शनिबार, १६ नोभेम्बर २०२४

कुहिराे भित्र लुटुमुटु जैदी (तस्बिरहरू)

यस क्षेत्रकाे सुन्दरता हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन्। यसै क्षेत्रमा हाल थनथापी माइत मन्दिर पनि छ। यस मन्दिरमा साउन महिनाबाहेक अन्य महिनामा पुजाआराधाना हुने गर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

गौशालामा चल्याे डोजर (तस्बिरहरू)

जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन महानगरले सूचना जारी गरेकाे भए पनि खाली नगरेपछि महानगर आफैले डोजर चलाएको छ। डोजर चलाउनुअघि महानगर र स्थानीयबीच छलफल भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बौद्ध धर्मालम्बीको ‘पितृ’ सम्झने नमोबुद्ध जात्रा सुरु (तस्बिरहरु)

काभ्रेपलाञ्चाेककाे नमोबुद्धमा ‘पितृ’ सम्झने जात्राका रुपमा मनाइने मेलामा बौद्ध धर्मावलम्बी भीड लागेकाे छ। कात्तिक शुक्ल पूर्णिमाका दिन अर्थात् आजदेखि सुरु भएकाे मेलामा बिहानैदेखि भीड लागेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रे

कमला नदीमा भूत मेला

धनुषा–सिरहासँग जोडिएको कमला नदीमा स्नान गर्न दुरदराजबाट समेत श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्छ। कार्तिक पुर्णिमाको अवसरमा नयाँ सिकारी धामी झाँक्रीहरु आ–आफ्ना गुरुबाट दिक्षा लिई कमला नदीमा स्नान गरी कमलेश्वरी माताको पूजा अराधना गरी देउता अर्थात् भूत खेल्ने धार्मिक परम्परा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साताका २१ तस्बिर: अमरिकी चुनावदेखि स्पेनकाे बाढी पहिराेसम्म

यसै साता विश्वका विभिन्न देश अशान्त नै रह्याे। स्पेनको भ्यालेन्सियामा बाढी पहिराेले क्षति गर्‍याे। रुस युक्रेनकाे द्वन्द्वबाट नागरिकहरू प्रभावित भए। यी र यीसँगै विश्वभरि याे साता भएका घटनाहरुलाई समेट्दै राेयटर्सका फाेटाे पत्रकारहरुले खिचेकामध्ये २१ उत्कृष्ट तस्बिरहरू यहाँ प्रस्तुत छ:

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

गंगासागरमा छठको उल्लास (तस्बिरहरू)

छठ पर्वमा शुक्रबार अस्ताउँदो सूर्यको पूजा गर्दै मनाइँदै छ। मंगलबारदेखि सुरु भएको चार दिवसीय महापर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी सम्पन्न हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

काठमाडौँका भित्तामा कसले काेर्दैछ ‘साम्बा’काे चित्र

ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनलाई निरन्तरता दिइएको हो। यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गुहेश्वरीमा छठकाे तयारी सुरू (फाेटाे/भिडियाे)

तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको तयारी सुरु भएको छ। पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठ घाट निर्माण थालिएको छ। गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तिहारमा सुनसान काठमाडौं (तस्बिरहरु)

सहरका भित्रि क्षेत्रहरुमा रमझम भएपनि मुख्य सडकहरुमा मानिस र सवारी साधानहरुकाे संख्या न्यून रहेकाे छ। यहाँ काठमाडाैँकाे मुख्य चाेक नयाँ बानेश्वर क्षेत्रका दृश्यहरु समेटिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सेनाको भैरव वाहन गुल्ममा कुकुर तिहार (तस्बिरहरु)

नेपाली सेनाकाे भक्तपुरस्थित श्री भैरव वहान गुल्ममा कुकुर तिहार मनाइएकाे छ। यमपञ्चककाे तेस्राे दिन आज (बिहीबार) बिहान गुल्ममा कुकुर तयार मनाइएकाे छ। यस अवसरमा यहाँ रहेका कुकुरहरुले कला प्रदर्शनी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मनै लाेभ्याउने थरी–थरीका फूलहरु (तस्बिरहरू)

प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइनेछ। प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा मिनियचर, स्पाईडर, रिफ्लेक्स, ईन्कर्भ र गोदावरीको कट फ्लावर रहनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काभ्रेको सुनथानमा ढकमक्क सयपत्री र मखमली (तस्बिरहरु)

काभ्रेको सुनथान गाउँ व्यावसायिक रूपमा लगाइएका सयपत्री र मखमली फूल ढकमक्क भएको छ। काठमाडौं आसपासका किसानहरूले तिहारलाई लक्षित गरी सयपत्री र मखमली लगाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रे

तिहारको चटारो, माटाका भाँडा बनाउन हतारो (तस्बिरहरु)

तिहार नजिकिएसँगै भक्तपुरमा माटोको भाँडा बनाउनेहरुकाे व्यस्त बढेकाे छ। तिहारमा खपत हुने पालालगायत माटाका सामान बनाउन अहिले हताराे छ। तिहारमा तेलबत्ती बाल्न माटोको पालाको अत्यधिक माग हुने गर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कीर्तिमानी पर्वतारोही टोली काठमाडौँ फर्कियो, विमानस्थलमा भव्य स्वागत (फाेटाे/भिडियाे)

कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पासहितको टोली काठमाडौं उत्रिएको छ। शेर्पा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडाैँमा विगतका दसैँमा भन्दा यस वर्ष बढी चहलपहल (फाेटाे/भिडियाे)

विगत वर्षका दसैँमा भन्दा यस वर्ष बढी चहलपहल देखिएको हो। फूलपातीदेखि नै सुनसान हुने काठमाडौंका सडकहरु विगतको तुलनामा बढी चहलपहल देखिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पूर्वराजा शाहकाे हातबाट टीका थाप्नेहरुकाे लर्काे (तस्बिरहरु)

विजया दशमीका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिएका छन्। पूर्वराजा शाहले अपराह्न ४ बजे सर्वसाधारणलाई टीका लगाइदिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महानवमीको दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर (तस्बिरहरु)

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ। तलेजु भवानीको मन्दिरमा दर्शन गर्नको लागि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

टुँडिखेलमा फूलपाती बढाइँ समारोह (तस्बिरहरु)

नवरात्रको सातौँ दिन बिहीबार दसैँ घरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याउने र बढाइँ गरिएकाे छ। सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दसैँमा घर फर्किनेहरुकाे काेटेश्वरमा लर्काे (तस्बिरहरु)

आजदेखि सार्वजनिक बिदा पनि सुरु भएकाेले बिहानैदेखि काठमाडाैँ छाड्नेहरुकाे घुइँचाे लागेकाे छ। काठमाडाैँ काेटेश्वरमा पनि दसैँकाे लागि घर फर्किनेहरुकाे घुइँचाे देख्न सकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

१८ वर्षकाे उमेरमै ८ हजारभन्दा अग्ला १४वटै हिमाल आराेहण गरेर रिन्जीले कायम गरे कीर्तिमानी

बुधबार बिहान शिशपाङ्मा हिमालकाे आराेहण पूरा गरेसँगै रिन्जी ८ हजारभन्दा अग्ला १४वटै हिमाल आराेहण गर्ने सबैभन्दा कान्छाे आराेही छन्। रिन्जीले चीनमा रहेकाे विश्वकाे १४औँ अग्लाे हिमाल शिशपाङ्माकाे बुधबार बिहान ६ बजेर ५ मिनेटमा सफल आराेहण गरेकाे सेभेन समिट ट्रेक्स कम्पनीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ