मङ्गलबार, १९ नोभेम्बर २०२४

माओवादीको स्थायी समिति बैठक सुरू

बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने बताइएकाे छ। यसैगरी बैठकमा भावी कार्ययोजना, कार्यविभाजन र नयाँ अभियान सञ्चालन गर्नेबारेमा छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चंखेलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्र बहादुर वली, असिस्टेन्ट सब-इन्जिनियर हर्कधन बुढाले आर्थिक वर्ष २०७४/०७५ मा सञ्चालित मिमि वडा कार्यालयको फिल्ड निर्माण कार्यमा फिल्डको वास्तविक भए गरेको कार्यभन्दा बढी मूल्याङ्‍कन गरी नापी किताबमा चढाएर हस्ताक्षर गरेकाे अख्तियार जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गलत नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुग्याे: सांसद भण्डारी

उनले किसान, युवा, बुद्धिजीवी र विश्वविद्यालयलगायत सबै क्षेत्रका समस्या र समाधानका लागि छलफल गर्न ढिलो भइसकेको भन्दै युवाहरू विदेश पलायन भएर मुलुक नबन्ने विचार राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेवा प्रवाहमा ढिलासुस्ती, अपरादर्शिता, दण्डहिनता र भ्रष्टाचार प्रमुख चुनौती बन्याे: गृहमन्त्री श्रेष्ठ

उनले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य लिएको उल्लेख गर्दै भने, ‘गृह प्रशासनको पहिलो प्राथमिकता शान्ति र सुव्यवस्था कायम गरेर अपराध नियन्त्रण गर्ने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

उपकुलपतिका लागि समितिले ‘मेरिटोक्रेसी’ पालना गरे/नगरेको अध्ययन गर्दै प्रधानमन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको मेरिटोक्रेसीका विषयमा प्रधानमन्त्री प्रचण्डले अध्ययन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२ करोड लागतमा निर्माण भएको ‘मुक्तिनाथ महाघण्ट’काे राष्ट्रिपतिले गरे उद्घाटन

पञ्चकोटधामका परिकल्पनाकार एवं संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यो महाघण्ट स्थापना गरिएको थियो। पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

संसद्मा उठेका विषय सम्बोधन गर्न सरकारलाई सभामुखको ध्यानाकर्षण

आजको बैठकमा प्रतिपक्षी दलहरु नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले समसामयिक र सुशासनका क्षेत्रमा प्रश्न उठाउँदै ती विषयमा सरकारले जवाफ नदिएसम्म सदन चल्न नसक्ने अडान लिएपछि सभामुख घिमिरेले ध्यानाकर्षण गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा एमालेले माग्याे तीन मन्त्रीको राजीनामा

बिहीबारको प्रतिनिधिसभा बैठक सुरु एमाले सांसद रघुजी पन्तले पर्यटनमन्त्री सुदन किराती, स्वास्थ्यमन्त्री मोहन बस्नेत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाकाे राजीनामा माग गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कपिलवस्तुमा विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

जिल्लाको शिवराज नगरपालिका–१ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश चौधरीले राससलाई जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कपिलवस्तु

तमोर ‘कोरिडोर’बाट नेपाल, भारत र चीन जोडिए

मित्रराष्ट्रय चीनले चार वर्षअगाडि नै समुद्र सतहदेखि पाँच हजार दुई सय मिटर उचाइमा  टिप्ताला नाका हुँदै फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोला क्षेत्रमा सडक विस्तार गरेको थियो। ओलाङचुङगाला हुँदै सेराप बगरसम्म ‘ट्र्याक’ खोल्ने काम चीनको निर्माण कम्पनीले गरेको थियो। नेपाल र चीनको नाकाबाट नेपालतर्फ ३५ किलोमिटर क्षेत्रमा  ट्रयाक खोलिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - फुङ्लिङ

सुरक्षाकर्मी र कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण

भोजपुरमा कार्यतरत सुरक्षाकर्मी तथा कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण दिइएको छ। तनाव व्यवस्थापनका लागि जीवन विज्ञानले उनीहरूलाई आवश्यक व्यायाम, प्रणायमसँगै खुसी प्राप्त गर्न अपनाउन सकिने विधिलगायत विषयमा कक्षा सञ्चालन गरेर प्रशिक्षण दिइएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

बेसार प्रवर्द्धनमा जुट्यो इलामको रोङ गाउँपालिका

गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धधन सुरु गरेको छ। बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवद्र्धनमा लागेको हो। पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ। स्थानीय एक सहकारीमार्फत बेसारको बीउ वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले जानकारी दिए। उनका अनुसार गाउँपालिकाभित्रै रहेको इको चिया उत्पादक सहकारीमार्फत ४५ जना किसानलाई अनुदानमा आठ सय ४० किलोग्राम बेसार उपलब्ध गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मङ्गलबारे

टिआरसी विधेयक पीडितमैत्री हुनुपर्ने

उनीहरुले पीडकहरु जोगिने गरी विधेयक अगाडि बढाउन खोजिएको आरोप लगाउँदै त्यसले खास द्वन्द्वपीडितले न्याय नपाउने जिकिर गरेका हुन्। विशेषगरी द्वन्द्वप्रभावित कर्णालीका महिलाले सरकारले थामथुम बनाउने गरी विधेयक अगाडि बढाउन खोजेको भन्दै संसद्मा व्यापक छलफल गरी विधेयकलाई पीडितमैत्री बनाएर मात्रै पास गर्नुपर्ने सुझाव दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा

बन्दीपुर–४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकाको सांस्कृतिक भवन निर्माणका लागि एक रोपनी जग्गा दान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बन्दीपुर

मालिकाको पन्थोकमा दशकोठे पक्की विद्यालय भवन निर्माण

पश्चिम म्याग्दीको मालिका गाउँपालिका-५ पन्थोकमा भीम माध्यमिक विद्यालयको १० कोठे भवन निर्माण भएको छ। गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५०, गाउँपालिकाको ४० र स्थानीयबासीको १० प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको उक्त भवनको बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट हवार्ड ग्रिन (एमबीई) र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले संयुक्तरुपमा उद्घाटन गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - गलेश्वर

गण्डकीलाई राईनो संरक्षण गोल्डकपको उपाधि

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जारी छैटौँ राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले उचालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एक लाखभन्दा बढी मुद्दा फछ्र्योट गर्न बाँकी

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पेस गरेकाे सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा उक्त मुद्दा फछ्र्योट हुन बाँकी रहेको देखिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अछाममा जिप दुर्घटनाः एक बालकको मृत्यु, १४ जना घाइते

अछामको लुग्राबाट साँफेबगर आउने क्रममा जिप चौरपाटी गाउँपालिका– ५ लुग्रामा दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ। भने, १४ जना घाइते भएका भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अछाम

रौतहटमा ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु, ७ जना घाइते

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले दिएको जानकारी अनुसार ट्याक्टर दुर्घटनामा ट्याक्टर चालक रौतहट गढिमाई–९ का ५५ वर्षीय जयलाल सहनी र ५० वर्षीय रामनाथ सहनी मृत्यु‍ भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - राैतहट

‘गुण्डा नाइके’ गणेश लामामाथि अपहरण गरेर २० करोड फिरौती मागेको आरोप

विवादास्पद पृष्ठभूमिका लामा र कक्षपतिले कोठामा थुनेर आफूलाई बन्धक बनाई धम्की र त्रासबीच करकापमा फिरौतीस्वरुप करोडौँको लेनदेनको कागज गर्न बाध्य बनाएको खड्काको आरोप छ। खड्काले आफूलाई २० करोड रकम फिरौतीको कागज गराएको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं