शनिबार, १६ नोभेम्बर २०२४

काठमाडौँस्थित पञ्च काश्मिरी तकिया मस्जिदमा इदकाे राैनक (तस्बिहरु)

मुस्लिम धर्मालम्बीहरुले ३० दिनको (रमजान)रोजा सकेर आज (बिहीबार) इद मनाउँदै छन। बुधबार सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिएपछि रोजा सकिएर आज इद उल फित्र अर्थात् इद  मनाइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिकामा सूर्यग्रहण: कसरी हेरियाे, कस्ताे देखियाे? (तस्बिरहरु)

मेक्सिको, अमेरिका र क्यानडाका लाखौं मानिसले सूर्यग्रहण दृश्यको आनन्द लिएका छन्। यो ग्रहण सम्पूर्ण उत्तर अमेरिकी महादेशमा फैलिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

अन्नपूर्ण क्षेत्रमा एक महिनामा भित्रिए तीस हजार पर्यटक

एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना पर्यटकले गत मार्चमा सो क्षेत्रको भ्रमण गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

ढकमक्क गुराँसले रङ्गियो घोडेपानी

प्रकृतिमा रमाउनका लागि समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानी क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ। घोडेपानीका बासिन्दा मीना पुनले गुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानीको जङ्गल घुम्न, पुनहिलबाट सूर्योदय र हिमाल अवलोकन गर्न आउने पर्यटकको चहलपहल बढेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

घुम्नै पर्ने नारायणस्थान

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ मा पर्ने ‘बेथानचोक नारायणस्थान मन्दिर’ धार्मिक र पर्यटकीय दुवै दृष्टिकोणले प्रसिद्ध गन्तव्यस्थल बन्दै गएको छ। बेथानचोक नारायणस्थान मन्दिर समुद्री सतहदेखि ३०१८ मिटर उचाइमा अवस्थित छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

होलीमा रंगीन बनेको काठमाडौँ [फोटो फिचार]

होली पर्व उल्लाहसपूर्वक मनाइँदै छ। काठमाडौँ उपत्यकासहित पहाडी जिल्लामा आज होली मनाइरहेको छ। होली पर्वका अवसरमा काठमाडौँ उपत्यका रंगीन बनेको छ। ठाउँ–ठाउँमा होली विशेष कार्यक्रम भइरहेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आहा! फूल (तस्बिरहरु)

वसन्त ऋतुकाे आगमनसँगै काठमाडाैँका पार्क तथा सडक छेउछाउमामा फूलहरु फुल्न सुरु गरेका छन्। जसले सहरलाई राेमाञ्चित बनाइरहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पशुपतिमा ‘बाबाजी’हरुको आ–आफ्नै ताल (तस्बिरहरु)

भगवन शिवको उत्पत्ति भएको रातका रुपमा नामाकरण गरिएको महाशिवरात्रि मनाउन गौशालास्थित पशुपतिनाथ मन्दिरमा व्यापक तयारी भइरहेको छ। र, त्यही तयारीमा सामेल छन्, नेपाल तथा भारतबाट आएका ‘बाबाजी’(साधुसन्त)हरु।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हिउँले ढकमक्क जगदुल्ला (तस्बिरहरु) 

फागुन महिनामा चौथोपटक परेको हिउँले कृषि क्षेत्रमा फाइदा हुने भएकाले जिल्लाका किसान खुसी भएका छन्। हिउँदयाम समाप्त हुँदासम्म पनि हिउँ नपरेपछि चिन्तित भएका जिल्लाका किसानलाई फागुनमा चौथो पटक परेको हिउँले निकै राहत पुग्ने सम्भावना छ।

बिएल संवाददाता

बिएल संवाददाता - डाेल्पा

पर्यटकले भरिन थाले बागलुङका ‘होमस्टे’

'घरबास सञ्चालनमा नआउँदा धेरै पर्यटकलाई समस्या थियो, घुम्दाघुम्दै रात प¥यो भने बजार फर्किन समस्या हुन्थ्यो, गाउँका गोठमा बास बस्नुपर्ने स्थिति थियो, तर अहिले पर्यटकको त्यो समस्यालाई हामीहरुले समाधान गरेका छौँ', अध्यक्ष श्रीसले भने,  'बेला–बेला बाहिरबाट पनि पर्यटकहरु आउँछन्, अपेक्षा अनुसार पाहुना आउन सकेका छैनन् तर समग्रमा अहिले आइराखेको सङ्ख्या राम्रो हो, पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्न पनि लागिपरेका छौँ, पछिपछि धेरै आउने अपेक्षा राखेका छौँ।'

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

संरक्षणको पर्खाइमा चौबिसेका ताल

धेरैजसो निजी स्वामित्वमा रहेका यी तालहरूको व्यक्तिले उपयोग नगर्ने र संस्थागत प्रयोजनामा आउन नसक्दा यसको प्रवर्द्धन हुनसकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - धनकुटा

‘एग्रो रिसोर्ट’ आन्तरिक पर्यटकको रोजाइमा

स्थानीय खानाका परिकारसँगै प्रकृतिसँग रमाउँदै साहसिक पर्यटक बटुल्ने लक्ष्यसहित खोलिएको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’ ले पूर्णता नपाउँदै धेरैको रोजाइमा पर्न थालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट (बागलुङ)

गुरुङ समुदायले धान्दै लमजुङको पर्यटन

क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एशियाकै नमूना मानिएको घलेगाउँदेखि भुजुङ गाउँ लमजुङमै पर्छन्। यति मात्र नभई गुरुङ जातिको उद्गमस्थल क्व्होलासोथरमै पर्छ। ती गाउँबाट सुरु भएको सामूहिक एकता यतिबेला अन्य गाउँगाउँमा फैलिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

झापाको ‘फेवाताल’मा बढ्यो पर्यटकीय आकर्षण

मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनले निचाझोडा सिमसार क्षेत्रलाई व्यवस्थित गरेर निर्माण गरेको तालमा पर्यटकीय आकर्षण बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

विश्वका मानिसको मन लोभ्याउने मनाङ

यहाँको प्रसिद्ध स्थानका रुपमा रहेको तिलिचो ताल, थोरङ्ला पास, आइस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्। चामेको तातोपानी, ताचैको घरबास (होमस्टे), कजिनसारा लेक (सिङ्गर ताल) लगायतका स्थान मनाङ आउने पर्यटकले छुटाउन नहुने स्थान हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - मनाङ

तस्बिरमा टुँडिखेलकाे ल्हाेसार राैनक

आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन्। आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हिउँसँगै फुरुङ्ग तिलागुफा (तस्बिरहरु)

हिउँ परेसँगै हिमाली जिल्लाका पहाडहरु सेताम्मै अनि सुन्दर देखिएका छन्। बस्तीहरु खुलेका छन्। त्यस्तै खुलेकाे अनि सुन्दर देखिएकाे छन्, कालीकाेटकाे तिलागुफा- १० स्थित रुडुका पाटनहरु।

बिएल संवाददाता

बिएल संवाददाता - कालिकाेट

पातीहाल्नेमा हिउँ खेल्नेको भीड

बिहीबार विहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ। बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो क्षेत्रमा पर्ने पातीहाल्ने हिउँले छोपिँदा पर्यटकको घुइँचो लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन

राइनासकोटको पर्यटन : इतिहास, संस्कृति र प्रकृतिको समिश्रण

यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यसँगै देखिने हिमाल, चेपे र मस्र्याङ्दी नदी किनाराका फाँटका साथै नेपालका बाइसे–चौबिसे राजाको पालामा निर्मित ऐतिहासिक राइनासकोट किल्ला, त्यहाँस्थित कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै ऐतिहासिक एवम् सांस्कृतिक महत्वका स्थलले यहाँको गरिमा र महत्व चुलिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

पर्यटकलाई लोभ्याउँदै ‘गुराँस’

गुराँसेमा रहेको दृश्यावलोकन स्तम्भ (भ्यु टावर) बाट चारैतिरका रमणीय दृश्यसँगै भारतको लखनउ र तिब्बतका केही भागहरुको समेत अवलोकन गर्न सकिन्छ। बाह्रै महिना सिरोटो हावा चलिरहने यस ठाउँमा प्राकृतिक सौन्दर्यतासँगै विभिन्न हिमालहरुको अवलोकन गर्न सकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत