आइतबार, १७ नोभेम्बर २०२४

इजरायलको आक्रमणबाट मृत्यु हुनेको संख्या २२ हजार पुग्यो, ५८ हजार बढी घाइते

गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या बढेर २२ हाजर ७२२ पुगेको छ। गाजास्थित स्वास्थ्य मन्त्रालयले शनिबार जनाए अनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा १२२ प्यालेस्टाइनीको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बङ्गलादेशमा निर्वाचनको पूर्वसन्ध्यामा रेलमा आगजनी, बीएनपी नेतासहित ७ जना पक्राउ

विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले आइतबार हुने राष्ट्रिय निर्वाचनको पूर्वसन्ध्यामा गरेको ‘विध्वंसकारी कार्य’ मा संलग्न बीएनपीका वरिष्ठ नेता नबीउल्लाह नाबी र पार्टीका अन्य छ जना कार्यकर्तालाई शनिबार बिहान राजधानीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ढाका

इजरायलद्वारा रफाहका केही भागमा सैन्य कारबाही स्थगित

इजरायली सेनाले 'मानवीय सहायता पुर्याउने उद्देश्यले' गाजा पट्टीको रफाह शहरको तेल अल-सुल्तान जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेको छ।   

बिएल संवाददाता

बिएल संवाददाता - जेरुसेलम

इन्डोनेसियामा रेल ठोक्किँदा ४ जनाको मृत्यु, ३७ घाइते

इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा शुक्रबार बिहान दुई वटा रेल एकापसमा ठोक्किँदा चार जनाको मृत्यु हुनाका साथै अन्य ३७ जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जकार्ता

५१ जना प्यालेस्टिनी महिला इजरायली सेनाद्वारा गिरफ्तार

'प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनीज एण्ड एक्स-प्रिजनर्स अफेयर्स अथोरिटी र 'प्यालेस्टाइन प्रिजनर्स क्लबले' संयुक्त विज्ञप्ति जारी गर्दै ती महिलाहरूलाई इजरायलको डेमोन जेलमा राखिएको बताएको छ। पक्राउ पर्नेमा ८२ वर्षीया महिला र उनका थुप्रै आफन्त पनि रहेको उनीहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता -

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७८पुग्यो, ५१ जना अझै बेपत्ता

जापानका प्रधानमन्त्री फुमियो किशिदाले विपद्को पहिलो ७२ घण्टाभित्र जीवन बचाउन उच्च प्रयास गर्दै जीवन सुरक्षाका लागि आपूर्तिलाई अधिकतम बनाउन आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

इरान बम विस्फोट अपडेट : १०३ को मृत्यु

त्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा एक सय तीन जनाको मारिएको सरकारी मिडियाले बताएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - इरान

फिनल्यान्ड र स्विडेनमा चिसो अत्यधिक बढ्यो, तापक्रम माइनस ४० डिग्री 

चिसो र हिउँले नर्वेसहित सम्पूर्ण क्षेत्रमा यातायात अवरुद्ध भएको छ। नर्वेमा मौसमका कारण दक्षिणमा एउटा प्रमुख राजमार्ग बन्द भएको छ भने फेरी लाइनहरू स्थगित गरिएको छ। स्विडेनका रेल अपरेटरहरूले चिसोका  कारण आर्कटिक उत्तरमा रेल यातायातका लागि धेरै समस्या उत्पन्न भएको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा शरण माग्ने ७,४६१ नेपाली शरणार्थीको मुद्दा पेण्डिङ !

अमेरिकामा शरण माग्ने सातहजार चारसय ६१ नेपालीको मुद्दा पेण्डिङमा गएको छ। शरण माग्ने नेपालीको संख्या बढेसँगै पेण्डिङ मुद्दाको संख्या पनि बढेको हो।यति धेरै नेपाली शरणार्थीको मुद्दा पेण्डिङमा गएको यो पहिलोपटक हो।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

जापानमा विमान ठोक्किँदा पाँच जनाको मृत्यु

जापानका यातायातमन्त्रीले मंगलबार टोकियाेकाे हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान धावनमार्गमा ठोक्किँदा तट रक्षकको विमानमा सवार पाँच जनाको मृत्यु भएको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

सन् २०२३ मा साउदी अरबले १७० जनालाई दियो मृत्युदण्ड

खाडी राज्य साउदी अरबमा सन् २०२२ मा कूल एक सय ४७ दोषीलाई मृत्युदण्ड दिइएको थियो। मृत्युदण्डको व्यापक प्रयोगको निन्दा गर्ने मानवअधिकार कार्यकर्ताहरूले साउदी अरबको आलोचना गरेका छन्। सन् २०१९ मा उक्त मुलुकले एक सय ८७ जनालाई मृत्युदण्ड दिएर रेकर्ड बनाएको थियो।  

बिएल संवाददाता

बिएल संवाददाता - दुबई

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

इशिकावा प्रान्तको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४ः१० बजे गएको भूकम्पपछि राष्ट्रिय प्रसारक एनएचकेले भनेको छ, 'सबै बासिन्दालाई तत्काल उच्च स्थानमा स्थानान्तरण गर्न आवश्यक छ।'

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

वर्ष २०२३, आफैं मत्युको समाचार बने १२० पत्रकार !

सन् २०२३मा विश्वभर घटेका परिघटनामा लाखौं मानिस लाश भए। ती लाशको समाचार बनाउने पत्रकार तथा सञ्चारकर्मी पनि एकसय २० त लाश नै भए। बाँच्दा मानिस अनेक भए पनि मर्दा एकै हुन्छ, लाश। कामना गरौं, वर्ष २०२४ मा यसरी मारिएर कोही लाश बन्नु नपरोस् । न त्यसरी समाचार बनाउने आफैं लाश बनुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

बेल्गोरोडमा आक्रमणमा २१ जनाको मृत्यु

'मृतकको सङ्ख्या २१ पुगेको छ, जसमध्ये तीन जना बालबालिका रहेका छन्। घटनामा १७ बालबालिकासहित ११० जना घाइते भएका छन्। अहिलेसम्म ३० वटा अपार्टमेन्ट भवन, ३४४ वटा अपार्टमेन्ट, तीन वटा निजी घर, कैयौँ व्यवसाय र सामाजिक सुविधामा क्षति भएको छ,’ ग्ल्याडकोभले सामाजिक सञ्जालमा लख्नुभएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कीएभ

उत्तर कोरियाली नेता किमद्वारा सेनालाई सम्भावित ‘युद्ध’को तयारी गर्न निर्देशन

बैठकले आगामी वर्षमा थप तीन वटा जासुसी उपग्रह प्रक्षेपण गर्ने, मानवरहित ड्रोन निर्माण गर्ने र इलेक्ट्रोनिक युद्ध क्षमता विकास गर्ने, साथै आणविक र क्षेप्यास्त्र बललाई सुदृढ पार्ने लगायत थप सैन्य विकासको योजना घोषणा गरेको ‘कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)’ ले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सियोल

उत्तरी गाजापट्टीमा रहेको हमासको मुख्यालयको सुरुङ ध्वस्त पारेको इजरायली दावी

इजरायलले प्यालेष्टिनी कट्टरपन्थी लडाकु समूह (हमास) का लडाकुहरूले प्रयोग गरेका सुरुङहरूको फुटेज सार्वजनिक गर्दै सुरुङहरूमा विद्युतको पहुँच, भेन्टिलेसन र ढल पूर्वाधार, प्रार्थना कक्ष र विश्राम कक्षहरू रहेको उल्लेख गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इजरायल

मेक्सिकोमा रात्रिभोजमा गोली चल्दा ६ जनाको मृत्यु

सोनोरा राज्यका अभियोजकको कार्यालयले भनेको छ, ‘हत्याको प्रयास, हत्या, स्वतन्त्रता हरण र आपराधिक सम्बन्धको लागि पक्राउ पुर्जी जारी गरिएका आपराधिक समूहको नाइकेविरुद्ध भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - मेक्सिको सिटी

रुसद्वारा अहिलेसम्मकै ठुलो मिसाइल आक्रमण, कम्तीमा ३० जनाको मृत्यु

युक्रेनसँगको युद्ध सुरु भए यता रुसले गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो मिसाइल आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कीएभ