आइतबार, १७ नोभेम्बर २०२४

श्रीलङ्कामा डिसेम्बरमा दश हजारभन्दा बढी व्यक्ति डेँगुबाट संक्रमित

श्रीलङ्कामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको र डिसेम्बरमा मात्रै १० हजारभन्दा बढी सङ्क्रमित भेटिएको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू) ले शुक्रबार जानकारी गराएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - कोलम्बो

युक्रेनी शहरहरूमा व्यापक हवाई आक्रमण

युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रूसी युद्धपोतमाथि आक्रमण गरेको केही दिनपछि उक्त आक्रमण भएको हो। कीएभ शहरका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा एक पोस्टमा विस्फोट भएको जानकारी दिएका छन्। युक्रेनको उत्तरपूर्वमा खार्किभ, पश्चिममा एलभिभ र दक्षिणमा ओडेसासहित कम्तीमा पाँच वटा अन्य शहरमा पनि हवाई आक्रमण गरिएको शहरका मेयर र प्रहरीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कीएभ

बेइजिङमा सकियो सांसदहरुको १० दिने कार्यशाला

चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआईबीओ)को आयोजनामा भएको कार्यशालामा नेपालको संघीय संसदका १७ सदस्य र संघीय संसद सचिवालयका तीन कर्मचारी सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

बेइजिङमा आगलागीः चार जनाको मृत्यु, पाँच घाइते

बेइजिङको चोयायाङ जिल्लास्थित डोङकिस्डियन गाँउमा बिहीबार बिहान आगलागी हुँदा चार जनाको मृत्यु हुनाका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

डाेनाल्ड ट्रम्पलाई मतदानमा रोक लगाउने प्रस्ताव अदालतद्वारा अस्वीकार

तर उच्च अदालतको संक्षिप्त फैसला भनिएको छ, ‘मिचिगनमा फेब्रुअरी २७ मा हुने राष्ट्रपतीय प्राइमरीको पूर्वसन्ध्यामा प्रस्तुत प्रश्नहरूको पुनरावलोकन यस अदालतले गर्नुपर्छ भन्ने कुरामा विश्वस्त हुन सकेन।’ 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इराकमा भएको विस्फोटमा दुई पर्यटकको मृत्यु

पश्चिमी इराकको मरुभूमिमा मङ्गलबार सडक किनारमा भएको बम विस्फोटमा परी मारिएका दुई कुवेती र साउदी पर्यटकको शव फेला परेको इराकी सेनाले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बगदाद

दक्षिणी थाइल्याण्डमा बाढीका कारण ६ जनाको मृत्यु

दक्षिणी थाइल्यान्डमा बाढीबाट कम्तीमा ६ जनाको मृत्यु र हजारौँ घरबारविहीन भएका छन्। डिसेम्बर २२ देखि आएको बाढीले सातुन, सोङ्ख्ला, पट्टानी, याला र नाराथिवाट प्रान्तमा ७० हजारभन्दा धेरै घरमा क्षति पुगेको क्षेत्रीय अधिकारीहरूले बुधबार बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बैंकक

श्रीलङ्काले विदेशमा रहेका ३० जना अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने

श्रीलङ्काका सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले मङ्गलबार  देशले बाहिरबाट ३० जना श्रीलङ्काली आपराधिक व्यक्तिहरूलाई गिरफ्तार गरी स्वदेश फिर्ता गर्न अभियान शुरु गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - श्रीलङ्का

रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणमा १ जनाको मृत्यु, २ घाइते

रुस नियन्त्रित क्रिमियाली बन्दरगाह शहर फियोडोसियामा मङ्गलबार भएको युक्रेनी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको सो क्षेत्रका गभर्नरले  जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणमा १ जनाको मृत्यु, २ घाइते

'दुर्भाग्यवश, फिओडोसियामा शत्रुको आक्रमणमा परी एक जना व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्', सर्गेई अक्स्योनोभले टेलिग्राममा उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अबुजा

इन्डोनेसियाको निकेल प्लान्टमा विस्फोट, १२ जनाको मृत्यु, ३९ घाइते

पूर्वी इन्डोनेसियामा आइतबार चिनियाँ लगानीमा सञ्चालित निकेल (रसायन) प्रशोधन कारखानामा भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३९ जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जकार्ता

निकारागुआमा सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु

निकारागुआको माटागाल्पाको केन्द्रीय विभागमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य २६ जना घाइते भएका उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मानागुवा

अस्ट्रेलियाको पूर्वी क्षेत्रमा आँधीबेहरीका कारण हजारौँ बासिन्दा बिजुलीविहीन

क्विन्सल्याण्ड सरकारको स्वामित्वमा रहेको विद्युत कम्पनी एनर्जेक्सका प्रवक्ताका अनुसार राज्यको दक्षिणपूर्वी भागमा १५ लाख घर र व्यवसायलाई बिजुली वितरण गर्ने कूल १२० पावरलाइनहरू अवरूद्ध भएका छन् र ५७ हजार ग्राहकहरू बिजुलीविहीन भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सिड्नी

छत भत्किँदा लेबनानमा ४ जना सिरियाली शरणार्थी बालबालिकाको मृत्यु

उत्तरी लेबनानी शहर मिजियारामा भारी वर्षाका कारण घरको छत भत्किँदा शुक्रबार राति चार सिरियाली शरणार्थी बालबालिकाको मृत्यु भएको राष्ट्रिय समाचार एजेन्सीले शनिबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बेरुत

बुरुन्डी सीमा नजिकै भएको आक्रमणमा २० जनाको मृत्यु

बुरुन्डी-प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) सीमा नजिकै शुक्रबार राति अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको बुरुन्डी सरकारका प्रवक्ताले शनिबार दिउँसो बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बुजुम्बुरा

गाजामा ७५ दिनमा १३६ सहकर्मी मारिएको संयुक्त राष्ट्रसङ्घकाे दाबी

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल र हमासबीच जारी युद्धमा विगत ७५ दिनमा संयुक्त राष्ट्रसङ्घका १३६ जना कामदारको ज्यान गइसकेको र कैयौँ कर्मचारीलाई घरछोड्न बाध्य पारिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - न्यूयोर्क

संसार झल्काउने साताका उत्कृष्ट तस्बिरहरू

यो सातादेखि क्रिसमसको रौनक बढिरहेको छ। विश्वभरका इसाई धर्मावलम्बीहरुले क्रिसमस मनाउने तयारी गरिरहेका छन्। यता चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमोमा गएकाे भूकम्पले पुर्याएकाे धनजनकाे क्षतिले पनि विश्वलाई स्तब्ध बनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

अमेरिकामा कृषि तथा गैरकृषि कामदार पठाउने ८९ देशको सूचीमा अटाएन नेपाल

अमेरिकाले सन् २०२४ मा एकलाख ३१ हजार अस्थायी कृषि तथा गैरकृषि कामदार ल्याउँदैछ। त्यसका लागि प्रकाशित ८९ देशको सूचीमा यसपटक पनि नेपाल अटाएन। त्यसका लागि नेपालले चासो नै नदिएको एक अमेरिकी अधिकारीले बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

अफगानिस्तानमा दश लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणको जोखिममा: डब्लुएचओ

काबुलबाट प्रसारण हुने अफगानी समाचार च्यानल टोलो न्यूजका अनुसार डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले कुपोषणविरुद्ध लड्न अफगानिस्तानलाई १८ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काबुल