शनिबार, १६ नोभेम्बर २०२४

६ महिनामा ६,३०४ नेपालीलाई अमेरिकी विद्यार्थी भिसा

बिएल संवाददाता

बिएल संवाददाता

वासिङ्टन डीसी

News Image
• • •

अमेरिकाले यो वर्षको पहिलो ६ महिनामा ६,३०४ नेपाली विद्यार्थीलाई विद्यार्थी भिसा दिएको छ । जुन महिनामा मात्र १७०० नेपाली विद्यार्थीलाई विद्यार्थी भिसा दिएपछि यो संख्या ह्वात्तै बढेको हो । जुन महिनामा नेपाली विद्यार्थीलाई दिएको विद्यार्थी भिसाको संख्या पछिल्लो १० वर्षमा एकै महिना नेपाली विद्यार्थीलाई दिएको विद्यार्थी भिसाको सबैभन्दा ठूलो संख्या हो । 

अमेरिकी सरकारको विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार  यो कीर्तिमानी संख्या सँगै ठूलो संख्यामा उनीहरूका आश्रितहरूले पनि एफ २ भनिने डिडेन्डेन्ट भिसा पाएका छन् । 

पछिल्लो समय अमेरिका नेपाली विद्यार्थीहरूलाई विद्यार्थी भिसा दिन अमेरिकी सरकारले उदार नीति लिएको छ । गत वर्षको तथ्यांकअनुसार १५ हजार ९० नेपाली विद्यार्थी अहिले अमेरिकामा अध्ययनरत् छन् ।यो संख्या अघिल्लो शैक्षिक वर्षको भन्दा २८ प्रतिशतले बढी हो र यो अहिलेसम्म एक वर्षमै नेपाली विद्यार्थी भर्ना भएको सबैभन्दा धेरै संख्या हो । 

विगत १० वर्षमा अमेरिका पढ्ने  नेपाली विद्यार्थीहरुको संख्या करिब  १ लाख २५ हजार पुगेको छ । यो तथ्यांक अमेरिकाको इन्ष्टिच्यूट अफ इन्टरनेशनल एजुकेसन (आईआईई) द्वारा प्रकाशित ‘ओपन डुअर्स’ प्रतिवेदनको हो ।‘ओपन डुअर्स’ प्रतिवेदनले सन् २०१३ देखि लगातार नेपाली विद्यार्थीको संख्या बढेको देखाएको छ ।  

अमेरिकामा विदेशी विद्यार्थी अध्ययन गर्ने विद्यार्थी संख्याको आधारमा नेपाल ११औं स्थानमा रहेको छ ।  पहिलो स्थानमा चीन र दोस्रो स्थानमा भारत छन् । चीनबाट सन् २०२२/२०२३ मा २ लाख ८९ हजार ५ सय ८६ र भारतबाट २ लाख ६८ हजार ९ सय २३ जना विद्यार्थीहरू अमेरिकामा भर्ना भए । यसैगरी दक्षिण कोरिया तेस्रो, क्यानाडाबाट चाैथो, भियतनाम पाचौँ, ताइवान छैठौँ, नाइजेरिया सातौँ,  जापान आठौँ, ब्राजिल नवौँ र साउदी अरब १०औँ स्थानमा छन् । 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?