आइतबार, १७ नोभेम्बर २०२४

पूर्वमाओवादी कार्यकर्ताको बम पड्कियो, दुई नाबालकको मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

पाँचथरको एउटा घरमा लुकाइ राखेको ग्रिनेड बम विष्फोट हुँदा दुईजना नाबालकको मृत्यु भएको छ। बिहीबार दिउँसो माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा विष्फोट भएको थियो। युद्धकालमा ‘आइबी’ भनेर चिनिने उनी माओवादी कार्यकर्ता हुन् र उनको घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्दै आएको थियो।

प्रहरीका अनुसार विष्फोटमा परी ज्ञानबहादुर १० वर्षीय छोरा पवन, स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षकी छोरी प्रिन्सा घाइते भएका थिए। 

उपचारका क्रमका लागि झापा लैजाँदै गर्दा प्रिन्सा र दिप्सनको बिहीबार राति बाटोमै मृत्यु भएको थियो। पाँचथर अस्पतालमा प्रारम्भिक उपचार पछि उनीहरूलाई बिएन्ड सी अस्पताल लगिंदै थियो। घाइते पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?