मङ्गलबार, १९ नोभेम्बर २०२४

प्रधानमन्त्री बन्ने अफर अस्वीकार गरेपछि काँग्रेसले संसद अवरुद्ध गर्‍यो: गृहमन्त्री

‘गृहमन्त्रीलाई अस्वीकृत हुने मान्छेलाई प्रधानमन्त्रीका रुपमा भने स्वीकार्य हुने?’, आइतबार संसदको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई त्यो अफर गर्नेहरू यही संसदमा हुनुहुन्छ। मलाई राजनीतिको गोपनियता थाहा छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदकाे राेष्टममा गृहमन्त्री लामिछाने (लाइभ)

लामाे विवाद र संसद अवराेधपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसदमा सहकारी ठगी प्रकरणबारे उठेका प्रश्न जवाफ दिने अवसर पाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उपेन्द्रले सभामुखलाई दिए नयाँ दल बनाएका सात सांसदलाई कारबाही गरेको जानकारी

जसपा नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै अशोक राई, नवल किशोर शाह सुडी, रञ्जकुमारी झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव हसीना खान र सुशीला श्रेष्ठलाई कारबाही गरेको जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसदीय छानबिन समितिको कार्यादेशमा जुटेन सहमति

सिंहदरबारमा भएको बैठकपछि बोल्दै कांग्रेसका सांसद जीवन परियारले गृहमन्त्री रवि लामिछानेको नाम राखेर छानबिन गर्न सत्ता पक्ष तयार नभएको बताए। परियारले आजको संसदको बैठकपछि कार्यदलको बैठक बस्ने जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेसका कारण संसद बैठक प्रभावित, राष्ट्रियसभा भोलिसम्मका लागि स्थगित

आइतबार दिउँसो सवा १ बजेका लागि बोलाइएको बैठक कारणबस बस्न नसकेपछि सवा ३ बजेसम्म सारिएको थियो। सवा ३ बजे पनि बैठक बस्न सकेन। त्यसपछि भोलि सोमबार सवा १ बजेसम्मका लागि स्थगित गरिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले विश्वासको मत लिने कार्य तत्काल रोक्न माग गर्दै उपेन्द्रले दिए सर्वोच्च रिट

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले साेमबार संसदमा विश्वासको मत लिने कार्य तत्काल रोक्न माग गर्दै  आइतबार सर्वोच्च रिट दायर गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदीय छानबिन समिति बनाउनेबारे सहमति जुट्न सकेन, २० मिनेट समय मागेर बाहिरियाे काँग्रेस

उनकाअनुसार अधिकांश विषयहरु सहमति नजिक पुगे पनि एक/दुइटा विषयमा सहमति जुट्न सकेकाे छैन। ‘अहिलेकाे बैठकमा पनि सहमति जुट्न सकेन’, बर्ताैलाले भने, ‘नेपाली काँग्रेसका साथीहरु २० समय मागेर सल्लाह गर्न बाहिर निस्क्नुभयाे।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरी जवानको हत्यामा संलग्न एक नाबालकसहित ७ जना सार्वजनिक

पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभाकाे बैठक पनि सर्‍याे

भर्खरै सम्पन्न राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिकाे बैठकले राष्ट्रियसभाकाे बैठक ३ : १५ सम्मका लागि सार्ने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कार्यदलमा अझै जुटेन सहमति, सर्‍याे संसद बैठक

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन बसेकाे कार्यदलको बैठक लम्बिएकाे छ। कार्यदलमा अहिलेसम्म सहमति जुट्दा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक आजै २ बजे बस्ने गरी सारिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिओआरमा सहमति नभएसम्म संसद सञ्चालन नगर्न सभामुखलाई विपक्षीको आग्रह

विपक्षी दलहरुले संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) मा सहमति नभएसम्म संसद बैठक सञ्चालन नगर्न सभामुखलाई आग्रह गरेका छन्। सभामुखको सचिवालयका अनुसार विपक्षी दलहरु बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सो अनुरोध गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बढ्याे सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार नौ सय निर्धारण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेससहित विपक्षी दलहरु छलफलमा

कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्ष बानेश्वरमा विपक्षी दलहरूले छलफल थालेका हुन् ।  आजको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल भइरहेकाे बताइएकाे छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सभामुखको सचिवालयकाअनुसार आजको संसद बैठक संचालनका लागि सभामुखले छलफल गर्न लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहकारी ठगी प्रकरणकाे छानबिन समितिकाे कार्यदेश टुङ्याउन कार्यदलकाे बैठक जारी

सहकारी ठगी प्रकरणकाे संसदीय छानबिन समितिकाे कार्यदेश टुङ्याउनका लागि कार्यदलकाे बैठक जारी छ। बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा केहीबेर अगाडि सुरु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने पनि राेष्टममा जाने कार्यसूची

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग राखेको विषयमा प्रमुख चार दलबीच सहमति भएकाले आजको संसदको बैठक बिनाअवरोध चल्ने देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदल गठन

संसदीय समितिको कार्यादेश बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअपमा

साविक विजेता चेन्नई सुपर किंग्समाथि सनसनीपूर्ण जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रमियर लिग (आइपिएल)काे प्लेअपमा पुगेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजीनामाकाे बाटाेमा गृहमन्त्री रवि लामिछाने

सत्ता गठबन्धन र प्रतिपक्ष नेपाली काँग्रेसबीच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति जुटेसँगै गृहमन्त्री लामिछाने पदबाट राजीनामा दिनुपर्ने बाध्यात्मक परिस्थितिमा पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत भएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। लेखककाअनुसार छानबिन समितिको कार्यादेश (टिओआर) भोलि आइतबार बिहान छलफलपछि टुङ्गो लगाइने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं