मङ्गलबार, १९ नोभेम्बर २०२४

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ, थापा र गुरुङ बने मन्त्री

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। संविधानको धारा १६८ (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजेटले नेपाल आर्थिक सुधारको नयाँ चरणमा प्रवेशको घोषणा गरेको छ: प्रधानमन्त्री

‘प्रदेश सरकारका नीति तथा कार्यक्रममार्फत पनि तिनै विषयलाई प्राथमिकतामा राखेको छ। त्यसैले व्यवस्था मात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैछ,’ प्रधानमन्त्री दाहालले भने। उनले पछिल्ला दिनहरूमा अस्पतालको सेवाप्रवाहमा गुणात्मक परिवर्तन आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक

सर्वोच्चको परमादेशमा सुरेन्द्रराज पाण्डे गण्डकीकाे मुख्यमन्त्री नियुक्त

गण्डकी प्रदेशकाे मुख्यमन्त्रीका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘नेपालको वास्तविक अवस्था विश्लेषण गरेर सुधारको बाटो समात्ने गरी बजेट आएको छ’

‘आगामी आवको बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास गरेको छ। हाम्रो भौगोलिक अवस्थिति सुहाउँदो अर्थतन्त्र निर्माणका लागि कोसिस गर्ने र नयाँ चरणको आर्थिक सुधारका लागि सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने नीति लिइएको छ’, अर्थमन्त्री पुनले भने। आगामी आर्थिक वर्षको बजेटले आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने उल्लेख गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महालेखाको वार्षिक प्रतिवेदन: तीन वर्षमा ४ हजार नेपाली श्रमिकको मृत्यु, कुन देशमा कति?

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २८ मा वैदेशिक रोजगारीमा गएको कुनै कामदारको करार अवधिभित्र कुनै कारणले मृत्यु भएमा मृतक श्रमिकको नजिकको हकवालालाई वैदेशिक रोजगार कोषबाट प्रारम्भमा रू. तीन लाख र २०७४ साउन १६ गतेदेखि रू सात लाख आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो। निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ नगरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तीन दिन अत्यधिक गर्मी बढ्ने, सचेत रहन महाशाखाकाे अनुराेध

बुधाबार, बिहीबार र शुक्रबारसम्म विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई र पहाडका जिल्लाहरुमा अत्यधिक गर्मी बढ्ने महाशाखाले जनाएकाे छ। महाशाखाका अनुसार ती भू-भागहरुमा ४० डिग्री वा साेभन्दा माथिसम्म तापक्रम बढ्ने र ताताे हावा तथा ताताे लहर चल्ने सम्भावना रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१० वर्षमा ५९,७५१ नेपालीले लिए अमेरिकी नागरिकता

विगत एक दशकमा अमेरिकी नागरिकता लिने नेपालीको संख्या ५९ हजार सात सय ५१ पुगेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको पछिल्लो  आधिकारिक तथ्यांक हो यो । यो तथ्यांकले एकातिर नेपालीको अमेरिकी हुने मोह बढेको देखाउँछ भने अर्कोतिर नेपाल बस्न लायक देश हुदैछैन भन्ने पीडादायी तस्बीर पनि देखाउँछ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

ऋण माग्दा पनि साढे पाँच खर्ब घाटाको बजेट कसरी बाँडिएको छ?

यो बजेटमा कूल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१ दशमलव ३१ प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोडअर्थात् १८ दशमलव ९४ प्रतिशत छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

निजी क्षेत्रले भन्यो– बजेट लगानीमैत्री आएको छ

सरकारले ल्याएको बजेट निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको छ। महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट  लगानीमैत्री आएको प्रतिक्रिया दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सूर्य थापा नेतृत्वमा सहकारी ठगी छानबिनको संसदीय समिति गठन

प्रतिनिधिसभाले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गरेको छ। समितिको नाम ‘सहकारी संस्था बचत रकम दुरुपयोग समबन्धमा संसदीय छानबिन विशेष समिति’ राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारको बजेट: कृषिमा लगानी दशक घोषणा, मुलुकलाई सूचना प्रविधि हव बनाउने योजना

सरकारले ५ उदेश्य, ५ प्राथमिकता, ५ रणनीति र ५ प्राथमिकतासहित १८ खर्ब ६० अर्ब ३० करोड बजेट ल्याएको छ। जसमा चालुतर्फ रु. ११ खर्ब ४० अर्ब  ६६ करोड अर्थात् ६१.३१ प्रतिशत र पुँजीगततर्फ रु. ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत बजेट प्रस्तुत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पर्यटन पूर्वाधार निर्माणमा जाेड, भारत-चीन लक्षित कार्यक्रम

अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ काे बजेटमा पर्यटन पूर्वधार निर्माण र छिमेकी मुलुक भारत र चीन लक्षित कार्यक्रमलाई जाेड दिइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

करका दरमा हेरफेर: कुन–कुन क्षेत्रमा घटबढ भयाे?

स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योगलगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तः शुल्क घटाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले ल्यायाे १८ खर्ब ६० अर्ब ३० करोड बजेट (पूर्णपाठ)

मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षामान पुनले आव २०८१/८२ का लागि प्रस्तुत गरेकाे बजेटमा चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रहेको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आलु, प्याज, स्याउलगायत फलफूलमा लागेकाे मूल्य अभिवृद्धि कर खारेज

सरकारले आलु, प्याज, स्याउलगायत फलफूलमा लगाएकाे मूल्य अभिवृद्ध कर खारेज गरेकाे छ। संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पुनले साे घाेषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’का लागि १० करोड बजेट

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै 'प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम' अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्नको लागि १० करोड बजेट विनियोजन गरेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौंँमा जग्गा विकास र ‘नयाँ नगर’, भेरीगंगामा ‘आधुनिक सहर’

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले काठमाडौँको उत्तर पूर्वमा नयाँ नगर निर्माण तथा सुर्खेतको भेरीगंगामा पहाडी क्षेत्रको आधुनिक सहर बनाउने घोषणा गरे। काठमाडौँ र अन्य सम्भावित सहरहरूमा विपद प्रतिरोधी ५० हजार आवास इकाइ विकास गरिने पनि उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रदेश र स्थानीय तहलाई पाँच खर्ब ६७ अर्ब

सङ्घीय सरकारबाट हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्ष २०८१-८२ मा प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब बराबर बजेट छुट्याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षकाे रुपमा मनाइने

सरकारले आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षकाे रुपमा मनाउने भएकाे छ। संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षकाे रुपमा मनाइने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं