सोमबार, १८ नोभेम्बर २०२४

हिम्मतले भेडीगोठ धानेका हिमबहादुर

धवलागिरि गाउँपालिका–५ मल्कबाङका उनले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ। करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उनी भने आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ पसेका थियो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

तनहुँमा जिप दुर्घटनाः एक जनाको मृत्यु, ६ घाइते

तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते भएका चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ। 

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु

दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका– ३ पारखडाका ३२ वर्षका जगतसिंह धामी सोही ठाउँ स्थित रिठाईनीको भिरमा शनिवार दिउँसो मृत अवस्थामा फेला परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - दार्चुला

रुसबाट नेपाली युवाको पत्र– सरकार हामीलाई छिटो उद्धार गर

कति ठाउँमा सिम नै चल्दैन। सबै ठाउँमा वाइफाइ छैन। तपाईं हामीले कल्पना गरे जस्तो छैन यहाँ। धेरैजसो बंकरमा बस्नुपर्छ। बस्ने ठाउँमा फोन लाग्दैन। फोन गर्न अर्को ठाउँमा जानुपर्छ सबैभन्दा ठुलो समस्या हामीलाई भाषा हो। हामीसँग यहाँको भाषा, धर्मकर्म, रीतिरिवाज, भेषभुसा केही थाहा पनि छैन। यस्तो अवस्थामा पनि नेपाल सरकारकै कारण हामी यहाँ आएर बस्नु परेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - रुस

दुई समुदायबीच झडपकाे स्थिति देखिएपछि इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु

रौतहटको इशनाथ नगरपालिकामा दुई समुदायबीच भएको विवाद उत्कर्षमा पुगेपछि पालिकाभर अनिश्चितकालीन कर्फ्यु लगाइएको छ। इशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा फागुन ३ गते मोतीपुरमा दुई पक्षबीच विवाद र झडप भएको थियो। सोही विषयमा शनिबार घिउरा भन्ने ठाउँमा पुनः झडप भएपछि जिल्ला प्रशासन कार्यालय रौहतहटले कर्फ्यु लगाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शाली नदीमा जे देखियो (तस्बिरहरू)

स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो। यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ। यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महोत्तरीमा चल्यो ४ राउण्ड गोली, दुई जना घाइते

शनिबार हिन्दु समुदायले निकालेको कलश यात्रामा ‘डिजे’ बजाउने विषयमा झडप भएको थियो। सोही विवादले उग्ररुप लिएपछि घटनालाई साम्य बनाउन प्रहरीले ४ राउण्ड गोली चलाएको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

कर्णालीको चित्र छुट्यो भने देशको चित्र अपूरो हुन्छ: सुधा शर्मा 

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव डा. सुधा शर्माले देशको स्वास्थ्य राम्रो बनाउन कर्णालीको तस्बिर गतिलो हुनुपर्ने बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वनभोज गएका नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु

वनभोज कार्यक्रममा खाना खाने क्रममा सर्केर नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

साताका उत्कृष्ट पन्ध्र तस्बिरहरू

यस साता संसार हल्लने गरी कुनै घटना नभएतापनि केही स–साना रोचक कुराहरू चर्चामा रहे, जुन रोयटर्सका फोटो पत्रकारहरूले खिचेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

धादिङमा बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - मलेखु

बागलुङ पञ्चकोटमा पाँच हजार किलोको घण्टी

विसं २०७२ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो। गत साता मात्रै महाघण्टलाई पञ्चकोट ल्याइएको थियो। पञ्चकोटमा अहिलेसम्म सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

काठमाडौँ–तराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’

'ठेक्का लागिसकेका काममा प्रगति राम्रो छ। केही खरिद प्रक्रिया टुङ्गिन बाँकी छन्। मुद्दा मामिलामा पनि गएका छन्। तर हामीले तोकिएको समय २०८३ चैतसम्ममा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ', उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - निजगढ (बारा)

सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

बुटवलमा रहेको सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई (पाण्डे)लाई प्रहरीले पक्राउ गरेको छ। ्गुरुङलाई बिहीबार र पाण्डेयलाई शुक्रबार पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

बुलबुले तालको झार हटाइँदै

सुर्खेतको बुलबुले तालको पानीमाथि फैलिएको झारपात हटाउन थालिएको छ। सुर्खेत उपत्यका नगर विकास समितिले डुङ्गा चलाउनुपूर्व तालमा फैलिएको झारपात हटाउन थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

प्रधानमन्त्रीको प्रतिबद्धतापछि सुकुम्वासीलाई जग्गा फिर्ता हुने आश

आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा–४ थारूटोल बनराका सुकुम्वासीलाई अब भने राहत पाइने आश जागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

कर्णालीमा ५ हजार बढी उद्योग दर्ता

गत आर्थिक वर्ष २०७९/८० मा कर्णाली प्रदेशका १० वटै जिल्लामा गरी पाँच हजार आठ सय ५२ उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन्। तीन हजार आठ सय ४० उद्योग र दुई हजार १२ वाणिज्य फर्म दर्ता भएका थिए। गत आवमा पाँच सय ३८ वाणिज्य फर्म र दुई सय ४४ उद्योग फर्म खारेज भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

६४ वर्षपछि स्वदेशी हुलाक टिकट प्रचलनमा, समय र लागतको बचत

६४ वर्षपछि नेपालमै छापिएको हुलाक टिकट प्रचलनमा आएको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनक शिक्षा सामग्री केन्द्रमा मुद्रण गरिएका  ११ प्रकारका हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाइन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आमा–छोरीमाथि खुकुरी प्रहार गर्ने राई पक्राउ

मोरङको केराबारी गाउँपालिका–९ भलुवाईमा एकै परिवारका आमा छोरीमाथि खुकुरी प्रहार गरेर पेस्ताेल ताक्ने निरकुमार राई पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - उर्लाबारी