाेस्राे क्वालिफायरमा राजस्थान राेयल्सलाई  ३७ रनले पराजित गर्दै फाइनलमा पुगेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सेक्युरिटी प्रिन्टिङ खरिदकाे भ्रष्टाचारमा दोषी ठहरिएका इन्जिनियर पोखरेल मृत भेटिए

५७ वर्षीय पोखरेल बिहीबार भक्तपुरस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार घटनास्थलमा सुसाइड नाेटसमेत फेला परेकाे छ। प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको बुझिएकाे प्रहरीले बताएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेरि सडकमा उत्रिए सहकारी पीडित

सरकारले पटक-पटक सम्झौता गरेर पनि कार्यान्वयन नगरेकाे भन्दै दबाब दिन आन्दोलनमा उत्रनुपरेको पीडितहरुले बताएका छन्।  सरकारसँग भएको सम्झौता कार्यान्वयनका नभएसम्म शान्तिपूर्ण अनिश्चितकालीन धर्ना र रिले अनशन थाल्ने उनीहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेसकाे अवराेधका कारण संसद बैठक स्थगित

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक सुरू हुनासाथ काँग्रेसका सांसदहरूले उठेर विराेध जनाएका थिए। काँग्रेसकाे अवराेधका कारण संसद बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी प्रकरण: कार्यदलमा अझै जुटेन सहमति

कार्यदलका सदस्य महेश बर्तौलाले कांग्रेसले नयाँ प्रस्ताव ल्याएको बताउँदै सहकारीको नाम मात्र उल्लेख गरेर छानबिन गर्ने गरी प्रस्ताव आएको र आजै फेरि बैठक बसेर टुंग्याउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीय सरकारलाई बालेन भने– बाँदरले आफ्नो घर त बनाउँदैन, बनाएको पनि भत्काउँछ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले संघीय सरकारलाई लक्षित गर्दै बाँदरले आफ्नो घर पनि बनाउँदै अरुले बनाएको पनि भत्काउँछ भन्दै अर्ती उपदेश दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ