बिएल संवाददाता
२० बर्षदेखि फरार रहेका एक अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। लागू औषध चरेश मुद्दामा कसुर ठहर भई अदालतबाट सजायको फैसला भएपश्चात फरार रहेका अभियुक्तलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ नगवाका ४१ बर्षीय चन्दनकुमार रौनियार छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार विरगन्ज-१६ नगवामै लुकिछिपी बसेको अवस्थामा रौनियारलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर पर्सा जिल्ला अदालतमै बुझाएको उनले जानकारी दिए।
लागु औषध चरेसको मुद्दामा पर्सा जिल्ला अदालतले २०६१ अषाढ १३ गते रौनियारविरुद्ध २ बर्ष ७ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
अदालतको उक्त फैसला लगत्तै रौनियार फरार रहँदै आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया