मङ्गलबार, १९ नोभेम्बर २०२४

तीन उपप्रधानमन्त्रीको सम्पत्ति: रविसँग ८० तोला सुन, महासेठसँग दुई घर र श्रेष्ठसँग केही छैन

अहिलेको सरकारमा तीन जना उपप्रधानमन्त्री छन्। जसमध्ये सबै भन्दा बढी सम्पत्ति रवि लामिछानेको देखिएको छ। उनको घरमा ८० तोला सुनदेखि चाँदीका भाँडाकुडासमेत रहेको छ। उनले भरेको सम्पत्ति विवरणमा ८० तोला सुन र १५ केजी चाँदीको भाँडाकुडा रहेको उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गृहमन्त्री लामिछानेसँग ८० तोला सुन, अन्य सम्पत्ति कति?

जसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेको सम्पत्ति विवरणमा भक्तपुरमा १ रोपनी १ आमा पैतृक सम्पत्ति देखाएका छन्। यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डसँग दुई वटा घर, २५ लाख नगद

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे चितवनमै दुई घर छन्। भरतपुर महाहनगरपालिकामा दुई ठाउँमा घर र जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पक्राउ पुर्जीपछि सिरोहियाले भने- राज्यशक्तिको दुरुपयोग गरेर हुने प्रतिशोधबाट विचलित हुन्नँ

उनले भनेका छन्, ‘कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफै उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन। यी सबबीचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्ने छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भेटी चोरीमा कोषाध्यक्ष सुवेदी नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै हुन्थ्याे १५ हजारसम्म चोरी

पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएकाे भेटी चाेरी गर्दागर्दै साेमबार कर्मचारीसहित आठ व्यक्ति पक्राउ परेका थिए। उनीहरु काेषका काेषाध्यक्ष सुवेदीकाे निर्देशनमा  भेटी चाेरीमा संलग्न भएकाे खुलेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित

प्रस्तावमा ‘राष्ट्रपतिबाट नेपालको संविधानको धारा, ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई २०८१ जेठ १ गते मङ्गलबारका दिन गरेको सम्बोधनका लागि प्रतिनिधिसभाको यो बैठक राष्ट्रपतिमा धन्यवाद ज्ञापन गर्दछ’ भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीलाई आरजुको चुनौती- जे जे छ सबै फाइल खोलेर देखाउनू

टीकापुरको जग्गा आफूले किनेको भन्दै सबै कागजात हेर्न आग्रह गरिन्। 'जे जे छ सबै फाइल खोलेर देखाउनु। मैले टिकापुरमा ५० हजारमा किनेको हो। तपाईंहरू सबैले हेर्न सक्नुहुन्छ। सबै कागजात हेर्न सक्नुहुन्छ', उनले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा कांग्रेसकाे अवराेध, बैठक स्थगित

बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरुले आ-आफ्नो स्थानबाट उठेर नाराबाजी गरेका हुन्। सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै बेल घेराउ गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला अदालत धनुषाले मंगलबार सिरोहियाको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएकाे छ। उनीविरुद्ध  दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी  परेकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रमुख दलका मुख्य सचेतकहरुसँग छलफलमा सभामुख

बिहन बसेको कार्यदलको बैठकमा पनि संसदीय छानबिन समितिको कार्यादेशबारे सहमति जुट्न नसकेपछि संसदको बैठक प्रभावित हुने देखिएको छ। कांग्रेसले सहमति नभएसम्म संसद्को अवरोध जारी रहने बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपा आधिकारिकता विवाद: उपेन्द्रको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा

यसअघि सो रिटमा गत बुधबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरु जहाँ जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा राखी आगामी ८ गते छलफका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपतिनाथको भेटी कोषाध्यक्षले नै चाेर्न लगाएकाे कर्मचारीकाे दाबी

परियारले कोषाध्यक्ष सुवेदीकाे निर्देशनमा भेटी चाेरिएकाे बयान दिएका छन्। ‘सिसिटिभी छ, हामी यस्तो काम नगर्ने भनेका थियाैँ, उहाँले केही हुँदैन, गर भन्नुभयो’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी प्रकरण: छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक

संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुङ्गो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो। बैठकमा सबै सदस्य सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्यदलको बैठक आज बस्दै

सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक आज (मंगलबार) बस्ने भएको छ। बैठक आज बिहान ९ बजेदेखि कानून मन्त्रालयमा बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उनले उक्त कुरा बताएकाे लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आफ्ना चालकलाई प्रहरीले समातेपछि बालेन फायर, भने– सिंहदरबार, पार्टी कार्यालय र नेताका घरको फोहोर उठ्दैन

काठमाडौँमा फोहोर बोक्ने चार लाकलाई समाएको भन्दै यो आक्रोशित भएका हुन्। ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले’, उनले लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गृहमन्त्रीलाई संसद अवहेलनामा कारवाही गर्न माग गर्दै धनराज गुरुङले पठाए सभामुखलाई पत्र

उनले भनेका छन्, ‘प्रतिनिधिसभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकोले सोतर्फ समेत विचार गरि निजलाई संसदको अवहेलनामा कारवाही गर्न गम्भिर रुपले माग गर्दछु। साथै कुटनितिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्वन्धमा सम्मानीत सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी यसै निवेदनसाथ संलग्न गरेको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्- भीम रावल

नेकपा (एमाले)का नेता एवम् पूर्वगृहमन्त्री डा.भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यका सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रचण्डलाई काँग्रेसकाे जवाफ- जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो, बिर्सिनुभो?

उनले भने, ‘तपाईंलाई त जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो कि को हो? बिर्सिनुभो। हतियार उठाएर याे सत्ता हतियारकै बलमा परिवर्तन गर्छु भनेर हिँड्नुभएको तपाईलाई शान्तिमा कसले ल्याएकाे कसकाे नेतृत्वमा आउनुभयो, बिर्सिनुभो?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘गिरिबन्धुकाे जग्गा बेच्न निर्णय गराउनेहरू खुलेआम राजनीतिक शक्ति केन्द्रमा छन्’

‘सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ। तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन्। उनीहरूको स्वर घटेको छैन।’ 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं