बिहिबार, २१ अगस्ट २०२५

अमेरिकामा यात्रुवाहक विमान र सेनाको हेलिकप्टरमा आकाशमै जुधेपछि…

अवतरण गर्ने तयारीमा रहेको अमेरिकन एअरलाइन्सको यात्रुवाहक विमान हेलिकप्टरसँग आकाशमै ठोक्किएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकाय (एफएए)ले जनाएको बीबीसीले उल्लेख गरेको छ। क्यान्सास राज्यको विचिटाबाट आएको विमान स्थानीय समयानुसार रातको ९ बजेतिर दुर्घटना भएर पोटोम्याक नदीमा खसेको थियो। विमानमा चालक दलका ४ सहित ६४ यात्रु सवार थिए।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

म्यानचेस्टर सिटी ‘च्याम्पियन्स लिग’को प्ले अफमा

दोस्रो हाफको सुरुवातमा बराबरी गोल गर्दैै सिटी खेलमा फर्केको थियो। ५३ औं मिनेटमा माटेओ कोभासिसले बाराबरी गोल गरेका थिए। ६२ औं मिनेटमा साभिन्होको क्रसलाई जोगाउने ओर्डोनेजको प्रयासमा आत्मघाती गोल भएपछि सिटीले अग्रता लिएको थियो। साभिन्होले ७७ औं मिनेटमा गोल गरेपछि सिटी विजयी भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सोनाम ल्होछारले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको छ’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सोनाम ल्होछारले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने बताएका छन्। बिहीबार शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन्। बौद्धधर्मालम्वीहरूको अत्यन्त महत्त्वपूर्ण पर्व ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका बौद्ध मार्गीमा उनले शुभकामना व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा

आजबाट सोनाम ल्होछार २८६१ शुरु भएको छ। बिहीबार गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदैछ। सोनाम ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ। सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिका पहिलोको ‘ट्रम्प-ग्रहण’मा नेपाल

चीन र भारतको बीचमा रहेको नेपाललाई भूराजनीतिक अवस्थितिका कारण पनि अमेरिकाले देख्दैआएको थियो। त्यसरी देख्दा नेपाल अमेरिकी सहयोग पाउँने देशको सूचीको १६औं स्थानमा थियो। तर, अब त्यो सूची नै ‘अमेरिका पहिलो’को ट्रम्प ग्रहणमा परेको छ। चारवर्षे लामो त्यो ग्रहणमा नेपालको दिशा र दशा के हुन्छ? अहिले नै यसै भन्न सकिने स्थिति छैन।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

अखिल क्रान्तिकारीको अध्यक्षमा ‘प्रचण्ड-शक्ति’ समूहका सापकोटा विजयी

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकाे अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन्। बुधबार सम्पन्न मतगणनामा अध्यक्ष प्रचण्ड र उपमहासचिव शक्ति बस्नेतको समर्थन पाएका उनी ७१ मतको अग्रतासहित विजयी भएका हुन्। सापकोटाले ६८६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत पाए। सापकोटा र राईबिचको मतान्तर ७१ रहेको छ। तेस्रोमा उपदेश यादवले ३१० मत पाए भने सुदीन पौडेलले जम्मा १९२ मत प्राप्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लेखक अमर अधिकारीले अमेरिकाबाट प्राप्त गरे ‘स्वर्णाभ कलम’

उनले अमेरिकाको सिकागोबाट छ वर्षअघि मोटोरोला कम्पनीको मोबाइल सेट उपहारको रुपमा प्राप्त गरेका थिए भने करिब तीन महिनाअघि डेल कम्पनीको एउटा ल्यापटप पनि उपहार प्राप्त गरेका छन्। हालै मात्र उनले संयुक्त राज्य अमेरिकाको ओरेगनबाट कोसेलीको रुपमा ‘स्वर्णाभ कलम’ प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तत्काल पार्टी नेतृत्वमा नफर्किने मुडमा रवि, संसदमा विराजभक्तले नेतृत्व गर्ने

रवि यतिबेला कास्की, काठमाडौं र रुपन्देही अदालतबाट धरौटीमा रिहा भइसकेका छन्। कानुनका जानकारहरूका अनुसार रविलाई पार्टीको नेतृत्व गर्न कुनै कानुनी समस्या छैन। यद्यपि उनी बयान र थुनछेक बहस बाँकी रहेका अदालतबाट पनि धरौटी वा साधारण तारेखमा रिहा भएपछि मात्र पार्टीको बागडोर सम्हाल्ने मनस्थितिमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हाम्रै जीवनकालमा देशलाई समृद्ध बनाउँछौंः बाबुराम भट्टराई

उनले समाजवादी विद्यार्थी युनियनलाई अरु पुराना पार्टीको जस्तो झोले बनाएर ठाडो आदेश नगर्ने बताए। विद्यार्थी संगठनलाई कुनै पनि किसिमको हस्पक्षेप नगरी स्वायत्तता प्रदान गर्ने उनले प्रतिवद्धता जनाए। उनले भने, ‘हामीले अरु पुराना पार्टीको जस्तो झोले बनाएर र पूरै ठाडो आदेश गर्ने विद्यार्थी सम्मेलनमा पनि कसैको आदेश हुन्छ? हामीले सुनिरहेको हुन्छौ। सबैभन्दा क्रान्तिकारी भनिएको हाम्रो साथीहरूको पनि कहिले पानी खन्याइदिने कसैलाई जलाइदिने गरेर आफ्नै मान्छे राख्ने खराब प्रवृत्ति एकतर्फ छ भने हामी त्यसरी हस्तक्षेप गर्दैनौं। हाम्रो विद्यार्थी संगठन स्वायत्त हुन्छन्। विधानमा मै लेखेको छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले सिध देशी विदेशी

गौरवशाली इतिहास र भविष्यको मार्गचित्र नै नभएको पार्टीहरू बाहिर आएको भन्दै यस्ता पार्टीहरूको जुन नाटक मञ्चन भईरहेको छ त्यसको कुनै अर्थ नभएको बताए। उनले समाज, पार्टी, आन्दोलन सबै ठाँउमा जो सक्रिय हुन्छ त्यसले नै अगुवाई गर्ने हैसियत राख्ने भन्दै सक्रिय हुन नसक्नेहरू र नचाहनेहरू कहिले पनि अगुवाई गर्न नसक्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिक स्वार्थको लागि माओवादीले व्यक्ति हत्या गर्‍योः कमल थापा

उनले माओवादीहरूले गरेको व्यक्ति हत्यामा राष्ट्रियता प्रजातन्त्र र राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरू पनि धेरै ठूलो संख्यामा सहिद भएको बताए। उनले भने, ‘निजी राजनीतिक स्वार्थ परिपूर्तीको लागि हजारौंको संख्यामा माओवादीहरूले व्यक्ति हत्या गरे। त्यो व्यक्ति हत्याको श्रृंखलामा राष्ट्रियता प्रजातन्त्र र राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरू पनि धेरै ठूलो संख्यामा सहिद भएका छन्। माओवादी आतंकको शिकार भएका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविना टन्डनकी छोरी राशा थडानी (फोटोफिचर)

बलिउडकी अभिनेत्री रवीना टण्डनकी छोरी राशा थडानीले ‘आजाद’बाट डेब्यू गरिन्। उनको फिल्मले खासै राम्रै चर्चा पाएन। तर उनको अभिनयको खूबै चर्चा चल्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविको निलम्बनको विरोध गर्ने

रास्वपाका संसदीय दलको नेता तथा पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर प्रतिनिधिसभा नियमावली विपरित निलम्बन गरेको विषयमा पनि बिरोध जनाउने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले बताए। लामिछानेलाई सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भए लगत्तै संसद सचिवालयले सांसदबाट निलम्बन गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अखिल (क्रान्तिकारी)को महासचिवमा जनार्दन निकट थापामगर निर्वाचित

थापामगरले महासचिवका ७ जना उम्मेदवारलाई पछि पार्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सञ्जयकुमार महतोले ४०५ मत ल्याए। महतो प्रचण्ड-शक्ति बस्नेतनिकट विजय प्रकाश सापकोटा प्यानलका हुन्। त्यस्तै महासचिवमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, शिब बस्नेत, श्यामबहादुर रोक्का र सञ्जिव फुयाल पनि प्रतिस्पर्धामा थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्रान्तिकारीको लेखा आयोग अध्यक्षमा ‘नारायणकाजी’ निकट सुष्माले मारिन् बाजी

रेग्मी माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट उपदेश यादव समूहबाट विजयी बनेकी हुन्। उपविजेता बनेका बुढाथोकी माओवादी उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राईको समूहबाट उम्मेदवार बनेका थिए। उनले ५३७ मत प्राप्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘केपी ओली कप’ फुटबल फागुन ११ देखि

उत्कृष्ट खेलाडीलाई एकलाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, उत्कृष्ट गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई ५० हजार, म्यानअफ द म्याचलाई १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरू प्रदान गरिने छ भने  हरेक खेल विजेता टीमलाई २५ हजार नगद प्रदान गरिने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अखिल (क्रान्तिकारी)को कोषाध्यक्षमा जनार्दन निकट फूलमाया

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी मतगणनामा उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको कोषाध्यक्ष पदको मतगणना सकिँदा रानामगर निर्वाचित भएकी हुन्। रानामगरले ५९६ मतका साथ वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट उपदेश यादव प्यानलकी पार्वता चाम्लागाई (पारू)लाई मात खुवाइन्। प्रचण्ड-शक्ति निकट विजयप्रकाश सापकोटा प्यानलका महेन्द्रबहादुर चन्द तेस्रो स्थानमा खुम्चिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सानो लगानीले पनि रोजगारीमा सहयोग पुर्‍याउँछ- देउवा

नेपाल स्टार्टअप र एसएमई समिट कार्यक्रममा बोल्दै देउवाले युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरेको भन्दै युवाहरू पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षित भएको बताएका हुन्। उनले भने, ‘यस्ता उद्यम संचालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ। व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्यसँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ। थोरै लगानीमै स्टार्ट अफ व्यवसायलाई प्रभावकारी रुपमा संचालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाथीभराको टुप्पोमा होटल खोल्न दिँदैनौंः योगेश भट्टराई

सांसद भट्टाईले केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरूका लागि निःशुल्क सेवा दिने घोषणा गर्नु आवश्यक रहेको बताए। केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्छ। स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्ने पनि उनको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीद्वारा सहिद स्मारक र सहिद गेटमा पुष्पहार अर्पण

प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुती दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदै छ। ००७ सालपछि हरेक वर्ष माघ १६ गते विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाउने गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं