शनिबार, १६ नोभेम्बर २०२४

सुनको मूल्य बढ्यो

बुधबार प्रतितोला ६०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लहानका किसान रतन साहले फलाए रङ्गीन काउली

सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल भएका छन्। उनले उत्पादन गरेको गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

नौ दशमलव ४४ अङ्कले बढ्यो नेप्से

आज तीन सय १५ कम्पनीको ७६ लाख २४ हजार तीन सय ७६ कित्ता शेयर ६६ हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार नौ सय सात बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, पुस मसान्तसम्म १८ खर्ब नाघ्याे

गत असार मसान्तसम्ममा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्तसम्ममा रु १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ। जुन हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो। योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा ठूलो देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बढ्याे रेमिट्यान्स, ६ महिनामा भित्रियाे ७ खर्ब ३३ अर्ब २२ करोड

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सुरुआती छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक तथा वित्तीय सूचकले सुधारको लय समातेको देखिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोहोरो अङ्कले बढ्याे नेप्से

आज शेयर बजारमा भएको कारोबार रकम रु दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार दुई सय ५४ बराबर छ। तीन सय १० कम्पनीको ७४ लाख ९१ हजार तीन सय तीन कित्ता शेयर ५६ हजार सात सय ७६ पटक किनबेच भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन्तला बेचेर करोडौँ आम्दानी

अहिले सहकारीले सुन्तला बिक्रीको तथ्याङ्क सङ्कलन गरिरहेको सहकारीका सल्लाहकार एवं अगुवा सुन्तला किसान शिवकुमार खड्काले बताए। ‘गत वर्ष तीन करोडको अनुमान गरिएकामा सबै तथ्याङ्क रु दुई करोड ७५ लाख गाउँ भित्रिएको पाइयो’, उनले भने, ‘अहिले गत वर्ष भन्दा केही बढी आम्दानी भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

इलाममा उदाहरणीय बन्यो किसान चापागाईको सुन्तला बगान

‘सरकारले दिने अनुदान पनि वास्तविक किसानसम्म पुग्यो भने मात्रै कृषिमा प्रोत्साहन हुन्छ’, उनले भने, ‘नगरपालिकाले किसानका लागि विभिन्न कार्यक्रम ल्याएको छ, दूध, चिया, अलैँचीजस्तै सुन्तला पनि किसानको निकै सम्भावनायुक्त खेती हो भन्ने उदाहरण यो बगानले देखाएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

३१.७६ अंकले घट्याे नेप्से

नेप्से परिसूचक पौने ३२ अंकले घटेको छ। बिहीबार ३१.७६ अंकले घटेको सेयर बजार २०६६.१७ विन्दुमा आएर बन्द भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्यातका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छ: अर्थमन्त्री महत

‘निर्यात क्षेत्रको भविष्य निकै राम्रो छ। निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राखेको छ’, उनले भने, ‘नियार्तका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोहोरो अङ्कले घट्याे नेप्से

आज तीन सय १३ कम्पनीको एक करोड ४७ लाख ७७ हजार एक सय १० कित्ता शेयर ९५ हजार छ सय ४५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भैँसीपालनबाट मनग्य आम्दानी गर्दै टीकाराम

उनले भने, ‘हाम्रो मुख्य आम्दानी नै भैँसीपालन हो, दूध, दही र घिउ बिक्री गरेर घरव्यवहार चलाउनेदेखि बचतसमेत गर्ने गरिरहेको छु।’ ती भैँसीमध्ये १७ भैँसीले दूध दिने र दैनिक करिब ६० देखि ७० लिटरसम्म दूध बिक्री गर्दै आएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

एउटै वडाबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्रीको लक्ष्य

‘मैले वार्षिक रु एक लाख ५० हजारभन्दा बढीको सुन्तला बिक्री गर्दै आएको छु’, वडाध्यक्ष लामाले भने, ‘यसवर्ष मात्रै एक लाख ७२ हजारको बिक्री गरेको छु, अझै केही टिप्न बाँकी छ।’ भूकम्पपछिका पछिल्ला केही वर्षमा सुन्तला उत्पादनमा ह्रास आएको भए पनि यस वर्ष निकै राम्रो फलेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलाञ्चोक

राष्ट्र बैंकले तरलताको व्यवस्थापन गर्न थप २० अर्ब रुपैयाँ बजारबाट तान्दै

नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत थप २० अर्ब रुपैयाँ बजारबाट तान्दै छ। केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचक बढ्यो

गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको सुरुवाती दुई दिन लगातार बढेको छ। आइतबार दोहोरो अङ्कले बढेको परिसूचक आज १० दशमलव २६ अङ्कले उकालो लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

च्याउखेतीमा रमाएका ठकुरी

छपन्न वर्ष पुगेका नवलपरासी (बर्दघाट) सुस्तापूर्व नवलपुरको कावासोती–८ का उनले च्याउ खेतीबाट राम्रो आम्दानीसमेत गर्दै आएका छन्। पाँच वर्ष अघिदेखि च्याउ खेती सुरु गरेका ठकुरीको अहिले बाह्रवटा टनेलमा च्याउ उत्पादन भइरहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - (नवलपरासी)

दोहोरो अङ्कले बढ्याे नेप्से 

गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यो सातामा कारोबारको पहिलो दिन भने दोहोरो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार ९४ दशमलव ४६ को बिन्दुमा कायम भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिया उत्पादनलाई गुणस्तरीय बनाउँदै सूर्योदय नगरपालिका

‘यस वर्ष हातेमेसिन ५० प्रतिशत अनुदानमा दिँदैछौँ। हामीले जथाभावी चिया टिपेर हाम्रो ब्राण्ड बिगारिरहेका छौँ’, नगरप्रमुख राईले भने, ‘यसले हाम्रो चियाको भविष्य बिग्रन्छ। चियाको मुना एकातिर र पात एकातिर गरेर बिक्री गर्यौँ भने गुणस्तरीय चिया उत्पादन हुन्छ, अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्यमा बिक्री हुन्छ। तर टिपाइमै समस्या भयो भने यसबाट दीर्घकालीन उपलब्धि हासिल हुन सक्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - इलाम