मङ्गलबार, १९ नोभेम्बर २०२४

सरकारको निगरानी गर्ने आधिकारिक संस्था नै सार्वभौम संसद हो : सांसद घिमिरे

कानुन निर्माण गर्ने मुख्य थलोका रुपमा सङ्घीय संसदलाई लिने गरिन्छ। जनतालाई कानुन निर्माण हुने थलो संसद हो भन्ने कुरा राम्ररी बुझाउन नसक्दा एक खालको अन्यौल देखिन्छ। संसदमा विकास निर्माणलगायत जनसरोकारका विषय र विधेयकमाथिका छलफलले प्राथमिकता पाइरहेका हुन्छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

महासचिव चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’द्वारा सम्मानित

नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’ द्वारा सम्मानित भएका छन्। इन्डोनेसियाको बालीमा जारी आँखा रोग विशेषज्ञको वार्षिक सम्मेलनमा एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी (अपाओ)ले उनलाई उत्कृष्ट सेवा पुरस्कार अर्पण गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कोदोबाट बिस्कुट उत्पादन

पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ। घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

सुदूरपश्चिममा पाँच लाखभन्दा बढी बालबालिकालाई खोप लगाइँदै

सुदूरपश्चिम प्रदेशमा पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने भएको छ। दादुरा-रुबेला खोप अभियान २०८०/८१ अन्तर्गत प्रदेशका नौ जिल्लामा खोप लगाउन लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

रोल्पामा १८ वर्षीया किशोरी बलात्कृत, शेरे कामी पक्राउ

पक्राउ पर्नेमा सुनिलस्मृति गाउँपालिका- १ घोडागाउँ बस्ने ६३ वर्षीय शेरे कामी रहेका छन्। उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - राेल्पा

हिउँमा खेल्दै पढ्दै

विद्यालय खुलेसँगै हिमपात भएपछि विद्यार्थी हिउँसँगै पढ्दै आएको शिक्षा तथा समन्वय एकाइ मनाङका प्रमुख मतिलाल चपाईंले बताए। उनका अनुसार विशेष गरी माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गरी मनाङका तीन विद्यालय खुलिसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मनाङ

३८ वर्षपछि कालीकोटको कोटबाडा विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री

कालीकोटको नरहरिनाथ गाउँपालिका- २ कोटबाडास्थित सुनथराली विमानस्थल ३८ वर्षपछि औपचारिकरुपमा उद्घाटन हुने भएको छ। विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १४ गते उद्घाटन गर्ने भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - कालीकाेट

भ्रष्टाचार मुद्दामा मुछिएका लुम्बिनीका सांसद यादव निलम्बन

सार्वजनिक सम्पत्ति (वन पैदावर)काे हानी-नाेक्सानी गरेकाे भन्दै अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सांसद यादव पदबाट स्वत: निलम्बन भएकाे लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिशु चोरी गर्ने महिला सार्वजनिक, शिशुकाे केएमसीमा उपचार हुँदै

शिशु चोरीमा संलग्न दैलेख नौमूले गाउँपालिका– १ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुल उद्घाटन

सिरहा नगरपालिका– १३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले आज उद्घाटन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

महावीर पुनकाे किताब बिक्रीमा लुम्बिनीका मन्त्रीकाे साथ, किताब बाेकेर दिनभर डुले

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनकाे किताब बिक्रीमा लुम्बिनी प्रदेशका भाैतिक निर्माण तथा पूर्वाधार मन्त्री धर्मबहादुर चाैधरीले साथ दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बर्दिया

पातारासीमा आगलागी: लाखौँको क्षति, २८ जनाको परिवार विस्तापित

जुम्लाको पातरासीमा आगलागी हुँदा एउटा घर जलेर ४१ लाख बढीको भएकाे छ। पातारासी गाउँपालिका- २ तल्फीका कालसिंह सार्कीकाे घर आगलागीबाट पूर्ण रुपमा नष्ट भएकाे हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

रौतहट प्रहरीद्वारा भारतबाट ल्याइएका अढाइ क्विन्टल माछा नष्ट, स्थानीयले भने- धन्यवाद

रौतहटस्थित प्रहरीले अवैध रुपमा भारतबाट ल्याइएका अढाइ क्विन्टल माछा नष्ट गरेको छ। जिल्लाको पूर्वी भेग गढीमाई नगरपालिका- ७ स्थित विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी धर्मपुरको संयुक्त टोलीले उक्त माछा नष्ट गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - राैतहट

नेपालकाे सबैभन्दा ठुलाे ‘नगरा’ जिमाक सांस्कृतिक संग्रहलयमा 

बाग्लुङकाे काठेखाेला गाउँपालिका- ३ स्थित टिओभी मैदानस्थित कार्यालयमा रहँदै आएकाे नगरा हालै निर्माण सम्पन्न जिमाककाे सांस्कृतिक संग्रहलयमा सारिएकाे जिमाकका अध्यक्ष हेमराज आश्रमले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, पहिराे पन्छाउन एक हप्ता लाग्ने

सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ। बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका– ८ बरालवाको भिरमा गएराति सुक्खा पहिरो खसेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

रौतहटमा जग्गाकाे विषयलाई लिएर विवाद, एक जनाको मृत्यु

रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिकास्थित जग्गाको विषयलाई लिएर भएको दुई पक्षीय झडपमा एक जनाको मृत्यु भएको छ। भने, एक जना पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

अनुभव आदानप्रदानका लागि गण्डकीका सभामुखसहितको टोली जनकपुरधाममा

प्रदेशसभामा हुने संसदीय अभ्यास, व्यवस्थापन र अनुभव आदानप्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल नेतृत्वको टोली जनकपुरधामको भ्रमणमा आएको छ। आ–आफ्नो प्रदेशले गरिरहेका संसदीय असल अभ्यास र व्यवस्थापनका बारेमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले सभामुख धिताल नेतृत्वको १६ सदस्यीय टोली शुक्रबार जनकपुरधामको भ्रमणमा आएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम