सोमबार, १८ नोभेम्बर २०२४

युक्रेन भ्रमणमा जाँदै भारतीय प्रधानमन्त्री मोदी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रधानमन्त्री मोदीलाई युक्रेन भ्रमणको निम्तो दिएका थिए। तेस्रो पटक निर्वाचित भएपछि भ्लादिमर पुटिनको निमन्त्रणमा रुस भ्रमणमा गएका मोदी अब युक्रेन जान लागेका हुन्। रुस र युक्रेनबीच युद्ध जारी रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

अहिलेको सरकारले जनतामा आशा जगाउने गरी काम गर्छ: उपप्रधानमन्त्री सिंह

उपत्यकाका बागमती, विष्णुमतीलगायतका नदिमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेको भन्दै परिणाम देखिन केही समय लाग्ने उनको भनाई थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेताहरुले हिन्दु राष्ट्र घोषणा नगरेसम्म कालीबाबाले नेपाल छाड्ने छैन: कालीदास

उनले अहिले नेपालमा विभिन्न अनैतिक काम र भ्रष्टाचार भइरहेको कारण राष्ट्र जर्जरको अवस्थामा रहेको बताए। नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागि अन्तिम साससम्म लड्ने उनको प्रतिवद्धता छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दिवङ्गत आफन्तको सम्झनामा ललितपुरमा गाईजात्रा (फाेटाे फिचर)

दिवङ्गत आफन्तको सम्झनामा मनाइने गाईजात्रा पर्व काठमाडाैँ, भक्तपुर र ललितपुरमा पनि बिहानैदेखि मनाइरहेकाे छ। यसैगरी ललितपुरकाे मंगलबजार क्षेत्रमा पनि गाईजात्रा निकालिएकाे छ। विशेषगरी नेवारी समुदायमा मृतकका आफन्तले गाईजात्रा निकालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वसन्तपुरमा गाईजात्रा (तस्बिरहरू)

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। दिवङ्गत आफन्तको सम्झनामा मनाइने गाईजात्रा पर्व काठमाडाैँकाे वसन्तपुर र हनुमानढोका क्षेत्रमा पनि गाईजात्रा मनाइएको छ। नेवारी समुदायमा मृतकका आफन्तले गाईजात्रा निकालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

दाङमा मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ का बिष्णु चौधरी सोही ठाउँका देबदास देबकोटा, श्रीजन रिजाल र शिशिर खड्का रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

पहिराेले कालीगण्डकी करिडोर अवरुद्ध

बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। जिल्लाको बौदिकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

गाईजात्राले विकृति र विसङ्गति उजागर गर्ने पर्वः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले गाईजात्राले नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलासँगै विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

घोडेपानी सडक अवरुद्ध, पर्यटक र स्थानीयलाई सास्ती

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक अवरुद्ध हुँदा पर्यटक र स्थानीयवासीलाई समस्या भएको छ। अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार–खिवाङ–शिख–चित्रे सडकअन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा पहिरोले सडक भत्काएपछि गत साउनदेखि घोडेपानीमा यातायात अवरुद्ध बनेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँंदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजकाे माैसमः यीे प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चिर्पट प्रहारबाट एक व्यक्तिको हत्या, एकै घरका तीन जना पक्राउ

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ दम्दुका एक पुरुषको हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन्। अन्दाजी ४३ वर्षीय दिलबहादुर बुढाको हत्या गरेको आरोपमा सोही वडाको कलटाकुरा बस्ने एकै घरका तीन जना पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - त्रिवेणी

प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्थाबारे क्यानकाे गर्‍याे भ्रमपूर्ण सन्देश प्रवाह

विभिन्न साेसियल मिडियाबाट लाइभ भएको यो कार्यक्रम हेरिरहेका नेपालीहरूले प्रधानमन्त्रीको स्वास्थ्य प्रतिकूल भएको खबर सुनेपछि चासो राखेका थिए। तर, यस विषयमा प्रधानमन्त्री कार्यालयले कुनै विज्ञप्ति प्रकाशित गरेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सत्ताले किचिरहेको ‘निर्मला न्याय’

११ दिनसम्म दूरी नाप्दानाप्दै उनीहरूका पैदल चिरिएका छन्। माइतीघरको चिसा सडकपेटीहरूले बिरामी हुन थालेका छन्। घरि अकस्मात बर्षिने झरीमा निथ्रुक्कै हुन्छन् अनि क्षणमै चिट्चिट घाममा सेकिन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाढीपहिरोमा परी हालसम्म १९० जनाको मृत्यु

बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९० जनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिन्धुपाल्चोकको पाँचपोखरीमा सुख्खा पहिरो

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-७ तिपेनीमा सुख्खा पहिरो खसेको छ। साेमबार दिउँसाे तिपेनीकाे क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो खसेकाे नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति र प्रधानमन्त्रीले बाँधे रक्षाबन्धन

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धन बाँधेका छन्। उनीहरूले सोमबार जनै पूर्णिमाको दिन रक्षाबन्धन बाँधेका हुन्। राष्ट्रपति पौडेलले शीतल निवासमा पण्डित अर्जुनप्रसाद न्यौपानेको हातबाट रक्षाबन्धन बाँधेको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनएकाे एकता महाधिवेशन गराउन परराष्ट्रको पत्र कुर्दै शेष घले

२१ चैतको फैसलाले एनआरएनएलाई शून्यमा पुर्‍याएपनि फेरि साउन २२ मा सर्वोच्च अदालतकै अर्को फैसलाले सन् २०२३–०२५ कार्यकालमा निर्वाचित कार्यसमितिलाई काममा रोक लगाउनु उचित नदेखिएको भन्दै परराष्ट्र मन्त्रालयले पठाएको पत्र बदर गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निराशालाई आशामा बदल्न कांग्रेस र एमालेकाे समीकरण बन्याे: गृहमन्त्री लेखक

‘समीकरण बन्ने र भत्किने क्रम चल्याे। सरकारकाे अस्थिरताकाे सबै क्षेत्रमा प्रभाव देखा पर्याे। मुलुककाे आर्थिक विकास र सुशासनकाे क्षेत्रमा विधिकाे शासनलाई अगाडि बढाउन समस्या देखियो। राजनीति अस्थिरता कारणले उत्पन्न समस्याले मुलुकमा निराशा बढायो।  त्याे निराशालाई आशामा बदल्नका स्थिर सरकार आवश्यक भयाे,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं