शनिबार, १६ नोभेम्बर २०२४

दोहोरो अङ्कले घट्यो नेप्से

आज तीन सय नौ कम्पनीको ५५ लाख ७४ हजार दुई सय सात कित्ता ४५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब आठ करोड २७ लाख ८६ हजार ८९ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रमको मूल्य नपाएपछि पलायन हुँदै उखु किसान

मधेस प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढीभन्दा बढी लाभ लिने अवस्था निर्माण नगरे कृषकको पलायन रोक्न नसकिने बताएका छन्। त्यसलाई रोक्न सरकारले तत्काल योजनाबद्धरूपमा काम गर्नुपर्ने उनीहरूले सुझाव दिएका छन्। कृषि विभाग हरिहर भवन, ललितपुरले  जनकपुरधाममा आयोजना गरेको उखु उत्पादनका समस्या पहिचान तथा कार्यविधिसम्बन्धी अन्तक्र्रियामा किसानले हालकै अवस्था कायम रहे धेरैले उखु खेती गर्न छाेड्ने निष्कर्षमा पुगेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

प्रभु बैङ्कका कर्मचारी पक्राउबारे निजी क्षेत्रको आपत्ति

धितो मूल्याङ्कनलाई आधार बनाएर दिइएको कर्जाका सम्बन्धमा बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी पक्राउ पर्नु दुःखद हो भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल च्याम्बर अफ कमर्सले आ–आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको छ: अर्थमन्त्री महत

उनले भने, ‘तर अहिले ब्याजदर एक अङ्कमा ल्याउन थालिएको छ, आर्थिक वृद्धिदर बढ्न थालेको छ, रातारात आर्थिक सुधार नहुने भएकाले विस्तारै अर्थतन्त्र सुधारोन्मुख भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

बिहेकाे भाेज खान पत्नी बाेकेर भारत आइपुगे फेसबुकका संस्थापक मार्क जुकरबर्ग

फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि सो विवाह समारोहमा सहभागी हुनका लागि भारतको जामनगर आइपुगेका छन्। उनी आफ्नी पत्नी प्रिसेलिया चानसँग जामनगर पुगेका थिए, जहाँ उनलाई विमानस्थलमा गुजराती परम्परागत शैलीमा स्वागत गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

उच्च अङ्कले घट्याे नेप्से

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव शून्य नौ मा सीमित भएको छ। ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक चार दशमलव ७९ अङ्कले ओरालो लागेर तीन सय ५१ दशमलव ६५ मा सीमित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आजदेखि बिक्री खुला

कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गरेको हो। जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सामान्य अङ्कले घट्यो नेप्से

तीन सय आठ कम्पनीको ५१ लाख १५ हजार छ सय ५८ कित्ता शेयर ४१ हजार छ सय ७९ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब तीन करोड ८१ लाख नौ सय ७७ बराबरको कारोबार भएको छ। आजको कारोबारमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ७० कम्पनीको शेयर मूल्य घटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्युत् प्राधिकरणले कमायो ६ महिनामा १५ अर्ब ३६ करोड

प्राधिकरणको चालु आवको छ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ६७ अर्ब २८ करोड ७७ लाख आम्दानी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कृषि विकास बैंकको साधारण सभा फागुन ३० मा

सभा फागुन ३० गते बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ। बैंकले यस वर्ष लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव प्रस्तुत नगरी सभा बोलाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नौ दशमलव ३४ अङ्कले बढ्याे नेप्से

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ११ अङ्कले उकालो लागेर तीन सय ५७ दशमलव शून्य नौ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१३ अङ्कले बढ्यो नेप्से

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १४ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलव ९७ मा पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आगामी वर्षकाे बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश

सोमबार बसेको प्रतिनिनधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२६ दशमलव ८१ अङ्कले घट्याे नेप्से, तीन अर्ब बढीको कारोबार

परिसूचक एक दशमलव ३३ प्रतिशतले घटेर एक हजार नौ सय ७९ दशमलव ०२ बिन्दुमा कायम भएको हो। गत मङ्सिर अन्तिम साताको कारोबारयता आज पहिलोपटक नेप्से परिसूचक दुई हजारको बिन्दुभन्दा तल झरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल टेलिकमद्वारा विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा

नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज सहमति भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बुढीगण्डकी आयोजनाका लागि तीन खर्ब १७ अर्ब जुटाइँदै

समितिले विशेषगरी वित्तीय व्यवस्थापनका सन्दर्भमा तीनवटा विकल्प अगाडि सारेको छ। त्यसमा कर्जा स्वपुँजी अनुपातका आधारमा ८० र २० प्रतिशत, ७५ र २५ प्रतिशत, ७० र ३० प्रतिशत बराबर रहनेछ। आयोजनाको कूल निर्माण लागत (निर्माण अवधिको ब्याजसमेत जोड्दा) पहिलो विकल्पमा रु तीन खर्ब १७ अर्ब ६७ करोड बराबर रहनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सात महिनामा नेपाललाई ८ खर्ब व्यापार घाटा

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना अवधिको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा रू आठ खर्ब ९७ अर्ब ९४ करोड ३९ लाख बराबरको आयात भएको छ भने रू ८६ अर्ब ८३ करोड नौ लाख १२ हजार बराबरको मात्रै निर्यात भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामान्य अङ्कले घट्यो नेप्से

विकास बैंक समूहको उपसूचक शून्य दशमलव २५, वित्त समूह शून्य दशमलव ७२, लगानी समूह शून्य दशमलव १८, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ७१ र अन्य समूह एक दशमलव १० प्रतिशतले बढेका छन्। अरू सबै समूहको उपसूचक घटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन-चाँदीको भाउ स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं