सोमबार, १८ नोभेम्बर २०२४

कपिलवस्तु दुर्घटनामा घाइते भएकाहरू भन्छन्: आँखै अगाडि धेरैको ज्यान गयो

‘राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि बस हिड्यो। म सिटमै निदाउन आँटेकी थिएँ, बस ठोक्किएको ठूलो आवाज आयो’, बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत ५५ वर्षीया यात्रु नारायणी थापाले गयराती कपिलवस्तुमा भएको बस दुर्घटनाको कहानी सुनाइन्। उनी छोरीसँगै काठमाडौँ जान बुधबार दिउँसो साढे दुई बजे महेन्द्रनगरबाट बसमा चढेकी थिइन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाँच लाख डेनिस क्रोनसहित विमानस्थलबाट दुईजना पक्राउ

उनले भने, ‘फ्लाई दुबईको उडानबाट दुबईबाट नेपाल आएका उनीहरूलाई अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट करिब रु ९५ लाख ४३ हजार तीन सय ८४ नेपाली हुनआउने उक्त विदेशी मुद्रा अवैधरुपमा लुकाइछिपाई लैजान लागेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शक्तिखोर–फिस्लिङ सडक: भारी बोकेर नारायणगढ पुर्‍याउनुपर्ने बाध्यता हट्यो

नौलो मान्छे देख्दा भाग्ने चेपाङलाई अहिले बजारसँग जोड्नका लागि यही सडकले महत्वपूर्ण भूमिका खेलेको उनले बताए। ‘अब सरकारले यो बाटोमा पर्ने खोल्साखाल्सीमा पुल हाल्दिने, पिच गर्न बाँकी रहेको ठाउँमा राम्रो बनाउने गर्दिनुपर्छ’, उनले भने, ‘बाटो अलि साँघुरो छ। ठूलो गाडी पनि गुडाउन मिल्ने गरी बढाउनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

पर्यटन बोर्डका निर्वतमान प्रमुख रेग्मीले बोर्डलाई ध्वस्त पारेको कर्मचारीको आरोप

नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनले बोर्डका निवर्तनमान कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीलाई बोर्ड ध्वस्त पारेको अरोप लगाएका छन्।  बुधबार विज्ञप्ति जारी गर्दै उनीहरुले रेग्मीले बोर्डको पर्यटन बजार प्रवर्धन तथा व्यवस्थापनको कार्य शुन्यमा झारेर समग्र बोर्डलाइ नै थला पारेर बाहिरिएका आरोप लगाएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ: प्रधानमन्त्री

‘शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ। यो प्रवृत्ति अब उल्टो हुनुपर्छ’, प्रधानमन्त्री दाहालले भने, ‘हामीले विश्वव्यापीरूपमा अवसर खोज्नेका लागि अनुकूल हुने वातावरण सिर्जना गर्नुपर्छ।’ उनले उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणबारे पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्वका सीमान्तकृत समुदाय काठमाडौँमा (तस्बिर)

सम्मेलनमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने आयोजकले जनाएको छ। हालसम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासङ्घ एसिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानवअधिकारकर्मी तथा नर्मदा बचाओ आन्दोलनका अभियन्ता मेधा पाटकर, ल्याटिन अमेरिकाका सामाजिक अभियन्ता अलेदा ग्वेभेरालगायत अथिति वक्ताको सहभागिता निश्चित भएको नेपाल आयोजक समितिका सदस्य डा. नेत्र तिमिल्सिनाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भ्यालेन्टाइन डे’ मनाउन भन्दै साथीको काेठामा लगेर नाबालिगमाथि बलात्कार, निकेश पक्राउ

निकेशले नाबालिगलाई लहान-१ स्थित अरुण कुमार यादवको काेठामा लगेर बुधबार अपरान्ह ललाईफकाई जबरजस्ती गरणी गरेको र सोही कारण आफू बिरामी भएको आफन्तलाई जानकारी गराउनासाथ परिवारले उजुरी दिएका थिए। नाबालिग रक्ताम्य अवस्थामा डेरामै अचेत देखिएपछि एकजनाले आफन्तलाई खबर गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

एसपीहरूलाई गृहमन्त्रीले भने- जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कारबाही गरिन्छ

अब सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल नचल्ने र जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कार्वाही गरिने उनले बताए। प्रमुखको जिम्मेवारी पाउन दल एवम् नेताहरूको ढोका चहार्ने, बिचौलियामार्फत घुसको अफर गर्ने र आफूले जिम्मेवारी नपाए जिम्मेवारी पाउने सहकर्मीको बदनाम गर्ने प्रवृत्ति त्याग्न समेत उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सोलुखुम्बुमा निर्वस्त्र अवस्थामा महिलाको शव फेला

‘मङ्गलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगेको थियो’, उनले भने, ‘मृतक महिलाको शरीरमा कपडा छैन, उनको केही दिनअघि मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ।’

बिएल संवाददाता

बिएल संवाददाता - सोलुखुम्बु

ससुराली जान कपडामा आइरन गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

राजदेवी-७ मुडवालबा गाउँमा ससुराली जानको लागि तयारी स्वरुप आफ्नै कपडामा आइरन लगाउने क्रममा स्थानीय २५ वर्षीय तेजा ठाकुर लोहार करेन्ट लागेर अचेत भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

कपिलवस्तु बस दुर्घटना अपडेट: मृतक १० जनाकै सनाखत

मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, कञ्चनपुरको भिमदत्त नगरपालिका १ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त –४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त– १६ का सञ्जु थापा, पुनरवास नगरपालिकाका किन भट्ट रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कपिलवस्तु

धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नति गरिँदै

बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ। सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई दुईखण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन

‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि काठमाडौँमा सुरु हुने  विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि हुने

ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो। परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीमा हुनेछ। परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नरी, स्मार्ट वाच लगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फलोअपः अमेरिका लैजान भारतीयलाई नेपालमा ल्याएर बन्धक बनाइएको खुलासा

अमेरिका लैजाने भन्दै ११ जना भारतीयलाई नेपालमा ल्याएर बन्धक बनाइएको खुलासा भएको छ। नेपालमा बन्धक बनाइएका ११ जनलाई बुधबार दिउँसो काठमाडौँको रातोपुलबाट प्रहरीले  उद्धारसमेत गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्यमन्त्री भन्छन्– गरिब भएकै कारणले उपचार नपाएर कोही मर्नु पर्दैन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाली नागरिक गरिब भएकै कारणले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने बएका छन्। गरिब विपन्नको परिचयपत्र नभएसम्मका लागि वडाको सिफारिसमा निःशुल्क उपचार हुने व्यवस्था गरिएको उनले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेलायती राज्यमन्त्रीकाे भ्रमणका क्रममा ‘समान पेन्सन’काे विषयमा छलफल हाेस्- गेसाे

गाेर्खा भूतपूर्व सैनिक संघ (गेसाे)ले बेलायती राज्यमन्त्री एन्ड्यू मिचेलकाे नेपाल भ्रमणअघि समान पेन्सनकाे विषयलाई स्मरण गराएकाे छ। गेसाेले विज्ञप्ति नै जारी गरेर मिचेलकाे भ्रमणका क्रममा समान पेन्सनका विषयमा छलफल हुनुपर्ने बताएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दाङ दुर्घटना अपडेटः स्कारपियोको ठक्करबाट घाइते भएकी बिपनाको पनि मृत्यु 

दाङ देउखुरीमा स्कारपियोको ठक्करबाट घाइते भएकी बिपना केसीको पनि मृत्यु भएको छ। यसअघि उनकी दिदी राधा बस्नेतको मृत्यु भएको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

रातो पुलमा ‘बन्धक’ बनाएर घरमा ‘अमेरिका पुगिसक्यौं’ भन्न लगाउँथे दलालहरू 

अमेरिका पठाइदिने भन्दै बन्धक बनाइएका ३० जनाभन्दा धेरैलाई प्रहरीले उद्धार गरेको छ। प्रहरी स्रोतका अनुसार अमेरिका पठाउने भन्दै पैसा असुल गरेर दलालहरूले कम्तीमा ३० जना मानिस रातो पुलस्थित एउटा घरमा बन्धक बनाइराखेका थिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाङमा स्कारपियोको ठक्करबाट साइकलमा सवार दिदीको मृत्यु, बहिनीको अवस्था गम्भीर

मृत्यु हुनेमा प्युठानको झिमरूक गाउँपालिका–८, गोवडी घर भइ हाल राप्ती गाउँपालिका–८ पिपरीमा बस्ने ३५ वर्षीया राधा बस्नेत रहेकी छिन्। साइकलमा सवार उनकी २० वर्षीया बहिनी बिपना गम्भीर घाइते भएकी छिन्। राधाले लमहीमा रहेको सुनाखरी बचत तथा ऋण सहकारी संस्थामा बजार प्रतिनिधिको रूपमा काम गर्ने गरेको इलाका प्रहरी कार्याल सिसहनियाँले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ