.jpeg)
यातायात कार्यालय गौरबाट ४ करोड बढी राजश्व संकलन
रौतहटको गौरमा रहेको यातायात व्यवस्था कार्यालय विभिन्न शिर्षकमा चार करोड ६६ लाख ९७ हजार ३ सय ४७ राजश्व संकलन गरेको छ। यातायात व्यवस्था कार्यालय गौरले २०८१ साल श्रावण १ गतेदेखि माघ १८ गते सम्मको राजश्व विवरण सार्वजनिक गरेको हो। विवरण अनुसार यातयात क्षेत्रको आम्दानी १३ लाख ६१ हजार ३ सय १८, सवारी साधन कर २ करोड ९९ लाख ५२ हजार २ सय ३३, चालक अनुमति पत्र सवारी दर्ता किताव सम्वन्धी दस्तुर १ करोड ५३ लाख ८३ हजार ७ सय १६ राजश्व संकलन भएको छ।

बिएल संवाददाता - गौर