बिएल संवाददाता
२० बर्षदेखि फरार रहेका एक अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। लागू औषध चरेश मुद्दामा कसुर ठहर भई अदालतबाट सजायको फैसला भएपश्चात फरार रहेका अभियुक्तलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ नगवाका ४१ बर्षीय चन्दनकुमार रौनियार छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार विरगन्ज-१६ नगवामै लुकिछिपी बसेको अवस्थामा रौनियारलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर पर्सा जिल्ला अदालतमै बुझाएको उनले जानकारी दिए।
लागु औषध चरेसको मुद्दामा पर्सा जिल्ला अदालतले २०६१ अषाढ १३ गते रौनियारविरुद्ध २ बर्ष ७ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
अदालतको उक्त फैसला लगत्तै रौनियार फरार रहँदै आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया