बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध विपक्षी दलहरूले निराधार भ्रम फैलाउने काम गरेको दाबी गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन् गर्दै ओलीले विरोधीहरूले हावा कुरा गरेर सरकारका विरुद्ध भ्रम फैलाउने काम देख्दा सरकारको काममा कुनै आलोचना गर्ने ठाउँ रहेनछ भन्ने पुष्टि भएको दाबी गरे।
उनले भने, ‘म सरकारका काम कारबाहीको रचनात्मक आलोचना होस् भन्ने चाहन्छु। सरकारलाई गल्ती गर्नबाट रोक्न आलोचना, टिप्पणीहरूको आवश्यक्ता हुन्छ। र, प्रतिपक्षले यस्ता कुरामा खबरदारी गर्नुपर्छ। तर, चरित्रहत्या गर्नका लागि कपोकल्पित, झुठा, निराधार कुराहरू गरेर गीत गाएर कुद्नु अनुचित छ।’
उनले आफू भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिवद्धता दोहोर्याए। उनले आफूले भ्रष्टाचार गरेको प्रमाण ल्याउन चुनौतीसमेत दिए।
उनले भने, ‘म दावासाथ भन्छु, दुनियाँको अगाडि उभिएर भन्न चाहन्छु- म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न। कसैको दम छ भने भ्रष्टाचार गरेको कुनै पनि मात्रामा कुनै पनि ठाउँमा कुनै पनि सन्दर्भमा एउटा कुरा ल्यावस्।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया