शनिबार, १६ नोभेम्बर २०२४

विश्वको सबैभन्दा अग्लो घन्टाघर: ६ किमी टाढैबाट हेर्न सकिन्छ समय

गत हप्ता साउदी अरेबियाले एक कार्यक्रममा यो परियोजना सुरु गरेको थियो, जसको नाम एटरनिटास टावर हो। यसको निर्माण कार्य जारी रहेको र सन् २०२७ मा विश्वका लागि खुला गर्ने लक्ष्य राखिएको छ। यो टावर खुलेपछि साउदी अरबको इतिहासमा अर्को उपलब्धि थपिनेछ। यो विश्वको दोस्रो सबैभन्दा अग्लो भवन मरिना १०१ भन्दा २५ मिटर अग्लो हुनेछ। मरीनाको उचाई ४२५ मिटर छ।

बिएल संवाददाता

बिएल संवाददाता - रियाद

दक्षिण कोरियाको राष्ट्रियसभाको निर्वाचनमा विपक्षी दल विजयी

दक्षिण कोरियाको प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डीपी) ले राष्ट्रियसभा चुनावमा बहुमत प्राप्त गरेको छ। डीपीले सत्तारुढ पिपुल पावर पार्टी (पिपिपी) लाई पछि पार्दै विजय हासिल गरेको हो। यस चुनावी नतिजाले पिपिपीका तर्फबाट राष्ट्रपति भएका युन सुक योललाई पनि समस्यामा पारेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सियोल

'रुसले युक्रेनमा रातभर ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार गर्‍यो'

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राति रुसले “महत्त्वपूर्ण पूर्वाधार“ लाई लक्षित गर्दै युक्रेनमा ४० भन्दा बढी क्षेप्यास्त्र र ४० वटा ड्रोन प्रहार गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - किभ

भारतमा बस दुर्घटना, छ जना स्कुले बालबालिकाको मृत्यु

भारतको हिमाचल प्रदेशको पहाडी दुर्गम क्षेत्रमा शनिबार एक बस खोँचमा झर्दा छ जना स्कुले बालबालिकासहित बसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिमला

रुसले युक्रेनमा रातभर ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार गर्यो: जेलेन्स्की

रुसले युक्रेनका विद्युत, सञ्चार, रेल्वे समेतका महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरेकामा उनले असन्तुष्टि व्यक्त गरेका छन्। यी आक्रमणबाट कुनै पनि व्यक्ति हताहत नभएको पनि युक्रेनको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - युक्रेन

आयरल्याण्डकाे प्रधानमन्त्री ३७ बर्से ठिटाे

आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ। लियो वराडकरको गत महिना आश्चर्यजनक राजीनामापछि उनका उत्तराधिकारी मानिएका ह्यारिस प्रधानमन्त्रीमा चयन भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - लण्डन

‘हेपाटाइटिस भाइरसबाट दैनिक साढे तीन हजार जनाको ज्यान गइरहेको छ’

  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेपाटाइटिस भाइरसबाट हरेक दिन तीन हजार पाँच सयभन्दा बढी मानिस मर्ने गरेको र यो सङ्ख्या बढिरहेको मङ्गलबार चेतावनी दिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - जेनेभा

कुकुरसँग यौन सम्बन्ध राख्ने नर्स पक्राउ

अमेरिकास्थित टेक्सासकी एक नर्सलाई आफ्नो परिवारको घरपालुवा कुकुर ग्रेट डेनसँग यौनसम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ। ग्रेट डेन प्रजातिको कुकुरलाई संसारकै सबैभन्दा अग्लो कुकुर मानिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

आणविक प्लान्ट ड्रोन आक्रमणमा आफ्नो संलग्नता नरहेको युक्रेनको भनाइ

युक्रेनले आइतबार जापोरिझ्झिया आणविक ऊर्जा केन्द्रमा भएको ड्रोन आक्रमणमा आफ्नो संलग्नताको आरोपलाई अस्वीकार गरेको छ। आणविक ऊर्जा केन्द्रमा कुनै पनि सशस्त्र क्षेत्रमा संलग्न नरहेको युक्रेनको सैन्य गुप्तचर निकायका प्रवक्ता एन्ड्री युसोभले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - किएभ

मोजाम्बिकमा डुङ्गा दुर्घटना हुँदा ९१ जनाको मृत्यु

मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापु नजिकै आइतबार अत्यधिक भार भएको एक डुङ्गा पल्टिँदा कम्तीमा ९१ जनाको मृत्यु भएको सरकारी रेडियो मोजाम्बिक (आरएम) ले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मापुतो

हैजाबाट बच्न बसाइँ सर्न लागेका ९१ जनाकाे डुङ्गा दुर्घटनामा मृत्यु

स्थानीय सञ्चार माध्यम रेडियो मोजाम्बिकका अनुसार नामपुला प्रान्तको मोजाम्बिक टापु नजिकैको समुन्द्रमा डुङ्गा डुबेको हो। नाम्पुला सचिव जेमे नेटोले डुङ्गा मोसुरिल छोडेर मोजाम्बिक टापुमा गइरहेको थियो। यसमा सवार सबै मानिस हैजाको रोगबाट बच्न बसाइँ सरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दक्षिणी गाजाबाट इजरायली सैनिक फिर्ता हुने

इजरायलले दक्षिणी गाजाबाट एउटा ब्रिगेडबाहेक सबै सैनिक फिर्ता बोलाएको आइतबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। नाहल नामक ब्रिगेडले मध्य क्षेत्रबाट गाजालाई हेर्दछ र गाजाको दक्षिणबाट उत्तरमा नागरिकहरूको फिर्तीलाई रोक्दछ।

बिएल संवाददाता

बिएल संवाददाता - जेरुसेलम

सुडानमा विद्रोहीकोे आक्रमणमा २० जनाको मृत्यु

सुडानको राजधानी खार्तूमबाट दक्षिणमा रहेको एक गाउँमा भएको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारकर्मीको समितिले आइतबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुडान

दक्षिण चीनमा डुङ्गा डुब्दा आठ जना बेपत्ता

दक्षिण चीनको हाइनान प्रान्तको दक्षिण पश्चिमी तटमा माछा मार्ने डुङ्गा र पनामाको एउटा कन्टेनर जहाज एकआपसमा ठोक्किँदा आठ जना बेपत्ता भएको प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले आइतबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सान्या

अमेरिकाको फ्लोरिडामा गोली चल्दा २ जनाको मृत्यु, ७ घाइते

संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको उपनगर ‘मियामी’मा गोली चल्दा दुई जनाको मृत्यु भएको छ। अन्य सात जना घाइते भएको स्थानीय कानून प्रवर्तन अधिकारीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

बाँध फुटेपछि रुसमा चार हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो

कजाकिस्तानको सिमानामा पर्ने ओर्स्क सहरमा बाँध फुटेपछि आपत्कालीन सेवाहरूले रातभर काम गरिरहेका छन्। ओरेनबर्गका गभर्नरको प्रेस सेवाले एक हजार १९ बालबालिकासहित चार हजार दुई सय आठ जनालाई सुरक्षित स्थानमा सारिएको र शुक्रबारको मुसलधारे वर्षाले बाँध फुटेपछि दुई हजार पाँच सयभन्दा धेरै घर बाढीबाट प्रभावित भएको बताएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

इरानमा आइएस समूहका तीन संदिग्ध जिहादी पक्राउ

इरानको प्रहरीले मुसलमानहरूको पवित्र महिना रमजानको अन्त्यमा आक्रमण गर्ने योजना बनाएका इस्लामिक स्टेट (आइएस) समूहका तीन संदिग्ध सदस्यलाई पक्राउ गरेको सरकारी मिडियाले बताएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - इरान

युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति उच्च

युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति अप्रिल १ सम्म लगभग ४३.८ अर्ब अमेरिकी डलरको रेकर्ड सहित उचाइमा पुगेको युक्रेनको केन्द्रीय बैंकले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - किएभ

पाकिस्तानमा वोरिङको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तको सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको एआरवाई न्युजले जनाएको छ।  सङ्घर नजिकैको एक गाउँमा हाते पम्पबाट तानिएको दूषित पानी सेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका पाँचजना बालबालिकाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पाकिस्तान