शनिबार, १६ नोभेम्बर २०२४

नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने

सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। योसँगै सरकारको वर्ष २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष पूरा भएको छ। अर्को वर्ष दोब्बर सङ्ख्यामा पर्यटक भित्र्याउने सरकारले घोषणा गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’

दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिका-२५ हेम्जामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरु भएको छ। ‘महानगरको नमूना कार्यक्रमका रूपमा वडा नं. २५ बाट यो कार्यक्रम सुरु गरिएको छ। ज्येष्ठ नागरिकसँगै जुनसुकै उमेरका दीर्घरोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन्छौँ’, हेम्जा स्वास्थ्यचौकीका प्रमुख कुश्मराज सुवेदीले भने।  सरकारले सूचिकृत गरेका औषधि पनि  नि:शुल्क वितरण गरिने उनले बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

यो वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना

सुदुरपश्चिम प्रदेशको उत्तरी–पश्चिम भू–भाग, बागमति प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेस प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिम भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ दशमलव चार प्रतिशतदेखि ६५ दशमलव पाँच प्रतिशत छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रातो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरू

पुलचोकमा निर्माण गरिएको रथ आज (शनिबार) बाजागाजासहित गःबहाल पुर्‍याइनेछ। रथ निर्माण यही वैशाख १२ गतेबाट सुरु भएको थियो। भने, वैशाख २७ गते मच्छेन्द्रनाथलाई रथारोहण गराइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

कोशीका मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिने

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख ३१ गते विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि

बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि हेटौँडामा सुरु हुँदै छ। तीन दिनसम्म जारी रहने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बागमती

मधेस सरकार ढाल्न प्रचण्डकाे निर्देशन

मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहिरिने तयारी गरेका छन्। समर्थन फिर्ता लिँदै दुवै दल बिहीबार नै सरकारबाट बाहिरिन सक्ने नेताहरूले दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

गोरखा बजारमा खानेपानीकाे हाहाकार, काकाकुल बन्दै नागरिक

गोरखा नगरपालिका–८ प्रतीक्षालयका सन्दीप ढकाल आजभोलि रातको तीन बज्न नपाउँदै  खानेपानीका लागि एउटा जार र बोत्तल लिएर धारामा पसग्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार आज साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेका १४ ट्र्याक्टरसहित २७/२८ जना चालक र मजदुर टापुमा फसेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

‘डिभी’सँग सम्बन्धित प्रश्नकाे जवाफ दिन दूतावासले भाेलि ‘लाइभ च्याट’ गर्ने

डाइभर्सिटी भिसा-२०२५ सँग सम्बन्धित प्रश्नहरूकाे जवाफ दिन लाइभ च्याट गर्न लागेकाे दूतावासले जनाएकाे छ। दूतावासका कन्सुलर अधिकारीले भोलि (मे ७) दिउँसो २ बजेदेखि ३ बजेसम्म दूतावासकै फेसबुक पेजमा लाइभ जवाफ दिने भएकाे हाे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारत-क्यानडा सम्बन्ध बिथोलिइरहेको ‘शिख’ आन्दोलन, नेपाल कसरी जोडिन्छ?

नेपालमा पनि शिख समुदायको बसोबास छ। धेरैजसो गुरुद्वाराहरू भएका स्थानमा सीख समुदायको बसोबास हुन्छ। नेपालमा सामानहरू ढुवानी र ब्यापारका लागि ट्रकसहितका केही शिख समुदायका मानिसलाई तत्कालीन राजा महेन्द्रले नेपाल भित्र्याएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सात हजार पशुपन्छीको उपचार

कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले सात हजार चार सय आठ पशुपन्छीको उपचार गरेको छ। आयोजनाले टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरी पशुपन्छीको उपचार गरेको हो। आयोजनाले पशु स्वास्थ्यका हिसाबले उपचार सेवा लिन टाढा रहेका वडा टीकापुर नगरपालिका–४ मौरनीया, वडा नं ७ दिव्यपुर, जानकी गाउँपालिका वडा नं २ बडरिया, वडा नं ६ जगतपुर र लम्की चुहा ७ चाङ्गावाणीमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको हो। शिविरमा उपचारसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - टीकापुर (कैलाली)

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासकाे मत

गण्डकी प्रदेशमा आज भएको मत बिभाजनमा मुख्यमन्त्री अधिकारीले पेश गरेको विश्वासको मतको पक्षमा ३० मत परेको थियो। भने, विपक्षमा २७ मत परेको थियो। त्यस्तै २ मत तटस्थमा परेको थियो। मतदान प्रक्रियामा ५९ सदस्यले भाग लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ। लक्ष्मी मल्टिमिडियाको आयोजना र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आर्थिक सहयोगमा बेरोजगार युवायुवतीका लागि कम्प्युटर तालिम आयोजना गरिएको हो। सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका २४ युवती र दुई युवा गरेर २६ जनालाई कम्प्युटर तालिममा प्रदान गरिएको प्रशिक्षक रेशमराज रोकायाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सिमकोट

यस्ताे छ आजकाे माैसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको  छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित

आज अपराह्न ५ः३० बजेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए। यसअघि शुक्रबार अपराह्न ५ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो। प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची थियो।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

यस्ताे छ आजकाे माैसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी कडा प्रतिवाद गर्ने काँग्रेसको निर्णय

नेपाली काँग्रेसले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभामा दर्ता गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी