शनिबार, १६ नोभेम्बर २०२४

सुनको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य स्थिर रहँदै १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गण्डकीको नीति तथा कार्यक्रम: कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन प्राथमिकतामा

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा कृषि, शिक्षा स्वास्थ्य र पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

जलविद्युत् समूह चम्किँदा बढ्यो नेप्से

आज तीन सय ११ कम्पनीको एक करोड २६ लाख ६५ हजार तीन सय २९ कित्ता शेयर ७४ हजार आठ सय ७७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार सात सय ३९ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिम कांग्रेसले भन्याे- नीति तथा कार्यक्रमजस्तै ढङ्गले बजेट ल्याइए प्रतिवाद गर्छाैं

बजेटको तयारी मन्त्री र नेताको सचिवालयका कार्यकर्ता तथा विचौलियाको प्रभावमा नभई मन्त्रालयको प्रक्रिया, विधि, पद्धति र नियममा बसेर बजेट निर्माण गर्न सरकारलाई सचेत गराउने निर्णय भएको उनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सुदूरपश्चिम

धान नबिकेपछि झापाका किसान चिन्तित

गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन्। केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताए। ‘मिललाई धान पर्याप्त भएको हो वा किन हो थाहा भएन, दुई दिनदेखि बिक्री ठप्प छ’, उनले भने, ‘किसानले धान बाटो पछार्नुपर्ने अवस्था आइसकेको छ।’ खेतमा धान पाकेर अलपत्र परेको उनले बताए। धान स्थान सुपरजोन समन्वय समितिका सदस्यसमेत रहेका उनले किसानलाई सरकारले प्रोत्साहन गरेकै कारण उत्पादन बढ्ने बताए।उनले किसानले उत्पादन गरेको धानको उचित व्यवस्थापन सरकारले गर्नुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बनियानी

सरकारकाे ढुकुटीमा डलर साट्न पुग्ने साढे १९ खर्ब

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार एक वर्षभन्दा बढी समयको वस्तु तथा सेवाको आयात धान्ने विनिमय सञ्चिति रहेको देखिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खाद्यवस्तुमा चर्को मूल्यवृद्धि

नेपाल राष्ट्र बैंकले साेमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव २७ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति दुई दशमलव ९६ प्रतिशत छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१० महिनामा भित्रियाे करिब १२ खर्ब रेमिटेन्स

नेपाल राष्ट्र बैंकले साेमबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भए रु ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक छ: पूर्वअर्थमन्त्री महत

नेपाली कांग्रेसका प्रवक्ता डा महतले कुन क्षेत्रमा कति बजेट विनियोजन गर्दा मुलुकको आर्थिक विकासमा सहयोग पुग्छ, त्यसको बारेमा सरकारले पहिल्यै यकिन गर्न आवश्यक रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओरालो लाग्यो नेप्से

नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ५९ अङ्कले ओरालो लागेर दुई हजार ७३ दशमलव १९ मा सीमित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

४ हजारले घट्यो सुनको मुल्य

आइतबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ४१ हजार पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४० हजार ३०० पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा केन्द्रित : अर्थमन्त्री पुन

नेकपा (माओवादी केन्द्र) समर्थित रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसका अवसरमा आज (शनिबार) यहाँ आयोजित कार्यक्रममा उनले सरकार मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा केन्द्रित भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा कति?

बिहीबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ। यो हालसम्मकै उच्च विन्दु हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्युत् प्राधिकरणले कमायाे ९ महिनामा ११ अर्ब नाफा

प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार विद्युत् खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा रु ८२ अर्ब ८८ करोड खर्च भएको छ। प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लगातार ओरालो लाग्याे नेप्से

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २७ अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव ३४ मा सीमित भएको छ। कूल ८८ लाख १३ हजार तीन सय ७४ कित्ता शेयर रु चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार सात सय २० मूल्यमा खरिद बिक्री भए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशीकाे नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

प्रदेशसभा नियमावली, २०७४ को नियम ३८(३) बमोजिम प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रमलाई आजको बैठकमा प्रदेश सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेपछि पारित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

सुनको मूल्य अहिलेसम्मकै उच्च

बिहीबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

याे बजेटले अर्थतन्त्रलाई थप गति दिन्छ: अर्थमन्त्री पुन

‘आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्रको लय पकड्ने छ’, अर्थमन्त्री पुनले भने, ‘अर्थतन्त्रका सबै क्षेत्रलाई सँगसँगै अगाडि बढाएर देशको अर्थतन्त्रलाई गतिशील बनाउने सरकारको सोच छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ बजेट सन्तुलित छ, आकारका सम्बन्धमा पूर्वाग्राही टिप्पणी गरियाे: अर्थमन्त्री पुन

उनले भने, ‘बजेटमा प्रादेशिक सन्तुलन कायम गरिएको छ, आयोजना प्रमुखको सरुवा नगरी आयोजनालाई गति दिएको छ, रणनीतिक महत्वका आयोजनामा सहज रुपमा बजेट उपलब्ध गराउने गरी प्रबन्ध गरिएको छ। आर्थिक वृद्धिको सम्भावक क्षेत्र पहिचान गरी आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको र पुँजीगत खर्च वृद्धि हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थमन्त्रीलाई गगन थापाकाे प्रश्न- के आधारमा ६ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राख्नुभएको हो?

‘आगामी आवमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ, तर केही विकास साझेदार निकायले चार प्रतिशत मात्रै आर्थिक वृद्धिदरको प्रक्षेपण गरिरहेको अवस्थामा अर्थमन्त्री पुनले के आधारमा ६ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राख्नुभएको हो?’, सांसद थापाले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं