शनिबार, १६ नोभेम्बर २०२४

जापानमा ९० लाख घर खाली, यस्ताे छ कारण 

खाली घरहरूमध्ये ४४ लाख ३० हजार भाडामा लगाइएका छन् भने तीन लाख ३० हजार बिक्रीका लागि छन्। त्यसैगरी तीन लाख ८० हजार खाली घरहरू छुट्टीका समय प्रयोग गरिने गर्छ। खाली रहेका तीन लाख ८५ हजार घर बेवारिसे अवस्थामा रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अबुजा

रूसले ऊर्जा बजारमा हुने कुनै पनि प्रतिबन्धको जवाफ दिने क्रेमलिनको चेतावनी

रुसले देशको ऊर्जा क्षेत्रमा थोपरिएको कुनै पनि सम्भावित ‘अवैध अवरोध’ र ‘अनुचित प्रतिस्पर्धा’लाई पार गर्ने उपायको खोजी गर्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिबार बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

विस्फोटमा परी २० कम्बोडियाली सैनिकको मृत्यु

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले त्यहाँको पश्चिम क्षेत्रस्थित एक सैन्य शिविरमा भएको गोलाबारुद विस्फोटमा परी २० कम्बोडियाली सैनिकको मृत्यु भएको शनिबार बताएका छन्। प्रधानमन्त्री हुन मानेटले फेसबुकमार्फत जारी गरेको शोक सन्देशमा विस्फोटमा परी सैनिकको मृत्यु भएको उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - कम्बोडिया

ताइवानमा भूकम्प

ताइवानमा भूकम्प गएकाे छ। ताइवानको पूर्वी काउन्टी हुआलियन नजिक केन्द्रबिन्दु भएर ६.१ रिक्टर स्केलकाे भूकम्प गएकाे उक्त टापु देशको मौसम विभागले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक

चौरासी देशमा फैलिएको पाँच वर्षको प्लास्टिक फोहोर अवलोकन कार्यक्रमको तथ्याङ्कमा आधारित अनुसन्धानमा सबै ब्रान्डेड प्लास्टिक प्रदूषणको आधाभन्दा बढीका लागि ५६ कम्पनी र १३ कम्पनी प्रत्येक एक प्रतिशतभन्दा बढीका लागि जिम्मेवार रहेको पाइएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - क्यानबेरा

तान्जानियामा मुसलधारे वर्षा, १५५ व्यक्तिको मृत्यु, २३६ जना घाइते

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ। वर्षाका कारण १५५ जनाको मृत्यु भएको छ भने अन्य २३६ जना घाइते भएको प्रधानमन्त्री कासिम मजालिवाले बिहीबार संसदलाई जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - डोडोमा

माेदीकाे प्रचार गर्दा गर्दै बेहाेस भएका भारतीय मन्त्रीले दिए गर्मीलाई दाेष (भिडियाे)

सडकमन्त्री नितिन गडकरी बुधबार पश्चिमी राज्य महाराष्ट्रको एउटा सानो सहरमा सम्बोधनका क्रममा बेहोस भएका थिए। त्यहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको पुनः निर्वाचनका लागि प्रचार गरिरहेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु

गर्मीसम्बन्धी ३४ वटा घटना मध्य फिलिपिन्सको केन्द्रीय भिसायास क्षेत्र, उत्तरी फिलिपिन्सको इलोकोस क्षेत्र र दक्षिणी फिलिपिन्सको सोक्सस्कार्गेन क्षेत्रबाट रिपोर्ट गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - मनिला

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको रूसी उपरक्षामन्त्रीलाई बुधबार हिरासतमा लिइएको छ। उनले ठूलो रकम घूस लिएको आरोप नाभाल्नीको टोलीले लगाएको छ। रक्षामन्त्री सेर्गेइ शोइगुका लामो समयदेखिका सहयोगी तैमुर इभानोभको गिरफ्तारी हालैका वर्ष रूसमा भएको सबैभन्दा नाटकीय भ्रष्टाचारको घटना हो। युक्रेनमाथिको आक्रमणबीच सेनामा खर्च बढिरहेको बेला यो कदम चालिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

चिनियाँ प्रहरीद्वारा विदेशमा आर्थिक फरार व्यक्तिको खोजी अभियान सुरु

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले विदेशमा फरार रहेका आर्थिक भगौडाहरूलाई पक्रन यस वर्षका लागि अभियानको योजना बनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

डुङ्गा दुर्घटनामा १६ आप्रवासीको मृत्यु, २८ जना बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले जनाएको छ। इथियोपियाली आप्रवासी बोकेको अर्को डुङ्गा जिबुटीको तटीय क्षेत्रमा डुबेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नैरोबी

मालीमा इस्लामिक ‘जिहादी’ समूहले ११० भन्दा बढी सर्वसाधारणको अपहरण

मालीको मध्य भागमा सन्दिग्ध जिहादीहरूले छ दिनअघि अपहरण गरेका ११० जनाभन्दा बढी सर्वसाधारण अझै उनीहरूको नियन्त्रणमा रहेको स्थानीय स्रोतले सोमबार एएफपीलाई जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - माली

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार बढी

गाजा पट्टीमा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार १५१ पुगेको हमास शासित गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको शनिबार बताएका छन्। भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल गर्ने कार्यक्रम थियो।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु भएको सिरियाली मानवअधिकार अनुगमनकारी संस्थाले शुक्रबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमास्कस

भारतमा आम निर्वाचन सुरु, सत्तामै रहलान मोदी? 

छिमेकी भारतमा आजदेखि आम निर्वाचन सुरु भएको छ। पहिलो चरणमा शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। सातमध्ये यो पहिलो चरणमा १०२ सिटमा मतदान हुनेछ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

इरानमाथि इजरायलले गर्‍यो आक्रमण

इजरायलले इरानमाथि आक्रामण गरेको छ। इरानको इस्फाहान एयरपोर्ट नजिकै विस्फोट भएको इरानी समाचार एजेन्सीहरुले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतको लोकसभाको पहिलो चरणको मतदान आज

भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ। यस चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान हुने भारतीय निर्वाचन आयोगले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युक्रेनको चेर्निहिभमा रुसी हमलामा: १७ को मृत्यु

युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार भएपछि किभ र मस्कोबीच चलिरहेको द्वन्द्वमा कम्तिमा १७ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - किभ