शनिबार, १६ नोभेम्बर २०२४

वैदेशिक व्यापारका सूचक घटे पनि राजस्व सङ्कलनमा वृद्धि

राजस्व सङ्कलन भन्सार प्रशासनको महत्वपूर्ण कार्यका रुपमा लिइने गरिएको छ। मुलुकको कूल राजस्वको करिब ५० प्रतिशत राजस्व भन्सार प्रशासनले सङ्कलन गर्दै आएको छ। चालु आवको छ महिनाको वैदेशिक व्यापारको तथ्याङ्कलाई हेर्दा राजस्व योगदानमा मुख्यतः डिजेल, पेट्रोल, जिप, कार, भ्यान, तयारी कपडालगायत वस्तु रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आर्थिक सूचाङ्क सकारात्मक छन्, मूल्यवृद्धि नियन्त्रणमा छ: अर्थमन्त्री महत

‘देशको अर्थतन्त्र समस्यामा थियो, विस्तारै सुधार हुँदैछ। हामीले धेरै राजनीतिक आरोह–अवरोह पार गरिसक्यौँ, राजनीतिक पूर्वाधार तयार पारिसक्यौं। अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ। यो पूर्वाधार हामी तयार पार्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं’, मन्त्री डा महतले भने, ‘हाम्रो आर्थिक सूचाङ्क सकारात्मक छन्। मूल्यवृद्धि नियन्त्रणमा छ। ब्याजदर घटिरहेको छ। शेयर बजारमा सुधार भइरहेको छ। आर्थिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएको छ।’ मुलुकलाई आर्थिक गति दिनका लागि स्पष्ट मार्गचित्र बन्दै गएको अर्थमन्त्री महतको दावी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लमजुङमा मह उत्पादन बढ्यो

कृषि ज्ञान केन्द्र कार्यालय लमजुङका सूचना अधिकारी विजयी पौडेलका अनुसार यस वर्ष १३ हजार आठ सय ५० मौरीका घारबाट सो परिमाणमा मह उत्पादन भएको हो। गत वर्ष १० हजार २५ मौरीका घारबाट ३२ टन मात्र मह उत्पादन भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

नेप्से परिसूचकमा लगातार गिरावट

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागेको छ। सातामा कारोबारको पाँचौँ दिन आज नेप्से परिसूचक ३ दशमलव ९४ अङ्कले घटेर २ हजार ८४ दशमलव ०९ को बिन्दुमा कायम भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एउटै गाउँबाट ११ करोडका सुन्तला बिक्री

कतिपय व्यवासयीले थोरै मात्रामा सुन्तला ढुवानी गर्न थालेका छन् भने कतिपय व्यवसायीले किसानसँग सम्झौता गरे पनि सुन्तला टिप्न आइनपुगेको सबैभन्दा बढी सुन्तला बिक्री गर्ने किसान जगतबहादुर खत्रीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

सुनजस्तै तनहुँका सुन्तला

सुन्तला बिक्रीबाट भएको आम्दानीले छोरा इन्जिनियर र छोरी डाक्टर भइसकेको अधिकारीले सुनाए। सुन्तला बगैँचा सुदृढीकरण, गोडमेल, मलखाद व्यवस्थापन, समयमा औषधोपचार गर्न सके सुन्तलाको दाना राम्रो, रसिलो, गुलियो र उत्पादन राम्रो हुने उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री

भिरकोट –७ का वडाध्यक्ष एवं सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले आफ्नो वडामा यसवर्ष सुन्तला   बिक्रीबाट रु ११ करोड बढी भित्रिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - स्याङ्जा

३१ दशमलव ४९ अङ्कले घट्याे नेप्से

आज तीन सय सात कम्पनीको एक करोड ८० लाख ४३ हजार दुई सय ४४ कित्ता शेयर एक लाख ५० हजार पाँच सय ४३ पटक खरिद बिक्री हुँदा रू छ अर्ब ३६ करोड ६० लाख ७० हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पुँजीगत खर्चभन्दा सरकारी ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा आन्तरिक ऋणको साँवा भुक्तानीमा रु ५९ अर्ब ३७ करोड १६ लाख र ब्याज भुक्तानीमा रु ३४ अर्ब १९ करोड ४८ लाख बराबर खर्च भएको छ। आन्तरिक ऋणको साँवाब्याजमा मात्र खर्च भएको रकम रु ९३ अर्ब ५६ करोड ६४ लाख बराबर हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्युत् रोयल्टीबापत सरकारले उठायो रु. तीन अर्ब १५ करोड ५१ लाख

सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत सङ्कलन गर्ने गर्छ। विगतमा आयोजनाका प्रवर्द्धकले आफ्नो अनुकूलतामा रोयल्टी बुझाउने गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एउटै पालिकामा २५ सय बिघामा तोरी खेती

झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ। गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिए। गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बनियानी

बेमौसममा बिक्री गर्न चिस्यान गृहमा सुन्तला भण्डारण

बेनी–४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो। बेनी–४ का वडाध्यक्ष अणबहादुर खड्काले बेमौसममा बजारमा पठाउने तयारीसहित चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

पाथीभरामा एक महिनामा ३५ लाख भेटी सङ्कलन

पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - फुङ्लिङ

१२ दशमलव १० अङ्कले घट्याे नेप्से

आज तीन सय कम्पनीको तीन करोड ३५ लाख २५ हजार सात सय दुई कित्ता शेयर दुई लाख १० हजार चार सय ७१ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ७६ करोड ८९ लाख ६९ हजार आठ सय ६८ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ महानगरले ६ महिनामा असुल गर्‍यो करिब पाँच अर्ब राजस्व

अघिल्लो आव र चालु आवको सोही अवधिको तुलना गर्दा यसवर्ष रू ३५ करोडले बढी राजस्व असुल भएको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी बहाल करमा रू एक अर्ब ३५ करोड ६३ लाख ३० हजार राजस्व असुल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५४ अङ्कले बढ्याे नेप्से, कारोबार रकम आठ अर्ब माथि

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५४ दशमलव ५४ अङ्क अर्थात् दुई दशमलव ५७ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव १७ को विन्दुमा कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिया र अलैँची अनुसन्धान केन्द्रको काम अघि बढ्यो

इलाम नगरपालिका–१ साँखेजुङका तीनजना दाहाल बन्धुहरूले यसका लागि निःशुल्क जग्गादान गरेका छन्। राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो। जसका लागि जग्गा व्यवस्थापनको काम इलाम नगरपालिकाले गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

पेट्रोल र डिजेलको मूल्य एक–एक रुपैयाँ घट्यो

 नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बजेट अर्धवार्षिक समीक्षा: आम्दानी पाँच खर्ब १८ अर्ब, खर्च पाँच खर्ब ६६ अर्ब

पुस मसान्तसम्ममा मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५ दशमलब १९ प्रतिशत आम्दानी र ३२ दशमलब ३५ प्रतिशत खर्च भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं