सोमबार, १८ नोभेम्बर २०२४

माओवादीले दियो योगेश भट्टराईमाथि आक्रमण गर्ने धम्की

सशस्त्र द्वन्द्वलाई हिंसा भनेकोप्रति आपत्त जनाउँदै माओवादी महासचिव गौरवले विज्ञप्ति जारी गरेर आक्रमण गर्ने धम्की दिएका हुन्। उनले भट्टराईले हिंसा शब्द प्रयोग गरेकोप्रति सार्वजनिक रुपमा माफी नमागेमा जुनसुकैबेला पनि जनकारबाही गर्ने र उनको गृह जिल्ला ताप्लेजुङ प्रवेशमा प्रतिबन्ध लगाइने धम्की दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन्द्र शाहको नेतृत्वमा नौं सदस्यीय स्टेरिङ् कमिटी गठन

संख्या धेरै भएकाले कार्य चुस्त बनाउन कठिन हुने भएपछि परिषदका अध्यक्ष एवं काठमाडौँ नगर प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको दोस्रो बैठकले कमिटी गठन गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापामा भिडियो कल गरेलगत्तै महिला र पुरुषले गरे आत्महत्या

अर्जुनधार नगरपालिका–६ लक्ष्मी टोलकी अन्दाजी २४ की नम्रता पाठकले शुक्रबार बिहान सोही स्थानका कृष्ण ढुङ्गेललाई वाट्सएपमा भिडियो कल गरेर आत्महत्या गरेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

रास्वपाले अर्का महामन्त्रीलाई पनि गर्‍यो बर्खास्त

केन्द्रीय कमिटीका महामन्त्री डा. मुकुल ढकाललाई बर्खास्त गरेको हप्ता दिन नहुँदै सुदूरपश्चिम प्रदेशका महामन्त्री पारस बाहुनलाई बर्खास्त गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्यादको प्रावधान हटाइयाे

‘खास गरेर भ्रष्टाचार निवारण ऐन संशोधनसम्बन्धी विधेयकमा जुन प्रस्तुत भएको छ, त्यसमध्ये हद म्यादको विषय उठेको छ। समितिभन्दा बाहिर र सदनमा जतापनि छलफलको विषय बनेको छ। त्यसैले पाँच वर्ष हदम्याद हटाउँ भन्न चाहन्छु। यो सरकारका तर्फबाट आग्रह हो’, गृहमन्त्री लेखकले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीले गरे हाइड्रोजन कारको शुभारम्भ

कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी  नेपाल ल्याइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - धुलिखेल

मोहन मैनालीको मुकाम रणमैदानले पायाे मदन पुरस्कार

मदन पुरस्कार गुठीकाे बैठकले मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दिक्षितले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हिंसा गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ काम गर्नुपर्छ: प्रधानमन्त्री

‘म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरुको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले अराजकता र अशिष्टता होइन, हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका योगलाई विस्तार गर्नुपर्छ। योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य राख्छ। त्यसैले योगलाई विशेष महत्व दिनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रक्तदान र दीप प्रजनन गरेर मानव सेवा आश्रमले मनायो १२ औं वार्षिकोत्सव

सडक मानवलाई छाना, खाना र नाना दिने उद्देश्यले सञ्चालन भएको मानव सेवा आश्रमले हालसम्म दस हजार २ सय ४१ जनालाई उद्धार गरिसकेको छ भने ४ हजार ३८ जनाको घर खोजी पुर्नमिलन गराइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री ओली र रवि लामिछानेसहित सांसदहरूकाे योगाभ्यास (तस्बिरहरू)

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, गृहमन्त्री रमेश लेखक, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपाका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष डा.सीके राउतलगायतले पनि योगाभ्यास गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्व्यसनले संसार नै सखाप हुँदै जाने स्थिति सिर्जना भएको छः माधव नेपाल

शुक्रबार काठमाडौँमा आयोजित लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुर्व्यसनीमा संलग्न सञ्जालले नयाँ पुस्तालाई प्रभाव पार्न, समाजलाई खतम पार्न र अपराधिक क्रियाकलापलाई प्रोत्साहन गरिरहेको उल्लेख गर्दै यसलाई निर्मूल पार्न सबैले भूमिका खेल्न आवश्यक रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वमाओवादी कार्यकर्ताको बम पड्कियो, दुई नाबालकको मृत्यु

युद्धकालमा ‘आइबी’ भनेर चिनिने उनी माओवादी कार्यकर्ता हुन् र उनको घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्दै आएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय, ब्याजसहित चार किस्तामा रकम बुझाउने सुविधा

सरकारले निजी दूरसञ्चार प्रदायक एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वायुसेवा निगमका अध्यक्षलाई सात दिने स्पष्टीकरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार सेवा अवरुद्ध हुनेगरी एकैपटक दुईवटै वाइडवडी जहाज सी- चेकका लागि पठाइएको सम्बन्धमा पर्यटनमन्त्री बद्री पाण्डेले सात दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्राइम सहकारी ठगी प्रकरण: पोखराबाट कोइराला पक्राउ

सहकारीका विज्ञको वित्तीय विश्लेषण र प्रहरीको अनुसन्धान प्रतिवेदनपछि प्राइमका सञ्चालक, सरकारी कर्मचारी र लेखा परीक्षकविरुद्ध मुद्दा दायर भएको हो। यो गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी ठगीको प्रकरण हो।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

चाडपर्वमा कृतिम अभाव, कालोबजारी र मुल्यवृद्धि सह्य हुँदैन: गृहमन्त्री लेखक

‘कृतिम अभाव, कालाबजारी, मुल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रणका लागि हामी कहाँनिर सहयोग हुनुसक्छौँ। चाडपर्वको बेलामा दैनिक उपभोग्यका सामग्रीको सहज र सरल पहुँच हुनुपर्यो,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई तिहाइको अहंकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको छु: प्रचण्ड

उनले भने, ‘दुई तिहाइको अंहकार नदेखाउनोस् भनेर सम्झाएको मात्र छु। उहाँहरुले अलि बढी गर्न थाल्नु भो भने भ्रष्टाचारका विरुद्ध सडकमा आउँछौँ। दुई तिहाइको घमण्ड नगर्नाेस्, तपाईंहरु सुध्रिनुहोस्, राम्रो कामको समर्थन नै हुने छ तर तर लक्षण राम्रो गर्नेजस्तो देखिएको छैन। गल्ती गर्दै गए प्रतिपक्षले छाड्ने छैन, अहिले बेलैमा सचेत मात्रै गराइएको हो।’

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

कर्णाली राजमार्ग बाढीले क्षतिग्रस्त, यातायात अवरुद्ध

बुधबार रातीदेखि भएको अविरल वर्षापछि गगने खोलामा आएको बाढीले सडक र दही खोलामा आएको बाढीले पूल नै बगाउँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

टीआरसी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

बिहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन्। सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेश भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं