आइतबार, १७ नोभेम्बर २०२४

काँग्रेसकाे अवराेधका कारण संसद बैठक स्थगित

News Image
• • •

प्रतिनिधिसभाकाे आजकाे बैठकमा पनि नेपाली काँग्रेसले अवराेध गरेकाे छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक सुरू हुनासाथ काँग्रेसका सांसदहरूले उठेर विराेध जनाएका थिए।

काँग्रेसकाे अवराेधका कारण संसद बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएकाे छ।

आजकाे बैठकमा जेठ १ मा राष्ट्रपति रामचन्द्र पाैडेलद्वारा प्रस्तुत नेपाल सरकारकाे आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रममाथि छलफल गर्ने र त्यसमाथि उठेका प्रश्नकाे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची रहेकाे थियाे।

 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?