बिहिबार, २१ अगस्ट २०२५

काठमाडौंको न्यूनतम तापक्रम घट्यो

काठमाडौंको न्यूनतम तापक्रम शुक्रबार घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको छ। बिहीबार न्यूनतम तापक्रम ८ डिग्री सेल्सिय मापन भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि

संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ। दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। अधिवेशन शुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलीय आधारमा सदस्यले मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै दुवै सदनमा सरकारका तर्फबाट ६ अध्यादेश पेश गर्ने कार्यसूची छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संविधान संशोधन एमाले-कांग्रेसको मात्रै मुद्दा होइन : शेखर कोइराला

नेता कोइरालाले संविधान निर्माणका बेला आफूले संविधान सभामा राखेको संशोधनको प्रस्तावका बारेमा सम्झिदै भने, ‘त्यो बेला संविधान यथास्थितिमा हुन सक्दैन भनेर नै संशोधन हालिएको थियो। त्यहाँ त मार्सल लगाएर बाहिर निकालिएको अबस्था थियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिडमा नागरिक समाजले छायाँ प्रतिवेदन बुझाउँदै, के छ प्रतिवेदनमा?

महिलाविरुद्ध हुने भेदभाव कानुन, महिलाप्रति राज्यको दायित्व, लैगिक उत्तरदायित्वको बजेट, समानतामा पुग्ने विशेष उपाय, साइबर अपराध, महिलाको न्यायमा पहुँचलगायत १६ वटा विषय नागरिक समाजले बुझाउने छायाँ प्रतिवेदनमा समेटिएको छ। यूएनको सिड कमिटीमा २३ सदस्य हुने, त्यसमध्ये एक सदस्य नेपाली भएकाले २२ जनाले नेपालको प्रतिवेदन अध्ययन गर्ने निर्देशक श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दिल्लीमा ‘ईन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ सम्पन्न, सर्वोत्कृष्ट नवमोडलमा रिया रेग्मी

अवार्ड कार्यक्रममा विभिन्न बिधाहरूमा विजेता कलाकारहरूलाई अवार्ड  प्रदान गरियो। उक्त कार्यक्रममा लोकदोहोरी गायिका एवं मोडल रिया रेग्मीले ‘रहरै भो’ गीतबाट सर्वोत्कृष्ट नवमोडलको अवार्ड हात पारेकी हुन। कलाकारिताको छेत्रमा प्रवेश गरेको २ वर्षमै रियाले यो अवार्डलगायत धेरै सफलताहरू हात पार्न सफल भएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

सुनौली नाका हुँदै पूर्वराजा गोरखपुर प्रस्थान, भोलि आदित्यनाथसँग भेट्ने

पूर्वराजाले उत्तरप्रदेशस्थित गोरखनाथ मन्दिरमा विशेष पूजाअर्चना गर्ने र खिचडी चढाउँने कार्यक्रम छ। पूर्वराजाले गोरखनाथ मन्दिरमा खिचडी चढाउने प्रचलन छ। सोही परम्परालाई निरन्तरता दिन उनी भारत प्रस्थान गरेका हुन्। पूर्वराजाले भोलि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने छन्। राजाको पूजा कार्यक्रममा सहभागी हुन आदित्यनाथ गोरखनाथ आउने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

सहकारी ठगलाई कारबाही गर्दा रास्वपा समाप्त पार्न खोजेको प्रचार गरियो- प्रदीप ज्ञवाली

सहकारीका ठगलाई कारबाही अघि बढाउँदा ‘रवि लामिछाने र रास्वपालाई समाप्त गर्न चालिएको कदम’ भन्दै प्रचार भएकोमा आपत्ति जनाए। उनले  भने, ‘हामीले  राजनीतिक दिशा परिवर्तन गर्‍यौं, २०७९ को निर्वाचनको  नतिजा जनताले  सोचेजस्तो  आएन। देशले  एउटा बलियो  स्थिरता खोजेको  हो।  ठगीलाई जोगाउन सरकार बनेको होइन, गल्ती गर्ने सबैलाई कारबाही हुन्छ। तर गल्ती छ भने सडक अदालतले गरेको फैसलाको अर्थ छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वासिङ्टन दुर्घटना अपडेट- १८ जनाको शव निकालियो

सेनाको हेलिकप्टरमा तीन जना रहेको बताइएको छ। यूएस फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए)ले बुधबार रोनाल्ड रेगन वाशिङटन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा एक यात्रुवाहक विमान हेलिकप्टरसँग ठोक्किएको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

विधेयकको बचाउ गर्दै ज्ञवाली भन्छन्-  स्वतन्त्रता खोसिँदाको पीडा हामीलाई थाहा छ

एमाले नेतृत्वको सरकार प्रेस र अभिव्यक्ति स्वतन्त्रलाई संकोचन गर्ने पक्षमा नरहेको बताए। उनले आफूहरू समृद्ध नेपाली, सुखी नेपालीको मर्मलाई बोक्न सक्ने लोकतन्त्रको पक्षमा रहेको बताए। उनले भने, ‘एमालेले कहीँ कतै पनि प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, मान्छेको बोल्न र अभिव्यक्त गर्ने पाउने विचारलाई संकुचन गर्ने कुरा सोच्न पनि सक्दैन। ३० वर्ष लामो पञ्चायती तानशाही झेलेर आएका हौँ। हाम्रा नेताहरू जेलको गोलघरभित्र बसेर आउनु भएको छ। स्वतन्त्रता खोसिँदाको पीडा हामीलाई थाहा छ। एमाले र एमाले नेतृत्वको सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रलाई संकुचनमा राख्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आशिकालाई भेट्न प्रहरी हिरासतमा सुमना, तत्काल रिहा गर्न माग

भेटपछि उनले भनिन्, ‘यो त सरासर ‘हाम्रो विरोध गर्छस्! पख देखाइदिन्छु’ भनेको होइन? यो भन्दा गम्भीर घटना शिक्षालयमा तालबन्दी/तोडफोड गर्ने दल संरक्षितहरूलाई केही नगर्ने, प्राध्यापक कुट्नेलाई विदेश जान दिने, दिनमा फरार रातमा प्रहरीकै कार्यक्रममा सरिक भएको पनि देखेकै हो हामीले।’

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

धेरै उत्पादन गरेर भारत र चीनमा निर्यात बढाउन प्रधानमन्त्रीको आग्रह

पूर्वाधार विकासको क्रमजोरी रहेकाले नेपाल अझ तीव्रताका साथ अगाडि बढ्ने बताउँदै प्रधानमन्त्री ओलीले असहज राजनीतिक अस्थिरता जस्ता कुराले अर्थतन्त्रलाई प्रतिकूल असर परेका बेला त्यसलाई लयमा फर्काउन नयाँ सरकार बनेकाले सन् २०२६ मा नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नती गर्ने तयारीमा भएको जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरूलाई प्रचण्डको बधाई

बिहीबार बिहान आफ्नै निवास खुमलटारमा नवनिर्वाचित पदाधिकारीहरूलाई बोलाएर बधाई दिएका हुन्। उनले विद्यार्थी नेताहरूले राजनैतिक आन्दोलनको सेवा गर्न सहि ढंगले प्रयोग गर्ने विश्वास व्यक्त गरे। बधाई दिँदै प्रचण्डले भने, ‘आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित नौजवान युवाहरूको उर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवा गर्न सहि ढंगले प्रयोग हुने विश्वास लिएको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आईटी क्षेत्रमा नेपाल दक्षिण एसियामै पछि पर्‍यो : मन्त्री गुरुङ

नेपाल चेम्बर एक्सपो २०२५ को उदघाटन कार्यक्रममा बोल्दै उनले आईटी क्षेत्रमा नेपाल पछाडि परेको र यस बर्षभित्र आईटी क्षेत्रमा ए-आईको पोलिसीमा काम गर्ने बताए। उनले भने, ‘आईटी क्षेत्रमा नेपाल साउथ एसियाको सबैभन्दा पछाडि परेको छ। यस बर्षभित्र आईटी क्षेत्रमा कृत्रिम बौद्धिकता एवं आट्रिफिसियल इन्टेलिजेन्स (एआई)को पोलिसीमा काम गर्छौ र यस सम्बन्धि ऐन पनि बनाउछौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको कुरा उठेपछि विपक्षी दलको बैठकमै बम्किए चित्रबहादुर

बैठकमा केसीले व्यक्तिगत एजेन्ड बोक्न नसकिने उल्लेख गर्दै रविको कुरा उठाउने भए जनमोर्चाको संघीयता खारेजीको मुद्दा पनि उठाउनु पर्ने माग गरेपछि रविको विषयमा सहमति हुन सकेन। रवि लामिछानेविरुद्ध गत पुस ७ गते जिल्ला अदालत कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलेपछि पुस ८ गते संसद सचिवालयले लामिछानेको सांसद पद निलम्बन गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीलाई वर्षमानको चुनौती- शेरा दरबारसँगै गिरिबन्धु, कम्बोडिया र स्विस बैंकको छानबिन गर्न तयार हो?

पुनले कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता मुछिएका अनियमितता प्रकरणको छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका हुन्। पुनले प्रधानमन्त्री केपी ओलीले आफूमाथि अनेकौं भ्रष्टाचारका आरोप लागेपछि माओवादी अध्यक्ष प्रचण्डलाई विवादमा पार्न शेरा दरबारको प्रसंग चर्चामा ल्याएको  दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको निर्णय

बिहीबार सिंहदरबारमा बसेको बैठकमा अध्यादेश प्रक्रिया हिसाबले पनि गलत भएको कारण सबै विपक्ष दलहरुले यसको अस्वीकार गर्ने सर्वसहमत निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। उनले भने,‘सरकारले सदनमा ल्याएर सबै कानुन व्यवस्थित बनाएर अगाडि बढाउनुको सट्टा सदन बोलाउने बेलामा नै आएर जसरी अध्यादेश ल्याएको छ। त्यो प्रकृयाको हिसाबले पति गलत छ। त्यसैले सबै विपक्ष दलहरूले यसको अस्वीकार गर्नुपर्छ भन्ने सर्वसम्मत निर्णय भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समाजवादी मोर्चाले चैत्र २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने

बुधबार आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए। समाजवादी मोर्चाको विचार नीति र उद्देश्यलाई आम जनतासम्म पुर्‍याउन समाजवादी मोर्चा प्रकाशन गर्ने पनि निर्णय भएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सोनाम ल्होछारले राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति

तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजदेखि त्रिकोणात्मक टी-२० शृंखला: पहिलो खेलमा नेपाल र नेदरल्यान्डस भिड्दै

बिहीबारदेखि सुरु भएर माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्। पहिलो खेलमा आज नेपाल र नेदरल्याण्डले प्रतिस्पर्धा गर्दैछन्। नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० शृङ्खलाको ट्रफी बुधबार सार्वजनिक गरेको  थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी संसदीय दलको बैठक बस्दै

सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयकलगायतका विषयमा संसदमा प्रभावकारी उपस्थिति र प्रस्तुतिबारे आजको संसदीय दल बैठकमा छलफल हुनेछ। माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसदमा जोडदार रूपमा कुरा राख्ने तयारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं