सोमबार, १८ नोभेम्बर २०२४

किसानलाई समयमा मल उपलब्ध गराउन प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा उनले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आँकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी प्रकरण: संसदीय छानबिन समितिले लियो दीपेश पुनसँग बयान

शुक्रबार सिंहदरबारमा रहेको समितिको कार्यालयमा समितिले पुनसँग बयान लिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए। पुन पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थामे बाढीमा १ जना बेपत्ता, अझै गाउँ जोखिममा

सोलुखुम्बुमा आएको बाढीले जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी पस्दा १ जना बेपत्ता भएका छन्। बेपत्ता हुने को हुन् भन्ने परिचय खुलेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गृहमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकको शिष्टाचार भेट

उनले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपाली सेना र नेपाल प्रहरीको भूमिकाको प्रसंशा गर्दै शान्ति मिसनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्ख्या थप बढाउन पहल गरिदिन संयोजक हाम्डीलाई आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीले थामे गाउँ ध्वस्त, तटीय क्षेत्रमा पहिरो जान थाल्यो

‘थामे गाउँमा ४० भन्दा बढी घर छन्। ७ घर बाढीले बगाइसक्यो। बाँकी अन्य घरहरूमा बाढी पसेको छ। विद्यालय, स्वास्थ्य चौकी, होटेल, लज, होस्टेल पनि बाढी पसेर क्षति गरेको छ’, वडा नम्बर ५ का सचिव सुवास तामाङले बिएल नेपाली सेवासँग भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१४ जना भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारकाे निर्णय, यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्यण

मन्त्रिपरिषद् बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षक १ जनालाई २ लाख एवं व्यवस्थापक १, सहायक, प्रशिक्षक १ र फिजियो १ गरी ३ जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सोलुखुम्बुमा आएको बाढीले खोटाङ्गमा पनि बढायो जोखिम, सतर्क रहन आग्रह

सोलुखुम्बुकाे खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे क्षेत्रमा आएको बाढीले खोटाङमासमेत जोखिम बढाएको छ। खोटाङको दूधकोसी तटीय क्षेत्रमा उक्त बाढीले जोखिम बढाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जहाँ समस्या हुन्छ, त्यहाँ समाधानसहित सानो पाइला पुग्छ: कानुनमन्त्री चौरसिया

‘जहाँजहाँ समस्या हुन्छ, त्यहाँत्यहाँ सानो पाइला समाधानसहित पुगेको मैले पाएको छु। दुर्व्यसनमा फसेका युवाहरूलाई पुनर्स्थापना गर्ने काम होस् वा अपराधमा फसेका युवाहरूलाई सुधारको बाटो देखाएर समाजमा घुलमिल बनाउने सवालमा होस्, सानो पाइलाले धेरै नै उल्लेख्य कामहरूको इतिहास बनाएको छ’, मन्त्री चौरसियाले सानो पाइलाको इतिहासबारे चर्चा गर्दै भने, ‘अहिले दिइँदैगरेको यो हस्तनिर्मित गहना बनाउने तालिमपछि प्रशिक्षार्थीहरू आत्मनिर्भर र स्वाबलम्बी बन्ने मलाइ विश्वास छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सोलुखुम्बुको थामे क्षेत्रमा भीषण बाढी, हिमपोखरी फुटेकाे आशंका (भिडियाे)

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे क्षेत्रमा भीषण बाढी आएकाे छ। स्थानीयका अनुसार हिमपोखरी फुटेकाे आशंका गरिएकाे छ। बाढीले थामे गाउँमा ठूलो क्षति पुर्याएकाे स्थानीयले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

आगामी भाद्र ९, १० र ११ गते विहान ११ बजे काठमाडौँमा बैठक डाकिएको महासचिव घनश्याम भुसालले जानकारी दिएका छन्। बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माणलगायतको एजेण्डा रहेको भुसालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिनावात्रा बनिन् थाइल्याण्डको नयाँ प्रधानमन्त्री

पेतोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेकी छन्। फेउ थाई पार्टीकी ३७ वर्षीया नेतृ सिनावात्रालाई संसदमा भएको निर्वाचनबाट प्रधानमन्त्री  नियुक्त भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयका व्यवस्थापन र स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड वर्माबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्ड र बेलायती राजदूतबीच भेटवार्ता, टिआरसी विधेयकबारे छलफल

भेटमा अध्यक्ष प्रचण्डले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको बताउँदै पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक पर्ने क्षेत्रमा बेलायत सरकारको सहयोग रहने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

३७ वर्षीय सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री बन्दै

फेउ थाई पार्टीकी ३७ वर्षीय नेतृ सिनावात्रालाई संसदमा भएको मतदानमा ३१९ सांसदले मतदान गरेका थिए। थाइल्याण्डको तल्लो सदनमा ५०० सदस्य रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपा अध्यक्ष लिङदेन अस्ट्रेलिया प्रस्थान

राप्रपाको भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा पार्टी अध्यक्ष लिङदेन मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन गएराति उनी त्यसतर्फ प्रस्थान गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाइडेन प्रशासनका ‘सिनियर अधिकारी’ सुटुक्क काठमाडौँमा

नेपाल भ्रमणको क्रममा उप–विदेशमन्त्री वर्माले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेपाल सरकारका उच्च अधिकारी, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डब्लूएचओले स्वास्थ्य आपत‍्काल घोषणा गरेको ‘एमपक्स’ स्वीडेनमा पनि देखियो

स्वीडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले स्वीडेनमा मंकीपक्सको पहिलो केस फेला परेको जानकारी दिएको हो। मंकीपक्सबाट संक्रमित व्यक्ति अफ्रिका बसेर फर्केका भएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोल्पाको सुखाओडार खोलाले बगाउँदा एक महिला बेपत्ता

उनी बिहीबार बेलुका करिब पौने ७ बजेतिर सुखाओडार बजारबाट घरतर्फ जाने क्रममा गोरेटो बाटोबाट लडेर सुख्खाओडार खोलमा खस्दा खोलाले बगाई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशवराज बराकाेटीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेवा लम्साल राजदूतमा सिफारिस, राई परराष्ट्र सचिव बन्ने पक्का

सरकारले परराष्ट्र सचिव सेवा लम्साललाई राजदूतमा सिफारिस गरेको छ। हिजो अबेर बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियम पठाउन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्व्यसनमुक्त पालिका बनाउने अभियानमा चुलाचुली गाउँपालिका

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामाजिक अभियन्ता एवं स्थानीय बासिन्दासँगको सहकार्यमा चुलाचुली गाउँपालिका–३ ले गाउँपालिकालाई दुर्व्यसनमुक्त बनाउने उद्दश्यसहित लागुपदार्थ रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको छ। चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार पालिकाका स्थानीय बासिन्दाको सहभागितामा लागुपदार्थविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै युवालाई यसविरुद्ध लाग्न प्रेरित गर्न घरदैलो भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम