मङ्गलबार, १९ नोभेम्बर २०२४

प्रचण्डकाे ब्रिफिङ- वर्तमान समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ

वर्तमान सत्ता समीकरणमा रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरुको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले राखेको जिज्ञाशामा प्रधानमन्त्री दाहालले भने, ‘सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनकाे प्रश्न- पार्किङले ओगट्ने ठाउँमा फुटपाथ बनाउँदा सडक कसरी साँघुरो हुन्छ?

‘न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन्’, उनले लेखेका छन्, ‘सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प दोषी, जुलाई ११ मा सजाय घोषणा

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहरिएका छन् । न्युयोर्कमा भएको एक ऐतिहासिक आपराधिक मुद्दामा झूटो व्यापारिक अभिलेख राख्ने सबै ३४ वटा मुद्दामा उनी दोषी ठहर भएका हुन्। अमेरिकाकै इतिहासमा कुनै पनि पूर्व वा सेवारत अमेरिकी राष्ट्रपतिलाई अपराधमा दोषी ठहर गरिएको यो पहिलो पटक हो। उनलाई के सजाय दिइने छ, त्यसको निर्णय भने जुलाई ११ मा हुनेछ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

मधेशको नेतृत्व जनमतलाई

मधेश प्रदेशमा जनमत पार्टीले सरकारको नेतृत्व गर्ने भएको छ। सत्तारुढ दलहरूबीच बिहीबार भएको सहमतिमा जनमतको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सन्दीपले भिसा नपाउनुमा क्यान दाेषी- खेलकुद इतिहासविद् अर्याल (भिडियाे)

अमेरिकी दूतावासले दाेस्राेपटक पनि सन्दीपकाे भिसा अस्वीकार गरेलगत्तै बिएल नेपाली सेवासँग भिडियाे कुराकानी गर्दै खेलकुद इतिहासविद् अर्यालले उनकाे भिसा अस्वीकृत हुनुमा क्यान दाेषी रहेकाे दाबी गरेका हुन्। त्यसमाथि पनि क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का मुख्य दाेषी रहेकाे उनकाे ठहर छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमण जाने

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड भ्रमणमा जाने भएका छन्। जेठ ३१ गते जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जाने भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सन्दीप लामिछानेलाई अमेरिकाले फेरि दिएन भिसा

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन फेरि अस्वीकार गरेकाे छ। बिहीबार अन्तर्वार्ताका लागि दूतावासले पुगेका सन्दीपलाई भिसा दिन अस्वीकार गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो, अन्य कुन ठाउँमा कति?

नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गणतन्त्रपछि मुलुकको विकासले गति लिएको छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्र प्राप्तिपछिका अवधिमा मुलुकको समग्र विकासले गति लिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

संवैधानिक परिषद्सम्बन्धी विधेयक राज्यव्यवस्था समितिबाट पारित, यस्ताे छ व्यवस्था

संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था रहेको छ। सो धाराको उपधारा (१) मा प्रधानन्यााधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिको सिफारिस गर्न परिषद् रहने व्यवस्था गरिएको छ। परिषद्को अध्यक्ष र तत्काल बहाल रहेका सदस्य सङ्ख्याको ५० प्रतिशतबाट निर्णय गर्न सक्ने व्यवस्था समितिबाट पारित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीको उमेर हद अध्ययन गर्न सरकारद्वारा कार्यदल गठन

कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डिआइजीपी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ सदस्य रहने छन् भने गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्यसचिव रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधवजी यताउता जोडिनेजस्तो त देखिन्थ्याे तर यो समीकरणभन्दा बाहिर जानुहुन्न: प्रचण्ड

‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो। तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीचाहिँ यो समीकरणभन्दा बाहिर छैन र हुँदैन भन्ने कुरामा उहाँले क्लियर गर्नुभएको छ’, नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीमा हाम्रो पार्टीले दाबी गरेको पनि हुनसक्छ: झलनाथ खनाल (अन्तर्वार्ता)

यो वर्तमान सरकारमा सहभागी पार्टीभित्र विकसित हुने आन्तरिक समझदारीका विषय हो। यस्ता कुराहरुलाई बहसमा ल्याउनु हुँदैन। प्रधानमन्त्रीमा हाम्रो पार्टीले दाबी गरेको पनि हुनसक्छ, भित्रीरुपमा केही कुरा भएका पनि हुन सक्छन्। यस्ता विषयलाई राजनीतिक गृहकार्यकै तहमा छाडिदिनुपर्छ। मुख्य कुरा मुलुकमा सुशासन र राजनीतिक स्थिरता हो, हामी त्यसका पक्षमा छौँ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिरोहियालाई नागरिकता दिने तत्कालीन सिडिओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ। जिल्ला अदालत धनुषाले तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अत्यधिक गर्मीपछि भारतमा ‘रेड अलर्ट’ जारी, बालबालिका र वृद्धवृद्धाकाे स्वास्थ्यमा समस्या

भारतीय मौसम विज्ञान विभाग (आइएमडी)काअनुसार नयाँ दिल्लीकाे मुङ्गेशपुरमा बुधबार ५२.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएकाे थियाे। जुन भारतीय भूमिमा अहिलेसम्मकै उच्च तापक्रम हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै बिहीबार बिहानै दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

गर्मीले मुटु, किड्नी र थाइराडका बिरामीलाई बढी असर गर्छ- डा. नारायण बस्नेत (भिडियाे)

गर्मीमा मुटु र किड्नीका राेग भएका बिरामीलाई बढी ध्यान दिनुपर्छ। किनभने, उनीहरुमा तापक्रम थेग्न सक्ने क्षमता हुँदैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालमा ३० वर्षअघिको त्यो ‘तातो’ रेकर्ड

लगभग ३० वर्षअघिको त्यो घामको डिग्री धनगढीमा करिब ४६.४ सेल्सियससम्म पुगेको थियो। तीन दशकका गर्मीमासभरि अहिलेसम्म सबैभन्दा धेरै तापक्रमको त्यो रेकर्ड लगभग अहिलेसम्म पुरिएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कैलाश सिरोहिया रिहा

किर्ते नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाले उनलाई रिहा गर्न स्वीकृति दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

घामले जलिरहेको मधेस

तापक्रम बढेसँगै तराईका जिल्लामा ‘लु’ (तातो हावा)चेल्नसक्ने मौसमपूर्वानुमान महाशाखाले चेतावनी दिएको छ। आगामी तीन दिन (२०८१ जेठ १६ गतेदेखि २०८१ जेठ १८ गतेसम्म) लु चल्नसक्ने र त्यसबाट बच्न महाशाखाले आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ