शनिबार, १६ नोभेम्बर २०२४

३० वर्षपछि आएको आँधीले भियतनाम अस्तव्यस्त: ६० जनाको मृत्यु, १५ लाख नागरिक प्रभावित

३० वर्षपछि आएको शक्तिशाली आँधीका कारण भियतनाम अस्तव्यस्त बनेको छ। ‘यागी’ नाम दिइएको आँधीका कारण ६० जनाको मृत्यु भइसकेको छ २४० भन्दा बढी घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

शेख हसिनाको सुपुर्दगीको माग गर्दै बंगलादेश

सन् २०१३ मा बंगलादेश र भारतबीच हस्ताक्षर भएको सुपुर्दगी सन्धि अनुसार हसिनालाई स्वदेश फिर्ता ल्याउन प्रयास गरिने इस्लामले बताए। यद्यपि, सुपुर्दगी सन्धिको एक खण्डअनुसार ‘राजनीतिक चरित्र’ भएका अपराधका लागि सुपुर्दगी अस्वीकार गर्न सकिने प्रावधान रहेकोले यो प्रक्रियामा चुनौती आउने सम्भावना पनि उत्तिकै रहेको एएफपीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बंगलादेशः किन त्रासमा बाँचिरहेका छन् हिन्दू कर्मचारीहरू?

बंगलादेश सरकारले यस सूचीलाई आगामी हिन्दू रीतिथिति र चाडपर्वका अवसरमा सम्बद्ध अधिकारीहरूलाई बोलाउन तयार पारिएको बताएको छ। तर, फ्रिडम फर हिन्दू राइट्स इन बंगलादेशको संगठनले यस तर्कलाई स्वीकार गरेको छैन, र यसलाई डरको वातावरण सिर्जना गर्ने कदमको रूपमा हेरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ढाका

मणिपुर गिजाेल्दै गाेदी मिडिया

भारतको मणिपुरमा गृहयुद्ध चलिरहेको छ। एउटा लडाइँ मणिपुरको माटोमा र अर्को भारतीय मिडियामा। जालझेल र षड्यन्त्रको श्रृङ्खला दुवैतिर गहिरो छ–मणिपुर र टेलिभिजनको पर्दामा। बम मणिपुरको उपत्यकामा खस्छ तर यसको धुवाँ पहाड हुँदै टेलिभिजन स्टुडियोसम्म आइपुग्छ। मणिपुरमा जे भइरहेको छ,त्यो अत्यन्त पीडादायी र खतरनाक छ। अनि भारतीय मिडियामा जे चलिरहेको छ,त्यो झनै हानिकारक छ।

बिएल संवाददाता

बिएल संवाददाता - मणिपुर

काेरियाली युवामा छैन विवाहकाे रहर, जन्मदर घट्दा सरकार चिन्तित

दक्षिण कोरियामा जन्मदर कम हुनुको पछाडि एक महत्वपूर्ण कारण भनेको युवा पुस्तामा विवाहप्रति सकारात्मक धारणा नहुनु हो। धेरै युवाहरूले विवाह र परिवारको जिम्मेवारीबाट बच्न चाहन्छन्, जसले गर्दा जन्मदरमा थप गिरावट आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकास्थित जर्जियाको विद्यालयमा गोली चल्दा २ शिक्षक र २ विद्यार्थी मारिए

अमेरिकाको जर्जियास्थित एउटा उच्च माध्यमिक विद्यालयमा गाेली चल्दा कम्तीमा ४ जना मारिएका छन्। एटलान्टा शहरबाट ७० किलोमिटर टाढा रहेको विन्डरस्थित अपलाची उच्च माध्यमिक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २ शिक्षक र २ विद्यार्थीको मृत्यु भएकाे छ। र, ३० भन्दा बढी शिक्षक–विद्यार्थी घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले जनाएका छन्। घटना नेपाली समयअनुसार बुधबार राति लगभग ८ बजेतिरको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जर्जिया

फ्रान्समा डुंगा दुर्घटना हुँदा १२ जनाको मृत्यु

मृतकमा ६ जना बच्चा र एक गर्भवती महिलासमेत रहेका छन्। स्थानीय प्रोक्युरेटरको कार्यालयका अनुसार, मृतकमध्ये १० महिला र दुई पुरुष छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकाले कब्जामा लियो भेनेजुएलाका राष्ट्रपति मदुरोको विमान

अमेरिकाले लगाएको प्रतिबन्ध उलंघन गरेको भन्दै मदुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जापानमा शक्तिशाली आँधी, १० लाख मानिस प्रभावित

सानसान बिहीबार बिहान ८ बजे दक्षिणपश्चिमी टापु क्युसु पुगेको थियो। मिडिया रिपोर्टका अनुसार आँधी २५२ किलोमिटर प्रतिघण्टाको गतिमा चल्नुको साथ-साथै मुसलधारे वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बंगलादेशको इस्लामिस्ट जमात–ए–इस्लामी पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा

जमात–ए–इस्लामी बंगलादेशको मुख्य इस्लामिक पार्टी हो, जसलाई धार्मिक कट्टरवादको रूपमा चिनिन्छ।  यस पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्ने क्रममा सरकारले आतंकवादी गतिविधिमा जमात–ए–इस्लामीको संलग्नताको कुनै प्रमाण नभेटिएको बताएको छ। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले जमात–ए–इस्लामी पार्टीलाई यहूदी विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाएकी थिइन्। जमात–ए–इस्लामी पार्टीलाई बंगलादेशमा विद्यार्थी नेतृत्वको विरोधमा हिंसा भड्काएको आरोप लगाइएको थियो, जुन पछि पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध विद्रोहमा परिणत भयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

युक्रेनबाट फर्किए लगत्तै मोदीलाई बाइडेनकाे फाेन

दुई नेताबीच युक्रेनलगायत विश्वका विभिन्न विषयमा छलफल भएको थियो। कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनमा शान्ति र स्थायित्वका लागि भारतको समर्थन दोहोर्‍याएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राप्रपाले थाइल्यान्डमा संगठन विस्तार गर्याे , कसले के जिम्मेवारी पाए?

भुषण श्रेष्ठकाे संयाेजकत्वमा थाइल्यान्डमा राप्रपानिकट प्रवासी नेपाली एकता समाज गठन भएकाे हाे। नेपालमा प्रतिपक्षमा बसेर राप्रपाले देशहितमा चालेकाे कदमबाट प्रभावित भएर संगठित भएकाे युवाहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बैंकक

कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने

पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ। कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा दिन दूतावासको टोली यही अगष्ट २९ मा पोर्चुगल आउन लागेको दूतावासले जनाएको छ। प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई लिस्बनबाटै कन्सुलर सेवा दिने गरी टोली पठाउन लागिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पोर्चुगल

जापानमा सेप्टेम्बर २७ मा नयाँ प्रधानमन्त्रीको निर्वाचन गरिने

जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले नयाँ नेता चयन गर्ने तथा सेप्टेम्बर २७ मा प्रधानमन्त्री चयन गर्ने जनाएको छ।  वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले गत हप्ता आफ्नो सरकारका लागि अनुमोदन मूल्याङ्नमा आएको परिणामपछि अर्को महिना पदबाट हट्ने निर्णयपछि सत्तारूढ दलले नयाँ नेता चयन गरी प्रधानमन्त्रीका लागि सिफरिस गर्ने घोषणा गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

सबैभन्दा वृद्ध पाण्डाले जुम्लाहा बच्चा जन्माएपछि...

विश्वमै पहिलो पटक सबैभन्दा वृद्ध पाण्डाले जुम्लाहा बच्चा जन्माएको छ। हङकङको ओशन पार्कमा रहेको १९ वर्षको यिङ यिङ नामको रेडपाण्डाले भाले पोथी बच्चालाई जन्म दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारतका पूर्वविदेशमन्त्री नटवर सिंहको निधन

लामो समयदेखि बिरामी परेका पूर्वविदेशमन्त्री सिंहको गुरुग्रामस्थित एक निजी अस्पतालमा ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिकामा कमला-टिमको 'गधा' र ट्रम्प-भान्सको 'हात्ती' आम्नेसाम्ने

अमेरिकामा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेद्वार कमला ह्यारिसले आफ्नो उपराष्ट्रपतिमा मिनेसोटा राज्यका गभर्नर टिम वाल्जको उम्मेद्वारी घोषणा गरेसँगै अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति उम्मेद्वारको समीकरण पूरा भएको छ । अब डेमोक्रेटिक पार्टीको कमला ह्यारिस- टिम वाल्जको 'गधा' र रिपब्लिकन पार्टीको डोनल्ड ट्रम्प- जेडी भान्सको 'हात्ती' आम्नेसाम्ने हुनेछन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

बंगलादेशकाे संसद् भंग

बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्धिनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गरेका छन्। राष्ट्रपतिले तीनवटै सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका शीर्ष नेता, नागरिक समाजका प्रतिनिधि र आन्दोलनकारी विद्यार्थी नेतासँगको बैठकपछि १२ औं संसद् विघटन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

६ महिनामा ६,३०४ नेपालीलाई अमेरिकी विद्यार्थी भिसा

अमेरिकाले यो वर्षको पहिलो ६ महिनामा ६,३०४ नेपाली विद्यार्थीलाई विद्यार्थी भिसा दिएको छ । जुन महिनामा मात्र १७०० नेपाली विद्यार्थीलाई विद्यार्थी भिसा दिएपछि यो संख्या ह्वात्तै बढेको हो । जुन महिनामा दिइएको विद्यार्थी भिसाको संख्या पछिल्लो १० वर्षमा एकै महिना नेपाली विद्यार्थीलाई दिएको सबैभन्दा ठूलो संख्या हो ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

इजरायलको बचाउमा मध्यपूर्वमा अमेरिकाको हतियार तैनाथ

अमेरिकी रक्षा विभाग पेन्टागनले उक्त क्षेत्रमा अमेरिकाले लडाकु जेट स्क्वाड्रन र विमानवाहक वाहक तैनाथ गर्ने जनाएको छ। उनीहरुको लक्ष्य इरानले आक्रमण गरेमा इजरायलको सुरक्षा गर्नु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं